बिबिसी- काठमाडौंमा भएको जेन जी प्रदर्शनमा नेपालगन्जको एउटै टाेलका दुई युवाको मृत्यु भएपछि धम्बोजी क्षेत्र शोकाकुल बनेको छ।मृतकहरू २३ वर्षीय सुलभ श्रेष्ठ र वर्ष १९ का आयुष थापा हुन्। एक्लो छोरा गुमाएकी आमा बिना खड्का श्रेष्ठ पीडासँग अचेतजस्तै छिन् । कहिले होस आउँदा “मेरो छोराको लास छिटो घर ल्याइदेऊ, मेरो छोराको लासमाथि कसैले राजनीति नगर” […]
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा शीर्ष नेताहरुमाथि आक्रमण हुन थालेपछि सुरक्षाकर्मीले सुरक्षित स्थानमा राख्न थालेका छन् । उच्च सुरक्षा स्रोतले अनलाइनखबरलाई बताएअनुसार, यसमा चारवटै सुरक्षा निकाय परिचालित छन् । बालुवाटारसहित विभिन्न स्थानमा पटकपटक सैनिक र निजी हेलिकोप्टर अवतरण गरेका छन् । अन्य स्थानमा रहेका नेताहरुलाई समेत सुरक्षित स्थानमा राखिएको एक उच्च अधिकृतले बताए । […]
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा केहीबेरअघि प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । सुरुमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए । आक्रोशित उक्त भिडले मन्त्री गुरुङको घरमा आगजनी गरेको एक सुरक्षा अधिकृतले जानकारी दिएको अनलाईन खबरले जनाएको छ ।
काठमाडौँ/ईकान्तिपुर — सोमबार भएको भ्रष्टचार र अनियमितता विरुद्ध जेन–जीको प्रदर्शनका क्रममा घाइते भएकामध्ये १९२ जना डिस्चार्ज भएका छन् । प्रदर्शनका क्रममा प्रहरीको दमनबाट ४२९ जना घाइते भएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार बिहान १० बजे दिएको अपडेटमा १९२ जना डिस्चार्ज भएका हुन् । सिभिल अस्पतालबाट ७६, वीर अस्पतालबाट ३, एभरेस्ट अस्पतालबाट ९८, केएमसीबाट […]
२४ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज बिहान ७ बजेदेखि मध्यराति १२ बजेसम्म कर्फ्यु समय थप गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले ललितपुर महानगरपालिका वडा नम्बर २, ४, ९, १८ र २५ भित्रका चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरिएको जानकारी दिए । वडा नम्बर ४, १८ र २५ भैंसेपाटी क्षेत्र […]
काठमाडौं ।जेनजीहरूको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर कैयौँको मृत्यु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ ६ बजे बस्नेगरी बैठक बोलाइएको एक मन्त्रीले जनाएका छन् । उनका अनुसार, साँझ ६ बजे बस्नेगरी बैठक बोलाइएको हो । काठमाडौंमा जेनजीहरूको प्रदर्शन जारी छ । प्रदर्शनका क्रममा कम्तीमा १४ जनाको मृत्यु भइसकेको छ । […]
काठमाडौँ, भदौ २३ गते। काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा ‘जेनजी’ को प्रदर्शन अराजक बनेपछि सुरक्षाका लागि नेपाली सेना खटाइएको छ। आज बिहानदेखि माइतीघर मण्डलाबाट सुरु भएको उक्त प्रदर्शन निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वर क्षेत्रमा प्रवेश गरेपछि अराजक बनेर तोडफोड र आगजनीमा उत्रिएको थियो। नेपाल प्रहरीले सुरक्षा नियन्त्रणमा लिन दर्जनौँ सेल अश्रुग्यास र हवाई फायर गर्नुपरेको थियो। […]
काठमाडौं । सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । दिउँसो साढे ३ बजेसम्म १३ […]
काठमाडौं /अनलाइनखबर – सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको हो । उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल पुर्याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो । जेनजीहरूको प्रदर्शनमा प्रहरीले बल […]
काठमाडौं । सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा ‘जेन–जी’ (सन् १९९७-सन् २०१२ सम्म जन्मिएको पुस्ता) को विरोध डिजिटल हुँदै सडकसम्म पुगेको छ । आज काठमाडौँसहित देशका मुख्य सहरमा उनीहरुले प्रदर्शन गरिरहेका छन् । यस क्रममा काठमाडौंमा २ जनाको मृत्यु भएको छ ।











