काठमाडौँ । यसवर्षको हालसम्म देशभर २० जना बिरामीमा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँ, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा पुष्टि भएको जानकारी दिए । उनले सहरी क्षेत्रमा बढ्दो जनधनत्वसँगै सुरक्षित खानेपानी र पर्यावरणीय स्वच्छतामा कमी तथा बाढीपहिरोका घटनाले पानी तथा सरसफाइका पूर्वाधारमा पार्ने नकारात्मक असरका […]
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ। […]
नेपालगन्ज, साउन १५ गते । यहाँस्थित नेपाल भारत सिमानामा रहेको भारतीय सीमावर्ती बजार रूपैडिहामा नक्कली भारतीय रुपियाँको कारोबार भइरहेको खुलासा भएको छ । ७२ हजार नक्कली भारतीय रुपियाँसहित एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेपछि सो खुलासा भएको हो । रुपैडिहास्थित भारतीय आदर्श प्रहरी थानाले दिएको जानकारी अनुसार गुप्तचर एजेन्सीको सूचनाका आधारमा रूपैडिहा थानाको टोलीले नक्कली भारतीय नोटको […]
बीबीसी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको ‘विपन्न नागरिक उपचार सम्पर्क केन्द्र’ को बाहिरपट्टि ‘सिकलसेल रोग’का बिरामीहरू प्राय: लाइनमा रहेका हुन्छन्। हप्तैपिच्छे जसो रगत आवश्यक पर्ने उनीहरूलाई लाइनमा सहजीकरण गरिरहेका उक्त केन्द्रका हरि थापाले भने, “नियमित आउने धेरै बिरामीहरू हिजोआज लाइनमा देखिँदैनन्। सधैँ आइरहने दुई जना बच्चा पनि आउन छोडेका छन्। शायद केही भयो कि!’’ […]
काठमाडौँ । सरकारले तीन प्रदेशका प्रदेश प्रमुख हटाउने सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा १६५ को उपधारा १ बमोजिम बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्न सिफारिस गरेको हो । साथै मन्त्रिपरिषदको बैठकले तीनै प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको […]
बाँके- नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह भन्सार चेक प्वाइन्ट नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५ सय मिलिग्राम सहित सुर्खेत गुर्भाकोट नगरपालिका-६ बस्ने २९ वर्षीय प्रकाश केसीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भे.७ प ६६८९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ […]
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५को हाराहारीमा पुगेको छ । यो निकुञ्ज पाटेबाघका लागि दोस्रो ठुलो वासस्थान मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ पाटेबाघ रहेको बताइएको छ । जैविक विविधता संरक्षणमा समुदायसँगको सहकार्यमा सफलता पाएसँगै सन् २०१० मा १८ पाटेबाघ रहेको बर्दियामा सन् २०२२ सम्म तीन गुणा बढेको निकुञ्जका […]
बीबीसी- यस लेखमा हामी पाठकहरूलाई नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतार्नियाघाट वन्यजन्तु आरक्ष जोड्ने खाताको एउटी बघिनीको जीवनको कथा भन्ने छौँ। खाताको वन वन्यजन्तुहरू ओहोर ओहोरदोहोर गर्ने प्रमुख जैविक मार्ग हो। हामीले करिब १ दशकसम्म वन्यजन्तुको अध्ययन र अनुसन्धानमा प्रयोग गरिने विभिन्न विधिहरू प्रयोग गरी खाताका बाघहरूको जीवनलाई नजिकबाट नियाल्ने प्रयास गर्यौँ। हामीलाई आशा […]
पोखरा । पोखरा २१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नं को स्कुल बस विद्यार्थीसहित दुर्घटनामा परेको छ । बस दुर्घटनामा एलaपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा […]
राँझा (बाँके), साउन १३ गते । पक्की सडक निर्माणसँगै जिल्लाको खजुरा गाउँपालिकाका ग्रामीण बस्ती सुगम बन्दै गएका छन् । खजुरा-१ मा भारतीय सीमाक्षेत्रसँगै जोडिएको जलपोखरी, सैनिकलगायत राधापुरका बस्तीसम्म पक्की सडक निर्माण भएका छन् । परसपुर-गौघाट सडकको विकल्पमा लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको बेलभार-राधापुर हुँदै सीतापुरसम्मको पक्की सडकले खजुरा-१ क्षेत्रको स्वरुप परिवर्तन भएको स्थानीय भीम ओलीले […]












