काठमाडौं । सिमरा उपमहानगरपालिका १६ भद्रकालीस्थित पूर्वपश्चिम लोकमार्गको जंगलमा पथलैयाबाट रौतहट जाँदै गरेको ना ६५ प ५०११ नम्बरको मोटरसाइकललाई बाघले आक्रमण गर्न खोज्दा दुई जना घाईते भएका छन् । बाराका प्रहरीका अनुसार बाघको आक्रमणबाट मोटरसाइलकल चालक रौतहट बौधिमाइ नगरपालिका ३ का ३० वर्षीय कृष्ण साह र मोटरसाइकलको पछाडि सवार ३५ वर्षीय राजु साह घाइते भएका […]

नेपालगन्ज–गुलरिया सडक खण्ड अन्तर्गत बाँकेको मानपुरमा भइरहेको निर्माण कार्य । तस्बिर : गोविन्द शर्मा     बाँके, फागुन ९ गते । राष्ट्रिय गौरवको हुलाकी सडक आयोजना अन्तर्गत निर्माणाधीन नेपालगन्ज–गुलरिया सडकखण्ड बिस्तारको काम निर्धारित समयभन्दा एक वर्ष पहिले नै सम्पन्न हुने भएको छ । ११.६ किलोमिटर चार लेन र १६.०२ किलोमिटर दुई लेनगरी २७.६२ किलोमिटर लामो […]

      नेपालगन्ज । खाना पकाउन दाउराको प्रयोग गर्दै आइरहेकोमा दाउरा पाउन समस्या हुन थालेपछि नेपालगन्ज –५ का २०० विपन्न र गरिब परिवारलाई ग्याँस चुल्हो वितरण गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका –५ ले आफ्नो वडाभित्रका अति विपन्न तथा गरिब परिवारलाई खाना पकाउने ग्यास चुल्हो वितरण गरेको जनाएको छ । वडाभित्र रहेको विपन्न र गरिबलाई […]

    देउखुरी, दाङ — लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम दोस्रो लुम्बिनीसभाको तेस्रो हिउँदे अधिवेशन फागुन १८ गते दिउँसो ३ बजे आह्वान गरेका छन् । प्रदेशसचिव दुर्लभकुमार पुनले प्रदेशसभा नियमावली २०७९ को नियम ३ को उपनियम १ बमोजिम प्रदेशसभा सदस्यहरूका लागि जानकारीमूलक सूचना प्रकाशन गरिएको बताए । उनले […]

    नेपालगन्ज । फागुन २६ गते शनिबार नेपालगन्जमा ‘म्युजिक फर हार्मोनी’ (सद्भावका लागि सङ्गीत) कार्यक्रम हुने भएको छ । यो कार्यक्रमले नेपालगन्जबाट संसारलाई सद्भावको सन्देश दिने आयोजकको विश्वास छ । अन्तरालको व्यवस्थापनमा नेपाल कल्चर फेस्टिबलको अवसर पारेर उक्त कार्यक्रम गर्न लागिएको हो । कार्यक्रमका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमै ख्यातिप्राप्त ब्याण्ड ‘कुटुम्ब’ तथा गायिका झुमा […]

काठमाडौँ । दोलखा जिल्लाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५८ मिनेट जाँदा दोलखा जिल्लाको हाटडाँडा आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको हो । यही फागुन ४ गते बझाङ जिल्लाको परकाट्ने केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टर स्केलको […]

  काठमाडौं । कैलालीको टीकापुरमा सम्पन्न महाधिवेशनबाट नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रेशम चौधरी नियुक्त भएको जानकारी निर्वाचन आयोग पुगेको छ । २७ पुस २०८० मा नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा चौधरीसहितका पदाधिकारी चयन भएको जानकारीसहित दलको अभिलेख अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन पुगेको हो । आयोगका अनुसार गत माघ २९ गते नाउपाले निर्वाचन आयोगमा निवेदन […]

तौलिहवा (कपिलवस्तु) । कपिलवस्तुमा हत्या गरी गाडिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्ला कपिलवस्तु नगरपालिका वडा नं. ४ पिपरी गाउँदेखि दक्षिणतर्फको नहरको कुलोमा शव फेला परेको हो । आइतबार साँझ ६ बजेतिर कोदाहवा चोकदेखि दक्षिण पाँच सय मिटर नहरको कुलोमा टाउको नभएको शव खाल्टोमा गाडिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए […]

  बाँके। नेपालगञ्ज–गुलरिया सडक खण्ड अन्तर्गत बाँकेको खजुरामा अलपत्र एक हजार ८०० मिटर सडक निर्माण सुरु भएको ६ वर्षसम्म पनि पूरा नभएपछि स्थानीय बासिन्दाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएका छन् । खजुराका अगुवा शिव श्रेष्ठले खजुरा सडकको काम छिटो सम्पन्न गर्न र पेडारी नालामा पक्की पुल निर्माण गर्न आग्रह गर्नुभयो । श्रेष्ठले […]

    नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाभित्र निर्माण गरिएका सार्वजनिक शौचालयहरूको सही व्यवस्थापन नहुँदा केही सङ्ख्यामा बन्द भइसकेका छन् भने अधिकांश फोहोर र जीर्ण भई काम नलाग्ने हुन थालेका छन् । सोही कारणले ती शौचालयहरूलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि जनप्रतिनिधि र कर्मचारीहरूबिच छलफल गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले एसएनभी नेपालको आयोजनामा उपमहानगरपालिकाका […]