नेपालगन्ज, जेठ ५ गते । भारतको बहराईच जिल्लामा सोमवार हुने लोकसभाको निर्वाचनका लागि यहाँस्थित नेपाल भारत जमुनाहा नाका शनिबारदेखि बन्द गरिएको छ। निर्वाचनको सुरक्षा लाई ध्यानमा राखेर भारतले जमुनाहा नाका शनिवारदेखि सोमवार बेलुका निर्वाचन सम्पन्न नभएसम्मका लागि बन्द गरिएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताउनुभयो । उहाँले सो बारेमा भारतीय सुरक्षा अधिकारी […]

बर्दिया । बर्दियाको भादा नदिको बगरमा उत्पाद्न गरिएको खरबुजा धमाधम बिक्री भैरहेको छ । गुलरियाको बाँधुपुर, बालापुर, जब्दिघाटको बगरमा किसानले खेति गरेका छ्न । बगहिका किसान घायल चौधरीले आफ्नो उत्पादन बेच्न भ्याइनभ्याइ भएको बताए । सुरुमा प्रतिकेजी ५० रुपियाँमा खरबुजा बेचेका किसानले उत्पादन बढेपछि अहिले मूल्य घटाउँदै प्रतिकेजी २० रुपियाँमा बिक्री गरिरहेका छन् । खेर […]

  कोहलपुर, जेठ ५ गते । बाँकेको डुडुवामा मातृ मृत्युदर उच्च भएकाले गाउँपालिले मृत्युदर घटाउने अभियान सुरु गरेको छ । नियन्त्रणका लागि प्रभावकारी व्यवस्थापन गर्नुपर्नेमा जनप्रतिनिधिले जोड दिएका छन् । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशद्वारा नेपालगन्जमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी डुडुवाका जनप्रतिनिधिले मातृ मृत्युदर घटाउन विशेष ध्यान दिई प्रभावकारी सेवा प्रदान गर्नुपर्ने बताएका छन् । डुडुवामा […]

बर्दिया।  बर्दियाको बढैयाताल गाउँपालिका ६ मैनापोखरका सकिना खानको घर भत्काईएको घट्रनाको ब्यापक बिरोध भएको छ ।  भुमि अधिकार मंच बर्दिया र पालिकाका प्रमुख राजनीतिक दलहरुले शुक्रबार बढैयाताल गाउँपालिकाको गेट अगाडी बिरोध तथा जनप्रर्दशन गरेकाछन् । बिरोध सभालाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका महासचिव ठाकुर सिंह थारुले सकिना खानको घर भत्काइनु पालिकाको अमानबिय काम भएको बताए […]

    गुलरिया — बर्दियाको ठाकुरबाबा  नगरपालिका–९ बनखेतमा चितुवाले आक्रमण गर्दा तीन जना घाईते भएका छन् । उनीहरु पैदल हिँडिरहेका आईरहेका बेला चितुवाले एक्कासी आक्रमण गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालयका बर्दियाका डिएसपी तुल्सीराम अर्यालले जनाए । उनका अनुसार स्थानीय २४ वर्षीया राममाया चौधरी, ५० वर्षीय भोजुराम थारु र २३ वर्षीय हिमाल अधिकारी घाइते भएका […]

नेपालगन्ज/ रासस । बाँके जिल्ला लागूऔषध कारोबारको उच्च जोखिममा रहेको छ । भारतबाट ब्राउन सुगर, कोरेक्स नाइट्रोभ्याट लागूऔषधको तस्करी हुनाका साथै नेपालगन्जबाट पहाडी जिल्लातर्फ लैजाने गरेको देखिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले नेपालगन्जमा आयोजना गरेको लागूऔषध दुर्व्यसनलगायतले कुलतको च्च जोखिममा रहेका युवाको […]

नेपालगन्ज, जेठ ४ गते। ४० डिग्री भन्दा बढीको तापक्रम र त्यसमाथि तातो हावा ‘लु’ को कहरले अत्यधिक गर्मी हुँदा बाँकेको जनजीवन अस्तव्यस्त बनेको छ। गर्मीले बाँकेको नेपालगन्ज, कोहलपुर र खजुराका अधिकांश सर्वसाधारण अत्यधिक प्रभावित भएका छन्। उनीहरू मध्ये केही बिरामी परेका छन् भने अधिकांश घरमै बस्न बाध्य छन्। यस्तो गर्मीमा पनि नेपालगन्जका विभिन्न स्थानमा गर्मीको […]

नेपालगन्ज । मौसम पुर्ब अनुमान शाखाका अनुसार केही दिन देखि देशका अधिकांश भू-भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको देखिन्छ।सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा बिगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । चेतावनी तथा परामर्शः आगामी केही दिन सम्म देशभरको तापक्रमको […]

  राँझा (बाँके), जेठ ३ गते । बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेक्रम रोकिएको छैन । राप्ती सोनारी गाउँपालिकाका विभिन्न घाटबाट नदीजन्य पदार्थको चोरी निकासी भइरहेको छ । नदीजन्य पदार्थको अवैध दोहनलाई नियन्त्रण गर्ने प्रयासस्वरुप जिल्ला प्रहरी कार्यालयले अवैधरुपमा उत्खननमा प्रयोग भएका स्काभेटर, टिपर र ट्याक्टर नियन्त्रणमा लिएको छ । दुई स्काभेटर, नौ […]

बर्दिया । नाम हो, मोलहे भुजुवा । उमेर करिव ६५ वर्ष । बाध्यताले मकै पोल्ने पेशा गर्छन । यति बेला बर्दियाको तापक्रम करिव ४१ डिग्री सेल्सीयस छ । उखरमाउलो गर्मीमा सर्वसाधारणको जीवन कष्टकर छ । तर, मोलहेलाई यो गर्र्मीको कुनै परवाह छैन । माथीबाट ४१ डिग्री सेल्सीयस र १०० डिग्री सेल्सीयस तापक्रम मकै पोल्न तयार […]