नेपालगन्ज । बाघको आक्रमणमा परी बाँकेको राप्ती सोनारी गाउँपालिकाको ढकेरीमा एक पुरुषको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ गुरुवागाउ नमुना टोल निवासी ४० वर्षीय इन्द्र बहादुर खत्रीको बाघको आक्रमणबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेको अनुसार राप्ती सोनारीको रिम्ना सामुदायिक वनमा शुक्रबार दिउँसोबाट बेपत्ता भएका खत्री साँझसम्म पनि […]

महेन्द्रनगर (धनुषा), कात्तिक ८ गते । मिथिलामा आज (शनिबार) देखि औपचारिक रूपमा छठ सुरु भएको छ । मिथिलाको सबैभन्दा ठुलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम भइरहेको छ । यहाँ रहेका गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावटको काम भइरहेको छ । गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतजस्तै […]

  ८ कात्तिक, काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । […]

  सौतिक विस्वास र अन्तरिक्षा पठानिया बीबीसी- भारतको जेन जी विशाल, छटपटिएको र एकअर्कासँग जोडिएको पुस्ता हो। नेपालको दक्षिणी छिमेकी देश भारतमा जनसङ्ख्याको करिब एक चौथाइ अर्थात् ३७ करोडभन्दा धेरै मानिसहरू २५ वर्षभन्दा कम उमेरका छन्। स्मार्टफोन र सामाजिक सञ्जालबाट उनीहरू राजनीति, भ्रष्टाचार र असमानताबारे निरन्तर सुसूचित छन्। यद्यपि सडक प्रदर्शन उनीहरूका लागि जोखिमपूर्ण मात्रै […]

  काठमाडौं । भारतको सिक्किम उच्च अदालतले हाल प्रयोगमा आउन छाडेका नेपाली वर्णमालाका केही अक्षरहरुलाई पुनर्स्थापित गर्न आदेश दिएको छ । पहिले वर्णमालामा रहेका र हाल प्रयोग गर्न छाडिँदै गएका ण, श, ष, ड, ढ, क्ष, त्र, ज्ञ, ऋ लगायतका अक्षरहरुको प्रयोग अनिवार्य गर्न सिक्किम उच्च अदालतले आदेश दिएको हो । पहिले नेपाली वर्णमालाका क, […]

  पुरुषोत्तम सुबेदी पश्चिम नवलपरासी, कात्तिक ७ गते । लोकआस्थाको महान् पर्व छठ नजिकिएसँगै तराई–मधेशका जिल्लाहरूमा अहिले छठघाटको व्यवस्थापन र सरसफाइले तीव्रता पाएको छ । श्रद्धा र निष्ठाका साथ मनाइने यस चार दिने पर्वको तयारी स्वरूप स्थानीय शहर तथा गाउँ बस्तीहरूमा रहेका नदी, तलाउ र पोखरीहरूको किनारमा छठघाट निर्माण र सजावटको कामलाई भव्यताका साथ अघि […]

काठमाडौँ —यस वर्षको भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ः३९ बजे रहेको छ । ‘बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको हो,’ नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.देवमणि भट्टराई भन्छन् । यस वर्ष शनिबार धन त्रयोदशी र […]

  काठमाडौं । इजरायलमा मारिएका कञ्चनपरका विपिन जोशीको शव आज नेपाल ल्याइँदैछ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याउन लागिएको हो । सो विमान दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ । विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुने तयारी छ । […]

    बर्दिया/ईकान्तिपुर — डिभिजन वन कार्यालय, बर्दियाले नियन्त्रणमा लिएको समस्याग्रस्त चितुवालाई शनिबार बाँके राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको छ । दर्जनौँ पशु चौपाया मारेको र मानिसलाई घाइते बनाएको चितुवा जनजागृति वन, बारबर्दिया–११ मा राखिएको केजमा पसेको थियो । गाउँ नजिकको वनमा राखिएको केजमा रहेको बाख्रा खान खोज्दा चितुवा भित्र पसेको थियो । डिभिजन वन कार्यालयका […]

प्रेस विज्ञप्ति:- मिति २०८२।०७।०२ गते। —————————————— स्वास्थ्य सेवा विभागले आ.व. २०८०।०८१ मा खरिद गरेको म्यामोग्राफी मेसिनको खरिद प्रकृयामा अनियमितता गरी भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोराको उजुरीका सम्वन्धमा अनुसन्धान हुँदा स्वास्थ्य सेवा विभागको ठेक्का नं. RFB No. DOHS/G/NCB-18/IDA/2080-81, Procurement Of Mammography Machine को खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४. लगायतका प्रचलित कानूनको […]