काठमाडौं- काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ३ सय ९० ट्याब्लेट सहित रौतहट गुजरा नगरपालिका-२ कटानी घर भएका १९ वर्षीय वाङ्पो दोर्जे योञ्जनलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज ०९४९ नम्बरको इभि गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ […]
फाईल फोटो । बर्दिया — गाउँ पसेर स्थानीयका गाई, गोरु, बाख्रा खाने बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जले गेरुवा गाउँपालिकाको जनकनगरस्थित सामुदायिक वनबाट मंगलबार राति नियन्त्रणमा लिएको छ । बाघको आतंकले स्थानीय त्रसित बनेपछि निकुन्जले उक्त बाघलाई नियन्त्रणमा लिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली, नेपाली सेना र बर्दिया निकुञ्जका कर्मचारीको सहयोगमा मंगलबार राति नियन्त्रणमा […]
बाँकेको राप्तीसोनारीमा ५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । वडा ४ का कार्यवाहक अध्यक्ष मङ्गल थारुको अध्यक्षतामा व बैजापुरमा मंगलबार सफलता पुर्वक कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथी राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल बिशिस्ट अतिथी बैजनाथ राष्ट्रिय दैनिकका प्रकाशक/प्रशिक्षक कुशल दलामी प्रशिक्षक कबिन्द्र परियार वडा सचीव होम सुर्य के […]
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ मा प्राथमिक कान उपचार शिविर सम्पन्न भएको छ । शिविरमा ७८ जनाले स्वास्थ्य परीक्षण गरेका थिए। जसमध्ये कान पाक्ने रोग भएका सात जना, कानमा पानी जम्ने तीन जना,कान नसुन्ने ६ ,अपरेसन गर्नुपर्ने ४ जना कानमा मेसिन प्रयोग गर्नुपर्ने पाँच जनाको स्वास्थ्य परीक्षण गरिएको वडा नम्बर १२ का वडा अध्यक्ष तरुण […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता रबिन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा थप १५ दिन हिरासतमा बस्नु पर्ने भएको छ । काठमाडौं जिल्ला अदालतले राप्रपाका नेताहरू मिश्र र राणलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । आज सो म्याद थप भएको हो । यही चैत १५ […]
गुलरिया— बर्दियाको गुलरिया नगरपालिका–४ बेलौली गाउँमा चर्को आवाजमा डिजे बजाएर नाचगान गर्र्ने एक युवाको समूहले प्रहरीमाथि आक्रमण गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । स्थानीयको गुनासोपछि बेलौली पुगेको प्रहरी टोलीले युवाहरुलाई सम्झाउन खोज्दा उनीहरु आक्रमण उत्रिएको बर्दिया प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी सेनामुखी प्रहरी चौकीबाट खटिएका एक हवल्दार र प्रहरी जवानले उनीहरुलाई […]
कोहलपुर (बाँके), चैत २६ गते । बाँकेका कतिपय स्थानीय तहमा आगलागी भयो भने तत्काल आगो निभाउन सकिने अवस्था छैन । बाँकेका आठ स्थानीय तहमध्ये पाँच वटा स्थानीय तह दमकलविहीन छन् । बाँकेमा तीन वटा स्थानीय तहसंग मात्रै दमकल छ । जस अनुसार नेपालगन्ज उपमहानगरपालिकामा तीन, कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा एक/एक वटा दमकल छ । यस्तै नेपालगन्ज विमानस्थालमा दुई […]
मर्चवार/रासस — रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढिया मोडमा सोमबार साँझ लु१च २७६३ नम्बरको भ्यान पल्टिँदा गैँडहवा गाउँपालिका–१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको […]
काठमाडौँ —नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको थियो । विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य विसं २०४६ चैत २६ गते भएको थियो । […]
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले सिँचाइ पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । प्रदेश सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ४०३ वटा सिँचाइ बाँध तथा मुहान निर्माण सम्पन्न भइसकेका छन् । ती सिँचाइ आयोजनामा पक्की नहर तथा कुलो निर्माणतर्फ पनि उल्लेखनीय प्रगति देखिएको छ । हालसम्म ८३२ किलोमिटर पक्की […]












