सुनिल रेग्मी / नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले आर्थिक ऐन २०८२/८३ मा उल्लेखित छुट तथा सहुलियत सम्बन्धी नयाँ प्रावधानका विषयमा आज नेपालगञ्जमा अन्तरक्रिया कार्यक्रम गरेको छ । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जको समन्वयमा उद्योग वाणिज्य सङ्घले सो कार्यक्रम गरेको हो। अन्तरक्रिया कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका कर अधिकृत विष्णु बहादुर रावतले सूचना प्रविधि र होटलमा आयकर छुट दिने […]

बर्दिया-  गुलरीया नगरपालिका-११ गणेशपुर बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरीया नगरपालिका-६ शान्तिटोल बस्ने २५ वर्षीय शम्शेर खान र हुम्ला सिमकोट गाउँपालिका-५ बस्ने २० वर्षीय करण रोकाय रहेका छन् । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका […]

बाँके, १३ असार- डुडुवा गाउँपालिका-६ लिहारपुरूवा बस्ने ३४ वर्षीय राजाराम धोबीको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा संचालन गरेको खुद्रा किराना पसलमा विद्युतको नाङ्गो तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

  नेपालगन्ज, असार १३ गते । बाढी डुबान लगायतका मनसुनजन्य विपदबाट हुने क्षति न्यूनीकरण गर्न बाँकेमा पहिलो पटक समुदाय विपद् स्वयंसेवक तयार पारिएको छ । सशस्त्र प्रहरी बल नेपालले युवाहरुलाई तालिम दिएर पहिलो पटक समुदाय विपद् स्वयंसेवक तयार गरेको हो । सशस्त्र प्रहरी–बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वार्टर शमशेरगन्जले २५ जना युवालाई तालिम दिएर […]

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ । परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार केही प्राविधिक कुरा मिलाउने क्रम जारी रहेकोले सकेसम्म आजै नतिजा प्रकाशित गर्ने र त्यो सम्भव नभए भोलिसम्ममा प्रकाशित हुने बताए । ‘केही प्राविधिक विषय मिलाउन बाँकी छ । त्यो […]

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ । आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श : देशका […]

रासस/ लुम्बिनी प्रदेशमा मनसुन ढिलो सक्रिय हुँदा धान रोपाइँमा ढिलाइ भएको छ। असार दोस्रो हप्तासम्म जम्मा १० प्रतिशत मात्र धान रोपाइँ भएको कृषि निर्देशनालयले जनाएको छ। किसानले मल नपाएको र इन्धनको मूल्य बढेका कारण पनि रोपाइँमा समस्या भएको गुनासो छ। भैरहवा । समयमा मनसुन सक्रिय नहुँदा लुम्बिनी प्रदेशमा रोपाइँ ढिलो सुरु भएको छ । सिञ्चित […]

बिबिसी । विद्यालय शिक्षा ऐन जारी गर्नेसहितका कैयौँ मागसहित देशभरका शिक्षकहरू एक महिनाको आन्दोलनमा उत्रिएपछि बैशाख १७ गते सरकारसँग सहमतिमा पुगेका थिए। असार १५ गतेभित्र सो ऐन ल्याइसकिने उतिबेलाको सहमति रहे तापनि त्यसको भविष्य अझै अनिश्चित देखिन्छ। चैत १९ मा परीक्षा सकिसक्दा पनि त्यसपछिको झण्डै एक महिना उत्तरपुस्तिका जाँचको काम सुरु हुन नसकेपछि कर्मचारीहरूलाई खटाउने […]

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। सबै प्रदेशका उच्च-पहाडी तथा हिमाली […]

  काठमाडौँ —पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।