काठमाडौं, १ असार । हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक […]
काठमाडौं, ३१ जेठ । गर्मी मौसम सुरु भएसँगै बजारमा जताततै आँप आउन थाल्छ। यो गर्मी मौसममा सबैभन्दा मनपर्ने फल हो र आँपलाई फलको राजा पनि यसकारण भनिन्छ कि यो निकै स्वादिलो र पौष्टिक पनि हुन्छ । मानिसहरू यसलाई विभिन्न तरिकामा खान मन पराउँछन्। यो रसदार स्लाइसहरू खान सकिन्छ भने, स्मूदीहरूमा मिसाएर वा […]
काठमाडौं, ३१ जेठ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी […]
जेठ /रातोपाटी-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणाविरुद्ध पक्राउ पुर्जी जारी हुने। चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा उनीहरू फरार छन् र अदालतमा बयानका लागि उपस्थित भएका छैनन्। अदालतले उनीहरूलाई उपस्थित गराउन नसकेपछि कानुन व्यवसायी र स्वकीय सचिवलाई जरिवाना तिराएको थियो। काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी […]
काठमाडौं, ३० जेठ । उच्च अदालत, वीरगञ्ज इजलासका न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि इजलासमै मोसो प्रहार भएको घटनाप्रति न्यायाधीश समाजले आपत्ति जनाएको छ। समाजले शुक्रबार विज्ञप्ति जारी गरी न्याय सम्पादनको सिलसिलामा इजलासमा काम गरिरहेको अवस्थामाथि न्यायाधीशहरुमाथि आक्रमण हुनुलाई निन्दनीय भनेर टिप्पणीसमेत गरेको छ। समाजले सो मोसो दल्ने जस्तो घृणित आक्रमणलाई न्यायाधीशमाथि […]
राँझा (बाँके), जेठ ३० गते । राप्ती सोनारी गाउँपालिका–९ भएर बग्ने झिझरी खोलाको बाढीबाट बस्ती जोगाउन तटबन्ध निर्माण भएको छ । झिझरी खोलाको बाढीले गर्ने डुबान र कटान रोक्न लुम्बिनी प्रदेश सरकारको बजेटमा झिझरी खोला झोलुङ्गे पुल नजिकै तटबन्ध निर्माण गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख आशिष विकले जानकारी दिनुभयो । प्रदेश सरकारको […]
काठमाडौं, ३० जेठ । अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान बिहीबार (जुन १२, २०२५) दिउँसो दुर्घटनामा परेको थियो। यस दुर्घटनामा मृत्यु हुनेको संख्यामा थप बृद्दी भएको छ । अहिलेसम्म २६५ जनाको मृत्यु भइसकेको छ । विमानमा सवार २४१ यात्रु र चालक दलका सदस्यको पनि मृत्यु भएको छ । दुर्घटनापछि विमान नजिकैको मेडिकल […]
काठमाडौं, ३० जेठ । काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको भन्दै दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ । पुर्पक्षका लागि जेल पठाइएकामा प्रसाईंसहित तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव […]
काठमाडौं, ३० जेठ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा […]
काठमाडौँ —भारतको गुजरातको अहमदाबाद विमानस्थलनजिकै दुर्घटनामा परेको जहाजमा २४२ यात्रु रहेको एयर इन्डियाले जनाएको छ । भारतीय समयअनुसार दिउँसो १:३८ मा लन्डनका लागि उडेको एआई १७१ उडान नम्बरको बी ७८७ ड्रिमलाइनर जहाज टेकअफलगत्तै दुर्घटनामा परेको हो । उक्त जहाज क्याप्टेन सुमीत सभरवाल र फर्स्ट अफिसर क्लाइभ कुन्दरले उडाइरहेका थिए । क्याप्टेन सभरवालसँग ८ हजार २ […]










