भैरहवा । रुपन्देहीको मायादेवी–२ महदेवा(डङ्गचाहावाका) का २९ बर्षिय युवाको गोली हानी हत्या भएको छ । शुक्रबार राती घर भएकै बेला राकेश सिंह लोध (राजु)माथि गोली प्रहार गरी हत्या भएको हो । रातीको बेला उन्को शरीरमा गोली प्रहार भएको देखिन्छ , बिहान अवेरसम्म नउठेका उनलाई स्थानियले घरको बरन्डामा मृत अवस्थामा शव भेटिएको थियो । गोली लागेर […]

नेपालगन्ज —बाँकेमा १४ औं पटक सुरु गरिएको हात्तीपाइले रोगविरुद्धको ‘आम औषधि’ सेवनलाई प्रभावकारी बनाउन रातिमा औषधि खुवाउने अभियान सञ्चालन गरिएको छ । नेपालगन्जका धार्मिक संस्था र अगुवाहरुले औषधि सेवन गरेर देखाउँदा पनि समुदायमा सो अभियान प्रभावकारी बन्न सकेको छैन । नेपालगन्ज उपमहानगर, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकाको एउटा वडामा सञ्चालन गरिएको हात्तीपाइले रोगविरुद्धको आम औषधि […]

  बर्दिया —ठाकुरबाबा नगरपालिका–३ बगनाहास्थित भुरीगाउँबाट बनकट्टी जाँदै गरेको मोटरसाइकललाई अटो रिक्साले ठक्कर दिँदा मोटरसाइलमा सवार ६० वर्षीय दरवारिया थारुको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाईक चालक मख्खुराम थारु गम्भीर घाइते भएका छन्। बनकट्टीका करिब ६० वर्षीय मख्खुराम थारुले चलाएको भे १२ प ११०८ को मोटरसाइलमा भे १ स ८६३२ नम्बरको अटोले ठ्क्कर दिएको थियो […]

बर्दिया —प्रहरीले १ लाख ८४ हजार नगदसहित बाँसगढी नगरपालिका–५ स्थित रहेको मुनलाइट होटलबाट जुवा खेलेको आरोपमा सात जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा सोही पालिका–५ का शिवबहादुर सुनार, लक्ष्मी प्रसाद पौडेल, दयाराम लम्साल, शिव बहादुर सुनार, जीवन पौडेल, दिपक सुनार र बढैयाताल गाउँपालिका–६ रानिपुरका विष्णुराज पौडेल छन् ।  

काठमाडौं – पर्सा वीरगन्ज महानगरपालिका-२७ उदयपुर घुर्मीका १९ वर्षीय युवक इशालप्रसाद कुर्मीको हत्या अनुसन्धान गर्दै जाँदा प्रहरीले सो घटनामा ‘फिल्मी शैली’ अपनाइएको तथ्य उजागर गरेको छ। हत्यामा संलग्न व्यक्तिले कुर्मीको हत्याअघि ‘साउथ इन्डियन’ फिल्म हेरेको र त्यसैको नक्कल गरेको तथ्य फेला पारिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए। कुर्मीको हत्यामा संलग्न रहेको आरोपमा […]

  काठमाडौं, १६ फागुन । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले शुक्रबार बिहान भोटेकोशी गाउँपालिका–२ स्थित भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर गएको ६.१ रेक्टर स्केलको भूकम्पले जिल्लामा कुनै असर नगरेको जनाएको छ ।     जिप्रका सिन्धुपाल्चोकले शुक्रबार बिहान जारी गरेको विज्ञप्तिमा भूकम्प आउँदा कारागारमा कैद भुक्तान गरिरहेका एकजना भाग्नेक्रममा लडेर दाहिने हातको पातो सामान्य सरेको र हालको […]

  काठमाडौं  । काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान २ बजेर ५२ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्र सिन्धुपाल्चोक आसपास रहेको जनाएको छ । रातको समयमा भएपनि धक्का महसुस पछि स्थानीय घरबाहिर निस्किएका थिए ।

    बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जमा समस्याग्रस्त बाघलाई थुन्नका लागि खोरको अभाव भएपछि थप दुई वटा खोर निर्माण कार्य भइरहेको छ । रम्मापुरमा दुई वटा खोर निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।   निकुञ्जको रम्मापुर पोष्टको छेउमा बाघको खोर निर्माण हुन लागेको हो । हाल बर्दिया निकुञ्जको मुख्यालय, ठाकुरद्वारा र रम्मापुरमा चार वटा […]

  काठमाडौं, १५ फागुन । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै चार किलो सुनसहित तीनजनालाई पक्राउ गरेको छ।   बुधबार राति फ्लाइ दुबईबाट नेपाल आएका उज्बेकिस्तान नागरिकले मलद्वारमा लुकाएर ल्याएको तीन किलो ७४५ ग्राम सुनसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।   पक्राउ पर्नेमा अख्माद जानोभना दिलफुजा मारिफअलिभ, इजराइलोभना साओदत फेजिभा, गुलाम्दजानोभन उमिद अख्मेदोभ र […]

  काठमाडौैं, १४ फागुन । भारतको प्रयागराजस्थित महाकुम्भमा ६५ करोडले स्नान गरेका छन् । माघ १ देखि फागुन १४ गतेसम्म ४५ दिनको अवधिमा ६५ करोडभन्दा बढी मानिसले डुबुल्की लगाएको उत्तर प्रदेश सरकारले अनुमान गरेको छ । महाकुम्भ मेला महाशिवरात्रिको दिनदेखि समापन हुनेछ । भारतका झन्डै आधा जनसंख्याले त्रिवेणी संगममा स्नान गरेका छन् । महाशिवरात्रिको दिन […]