खजुरा । बाँकेको हुलाकी राजमार्ग अन्तर्गत राप्ती नदीस्थित सडक खण्डमा पर्ने सडक धुलाम्य र कष्टकर बनेको भन्दै सडकलाई तत्काल व्यवस्थित गर्न सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराइएको छ । तत्काल समस्याको समाधान नभए चक्का जाम गरेर आन्दोलन समेत गरिने बताइएको छ । राप्तीसोनारी गाउँपालिका ६ का अध्यक्ष लवराज खरेलले राप्तीसोनारी गाउँपालिका वडा नं. ३, ४, […]
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्षमा रेशम चौधरीलाई मान्यता नदिनुको कारण देखाउन सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले आइतबार निर्वाचन आयोगको नाममा कारण देखाउ आदेश दिएको हो। सर्वोच्चले रिट निवेदकको माग बमोजिम किन अन्तरिम आदेश जारी गर्नुनपर्ने हो, कारण देखाउन भनेको छ। गत पुस २७ मा कैलालीको […]
रासस/ नेपालगञ्ज । नेपाली आकाशबाटै मानसरोवरस्थित कैलाश पर्वतको दर्शन गर्न पाइने भएपछि यतिबेला नेपालगञ्जबाट हुने ‘माउण्टेन फ्लाइट’ (पर्वतीय उडान)मा नेपालीसँगै भारतीय यात्रुको सङ्ख्या उल्लेख्यरुपमा बढेको छ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको पवित्र तीर्थस्थल कैलाश पर्वतलाई महादेवको वासस्थान मानिन्छ । सडकमार्ग भई त्यहाँ पुग्न ठुलो खर्च र धेरै समय लाग्छ । त्यसमाथि चीन सरकारको अनुमति […]
बाँके । नेपालगञ्जको रामलीला मैदाननजिक रहेको बाल मन्दिरको अत्याधुनिक भवन निर्माण सुरु भएको छ । नेपाल बाल सङ्गठन बाँकेका सभापति दत्तप्रसाद आचार्यका अनुसार ६ करोडको लागतमा तयार हुनेगरी छात्रावाससहितको विद्यालय निर्माण कार्य सुरु भएको हो । ६ करोड रुपियाँमा तीन तल्ले अत्याधुनिक भवन निर्माण गरिने भए पनि पहिलो चरणमा एक करोड ४५ लाख रुपियाँको लागतमा […]
बाँके । नेपालगञ्जका २२ वर्षीय अरबी खानको हत्या भएको घटना अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई बोलाइने भएको छ। घटना भएको एक साता बितिसक्दा पनि क्लू नभेटेपछि बाँके प्रहरी अनुसन्धानका लागि सिआइबी बोलाउने तयारी गरेको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सुवाशचन्द्र बोहराले सिआइबीलाई आजै पत्र लेखिने बताए। ‘धेरै प्रयास गर्दापनि खान […]
देउखुरि। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आइतबार चार सदस्यीय मन्त्रिपरिषद् विस्तार हुने भएको छ । आज दिउँसो प्रदेश प्रमुखको कार्यालय बुटवलमा मुख्यमन्त्रीको शपथपछि थप तीन जना मन्त्रीले शपथ लिने कार्यक्रम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । नेकपा (एमाले) बाट एक, नेकपा माओवादी केन्द्रबाट एक र जनता समाजवादी पार्टी (जसपा) बाट एक गरी तीनजना […]
बर्दिया/ ईकान्तिपुर—गुलरिया नगरपालिका–७ स्थित घरबाटगाँजासहित एक ज्येष्ट नागरिकलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँका ७६ वर्षीय नन्दलाल गोडियाको घरमा करिब साढे नौ किलो गाँजा प्लाष्टिकको बोरामा राखिएको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी तुल्सीराम अर्यालले बताए । गोडियाको घरबाट तराजु एक थान,एक किलोको ढक, एक पाउ ढुंगासहित बरामद […]
राँझा (बाँके)/ रासस । बाँकेको राप्ती सोनारी गाउँपालिका-५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारुको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ । उहाँको आम्दानीको स्रोत नै खेतबारी हो । टेकराजका धेरै साथीहरू रोजगारीका लागि विदेश पुगेका छन्, कतिपय साथी मजदुरी गर्न नेपालगन्जमा भौँतारिरहेका छन् । उहाँले भने तरकारी खेती छोडेर रोजगारी गर्नेतिर कहिल्यै सोच्नुभएन । […]
नेपालगन्ज। बाँकेमा वेदमा आधारित गुरुकुल विद्यालय सञ्चालनका लागि आवश्यक तयारी सुरु भएको छ। नेपालगन्ज उपमहानगरपालिका–२२ को खलवा पुरैनीमा गुरुकुल सञ्चालनका लागि भवन निर्माण कार्य सुरु गरिएको हो। स्थानीयको सहयोग तथा दाताको सहकार्यमा लामो समयको प्रयासपछि गुरुकुल भवनको निर्माण सुरु गरिएको स्थानीय अगुवा अजय साहनीले जानकारी दिनुभयो। उहाँका अनुसार करिब पाँच वर्षको लगातार प्रयासपछि गुरुकुलको […]
बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नेकपा (माओबादी केन्द्र) प्रदेश संसदीय दल लुम्बिनीका नेता जोखबहादुर महरालाई शुक्रवार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । प्रदेश प्रमुख शेरचनले महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुख शेरचनले माओबादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता महरालाई प्रदेश सभाको तत्काल […]











