सुर्खेत, जेठ १७ गते । सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जिप सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिक दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । बिहीबार विहान भे १ च २५६० नम्बरको बोलेरो जिप उक्त सडकखण्डमा दुर्घटनामा परेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार जिप सडकबाट तीन सय मिटर तल खसेको थियो । जिपमा […]
धनुषा/ ईकान्तिपुर—सहकारी ठगी लगायत विषयमा श्रृंखलाबद्ध शोधपूर्ण समाचार प्रकाशित गरेको प्रतिशोधमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई हिरासतबाट मुक्त गरेको हो । अध्यक्ष सिरोहियाका वकिल रमन […]
हाल मौसमको अवस्था हाल कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। २०८१ जेठ १६ गते (बुधवार) दिउँसोː कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको […]
नेपालगन्ज, जेठ १६ गते । अत्यधिक गर्मी र तातो हावा ‘लु’ का कारण रक्तदान गर्ने घट्दै गएपछि नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ । पश्चिम नेपालको तीन वटा प्रदेशको स्वास्थ्य ‘हब’ बन्दै गएको नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रमा गर्मीका कारण रगत दिन आउने घटेपछि रगतको मौज्दात अत्यन्त न्यून हुँदा रगत अभाव भएको रक्तसञ्चार केन्द्रका […]
काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदको बैठकमा मङ्गलबार आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै सो बजेट प्रस्तुत गर्नुभएको हो । व्ययमध्ये सबैभन्दा बढी चालुतर्फ छुट्याइएको छ । चालूतर्फ कुल विनियोजन बजेटको ६१.३१ प्रतिशत अर्थात् […]
बर्दिया, गुलरिया नागरिक उन्मुक्ति पार्टी बर्दिया र बाँकेले गणतन्त्र दिवसको अवसरमा अन्र्तक्रिया कार्यक्रम गरि मनाएको छ । पार्टीका संरक्षक रेशम लाल चौधरीको गणतन्त्र दिवसको अबसरमा रिहाई भएको खुशियाली बर्दियाको गुलारियामा पार्टीका नेता कार्यकर्ता भेला भएर कार्यक्रम गरिएको पार्टीका बर्दिया जिल्ला अध्यक्ष सोमाई थारुले बताए । कार्यक्रममा बोल्दै पार्टीका संरक्षक रेशम लाल चौधरीले नारिकका लागि जिउदो […]
नेपालगन्ज, जेठ १४ गते । पश्चिम नेपालकै सबैभन्दा ठुलो नाका मानिने नेपालगन्ज नाकाबाट भन्सार कार्यालयले लक्ष्यको आधा मात्र भन्सार राजस्व सङ्कलन गर्न सकेको छ । केही वर्ष पहिलेसम्म यो नाकाबाट लक्ष्यभन्दा बढी भन्सार राजस्व सङ्कलन हुँदै आएकोमा सो घट्दै गएर अहिले लक्ष्यको आधा मात्र सङ्कलन हुने अवस्थामा पुगेको देखिन्छ । नेपालगन्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार, […]
नेपालगन्ज, जेठ १४ गते । यहाँस्थित नेपाल भारत सीमामा तैनाथ सुरक्षाकर्मीहरुले नाकामा कडाइ गरेको दाबी गरिरहेकै बेला भारतबाट अवैध रुपमा भित्र्याएर नेपालगन्ज पुरयाइएका अवैध सामान ठुलो परिमाणमा बरामद हुने क्रम जारी नै छ । नाका छलेर भन्सार राजस्व नतिरी नेपालगन्ज पुर्याइएका लाखौं मूल्यका अवैध सामानहरु प्रहरीले दैनिकजसो बरामद गरिरहेको छ । पछिल्लो एकसातामा मात्र प्रहरीले […]
नेपालगन्ज, जेठ १३ गते । बाँकेमा ३५ हजार ७०५ जना बालबालिकालाई पोलियो रोग विरुद्धको ‘आईपिभी’ खोप दिने अभियान जिल्लाका आठ वटै पालिकामा सुरु गरिएको छ। स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले यस पटक ‘आईपिभी’ खोप दिने अभियानको शुभारम्भ जिल्लाको दुर्गम मानिने नरैनापुरबाट शुभारम्भ गरिएको बताउनुभयो । उहाँले सो अभियानको शुभारम्भ नरैनापुर गाउँपालिका […]
खजुरा, जेठ १३ गते । राष्ट्रिय मानवअधिकार आयोग स्थापना भएको २४ वर्ष पुगेको छ । आयोगले जेठ १३ गते २४औं वार्षिकोत्सव वर्ष विविध कार्यक्रम गरी मनाएको छ । राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्ज कार्यालयले पनि आइतबार नेपालगन्जमा २४औं वार्षिकोत्सव विभिन्न सरोकारवाला निकायको उपस्थितिमा औपचारिक कार्यक्रम सम्पन्न गरेको छ । आयोग स्थापनाको २४ वर्ष बितिसक्दा पनि […]











