दाङ । स्वर्गद्वारी गुठी पीडित किसानहरु दाङस्थित नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्ने क्रममा प्रहरीसंग झडप हुँदा ४ जना घाईते भएका छन् । घाइतेहरुको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । तालाबन्दी खोलाउन प्रहरीले १० राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । कार्यालय खुलाउने क्रममा बल प्रयोग गरेपछि स्थिति तनावग्रस्त बनेको छ । […]
खजुरा, जेठ २० गते । राप्तीसोनारी गाउँपालिका वडा नं. ७ भेलोनिया बाँकेका किसान मोहनप्रसाद कँडेल अहिले ४३ वर्ष पुग्नुभयो । कँडेलले सोही ठाउँमा कोपिला बहुआयामिक पशुपन्छी तथा कृषि फर्म सञ्चालन गरिरहनुभएको छ । उहाँले २३ वर्ष भारतीय सेनामा बिताएर अवकाशपश्चात् यो पेशा सुरु गर्नुभएको हो । साविकको कल्याण गाविस वडा नं. ७ सुर्खेतका बासिन्दा कँडेल […]
घोराही, जेठ २० गते । स्वर्गद्वारी गुठिपीडित किसानहरुले दाङको घोराहीमा रहेको मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गरेका छन् । आफुहरुका माग सरकारले पूरा नगरेको भन्दै मोहिपीडित किसानहरु तालाबन्दी कार्यक्रममा उत्रिएका हुन् । सरकारले पटक–पटक आफुहरुसँग सम्झौता गरेपनि कार्यान्वयन नगरेका कारण दबाब स्वरुप तालाबन्दी गर्नुपरेको गुठिपीडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले जानकारी दिनुभयो । […]
बर्दिया, जेष्ठ १९ शनिबार बर्दियाको प्रमुख पर्यटकीय स्थालहरुको लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार तथा यातायात र उद्योग, पर्यटन र शहकारी मन्त्रीद्धय धर्म बहादुर चौधरी र खड्ग बहादुर बस्नेतले स्थालगत अनुगमन गरेकाछन् । शनिबार स्थालगत अनुगमनका क्रममा मन्त्रिद्धयले बर्दियाको प्रमुख पर्यटकीय स्थाल बढैयातालको अनुगमन गरेकाछन् । लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पेश हुनुताका बिकास बजेतमा सबै कुरा […]
खजुरा (बाँके), जेठ १९ गते । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विपद पूर्वतयारी र प्रतिकार्यका लागि साझा कार्ययोजना निर्माण गरिएको छ । सहरी विपद तथा पूर्वतयारी परियोजना (सुपर)को सहकार्यमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा नेपालगञ्जमा आयोजित तीन दिने छलफलले विपद व्यवस्थापन, पूर्वतयारी, जोखिम न्यूनीकरण र सूचना व्यवस्थापनका लागि कार्ययोजना तयार […]
रासस/ नेपालगञ्ज । अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले गर्मी बिदा बढाएको छ । उपमहानगरपालिकाले आगामी असार ७ गतेसम्म विद्यालयमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र तातो हावाले पठनपाठनमा समस्या भएपछि यही जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिने निर्णय भएको पालिकाका महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए । यसअघि नेपालगञ्ज […]
नेपालगन्ज, जेठ १९ गते । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज र कोहलपुर वितरण केन्द्रअन्तर्गत विद्युत नियमित हुन नसक्ने कारणहरुलाई लिखित रूपमा माग गर्ने निर्णय गरिएको छ । बाँकेको नेपालगन्जमा देखिएको विद्युत समस्या समाधानका लागि पहल गर्न नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीको संयोजकत्वमा निर्माण गरिएको बिद्युत समस्या समाधान संयन्त्रको पहिलो बैठकले नेपालगन्ज र कोहलपुर […]
नेपालगञ्ज/ रासस । बाँकेको नेपालगञ्जमा अत्यधिक गर्मीले जनजीवन कष्टकर भएका बेला विद्युत सेवा अनियमित हुँदा थप समस्या भएको छ । विद्युतको माग बढी भएकाले ‘ओभरलोड’ हुँदा विद्युत अनियमित हुनेलगायतका समस्या देखिएका नेपालगञ्ज विद्युत वितरण केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले अत्यधिक गर्मी बढिरहेका अवस्थामा विद्युतसँग सम्बन्धित समस्या देखिँदा थप समस्या भएको तर […]
खजुरा, जेठ १८ गते । अत्यधिक गर्मी हुने ठाउँ नेपालगन्जको अधिक्तम तापक्रम ह्वात्तै बढेको छ । बिहीबार नेपालगन्जको अधिक्तम तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । यो विगत केही वर्ष यताकै उच्च तापक्रम हो । जल तथा मौसम विभाग फिल्ड कार्यालय राँझा एअरपोर्टका नायब मौसम विज्ञान सहायक कुमार रानाका अनुसार बिहीबार नेपालगन्जको अधिक्तम तापक्रम […]
मध्यविन्दु (नवलपरासी) । छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा राप्रपाका समानुपातिक सांसद बर्दियाका सांसद गीता बस्नेतसहित ३५ जनालाई विपक्षी बनाएर सरकारी वकिल कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका ३ मा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको १६ करोड ५८ लाख ९२ […]












