१९ कात्तिक, नेपालगञ्‍ज । जाजरकोट र पश्चिम रुकुममा शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएर बाँकेको अस्पतालमा उपचार गर्न ल्याउने ्बिरामीको सङ्ख्या बढ्दै गएको छ । हालसम्म जाजरकोट र पश्चिम रुकुममा घाईते भएका ३८ जनालाई नेपालगन्जका अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । गए राति एम्बुलेन्सबाट थप छ बिरामी उपचारार्थ भेरी अस्पताल नेपालगञ्‍जमा ल्याइएसँगै […]

‘ नेपालगन्ज र सुर्खेत — दसैंको पर्सिपल्ट छोरी इशासहित ५० वर्षीया सुवर्न शाह टीका लगाउन जाजरकोट खलंगास्थित माइती पुगेकी थिइन् । उनी आइतबार बाँकेको बैजनाथ गाउँपालिका–४ बाँनियाभारस्थित घर फर्कने योजना थियो । तर, शुक्रबार मध्यराति जाजरकोटकै बारेकोट–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गयो । भूकम्प जाँदा सुवर्न माइतमै थिइन् भने २२ वर्षीया छोरी इशा […]

१९ कात्तिक, काठमाडौं । अर्को वर्ष हुने आईसीसी टी-२० विश्वकपमा स्थान पक्का गरिसकेको घरेलु टोली नेपाल र ओमान एसिया क्षेत्र छनोटको उपाधिका लागि आज फाइनल खेल्दैछन् । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । शुक्रबार भएको सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले पराजित गर्दै वेष्ट इन्डिज […]

  रासस/  काठमाडौँ, कात्तिक १९ l  जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँमा पुगेको छ। केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारी सहितको टोली अनुसन्धान गर्न शनिबार जाजरकोट पुगेको हो। उक्त टोलीले भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्ने खानी तथा भूकम्प विभागका महानिर्देशक रामप्रसाद घिमिरेले […]

  १९ असोज, धनगढी । आइतबार राति साढे २ बजेको समयमा  डोटीको  शिखर नगरपालिका-६ को अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग२च २७७६ नम्बरको बोलेरो जिप दुर्घटना हुंदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका-५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, […]

  कात्तिक, खलंगा । शुक्रबार राति जाजरकोट मस्त निद्रामा थियो । भेरी नगरपालिका–३ माथिल्लो थाप्लेका प्रकाश शाह (४९) को परिवार पनि पहिलो निद्रामा मस्त थियो । घर नजिकै रहेको मन्दिरको घण्टी मध्यरातमा एक्कासी बज्यो । निरन्तर बजेको घण्टीको आवाजले सत्तलमा सुतेकी नरिन्ताकुमारी शाह (५१) ब्यूँझिइन् । ‘घण्टी बेस्सरी बजेपछि उठ्दा भूकम्पले बेस्सरी झ्याँक्यो’, भूकम्पको धक्का […]

  बुटवल — जाजरकोटको रामीडाँडाँ आसपासलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको भूकम्पमा प्रभावितहरूको उपचार र उद्धारका लागि लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मीसहितको टोली पठाएको छ ।   राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङका मेडिकल सुपरिटेडेन्ट डा. पदमराज अधिकारीको नेतृत्वमा २० जना स्वास्थ्यकर्मी र औषधीसहितको टोली जाजरकोट र रुकुमका लागि पठाएका हुन् । टोलीमा अधिकांश सरकारी अस्पतालहरूका स्वास्थ्यकर्मी […]

जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म रुकुमपश्चिममा मृत्यु हुनेको संख्या ३८ छ । तर त्यसमध्ये आठबीसकोट(१४ कामात्रै २७ जना छन् । त्यसमध्ये हल्देटोलका २, ज्यामिरकोटका ९, छेपारेका ११, बाँकेटोलका १ र पिपल चौरका १ जनाको मृत्यु भएको छ । यहाँ अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ ।  

रासस २०८० कात्तिक १८ गते । भारतमा ट्रकले ठक्कर दिँदा रोजगारीका लागि गएका सुर्खेतका एउटै परिवारका पाँच जनाको मृत्युु भएको छ । भारतको कर्नाटक राज्यको गुलवर्गा अवजलपुरको तलकामा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिँदा सुर्खेत चौकुने गाउँपालिका-७ का एउटै परिवारका पाँच जना नेपालीको मृत्यु भएको हो । मृत्यु हुनेमा सुर्खेत चौकुने-७ अमलाटाकुराका २७ वर्षीय रतन […]

१८ कात्तिक । सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई सहयोगका लागि एक करोड रुपैयाँ राहत दिने निर्णय गरेको छ । शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ दिने निर्णय गरेको हो । यस्तै सरकारले प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय पनि गरेको उनले बताए । […]