काठमाडौं, २६ असार । विश्वभरका हिमनदी पग्लिएपछि ज्वालामुखी विस्फोटको डर बढ्दै गएको छ । यस सम्बन्धमा वैज्ञानिकहरुको अनुसन्धानले धेरै चकित पार्ने खुलासा गरेका छन्। ग्लेशियरहरू र ज्वालामुखी गतिविधिहरू बीचको सम्बन्धले वैज्ञानिकहरूलाई नयाँ चिन्तामा राखेको छ। यो जलवायु परिवर्तनको अर्को डरलाग्दो पक्ष हो, जसले पृथ्वीमा जीवनलाई अस्थिर बनाउन सक्छ। दुई प्राकृतिक शक्तिहरू ग्लेशियरहरू […]
नेपालगन्ज । गाई गोरु चराउन गएका बेला बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ । स्थानीय ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वलीलाई सकुशल उद्धार गरिएको हो । उनीहरु सबैको अवस्था सामान्य छ । उनीहरुलाई सशस्त्र प्रहरीले बुधबार सकुशल उद्धार गरेको जनाएको […]
काठमाडौं, २६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधाारणतया बदली रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। […]
नेपालगन्ज /ईकान्तिपुर—बाँकेको कोहलपुर नगरपालिका–३ स्थित कोहलपुर बागेश्वरी इंग्लिस मिडियम स्कुलमा अध्ययनरत तीन जना बालक स्कुलबाटै हराएका छन् । कक्षा ८ मा अध्ययनरत १५ वर्षीय निरज थापा, १३ वर्षीय पवननाथ योगी र १२ वर्षीय रोविन्द्र खड्का असार २२ गते अपराह्नदेखि सम्पर्कविहीन भएका हुन् । स्कुलका प्रिन्सिपल विष्णु केसीका अनुसार विद्यार्थीहरू असार २२ गते दिउँसो ३ः५५ बजेसम्म […]
बर्दिया/ईकान्तिपुर— ठाकुरबाबा नगरपालिकाको असारे विकासले यतिबेला चर्चा पाइरहेको छ। ठाकुरबाबा नगरपालिका–९ बानुगाउँस्थित मध्यरातमा बनाइएको कमसल कालोपत्रेले चर्चा पाएको छ। कालोपत्रेको नाममा रोलरले नदबाएर गिट्टी मात्र बिछ्याइएको पाइएको छ। नगरपालिकाको बजेटमा निर्माणधीन ठाकुरद्वारादेखि हात्तीसार जाने बाटोमा शनिबार मध्यरातमा कमसल खालको कालोपत्रे गरेको पाइएको हो । रोयल लक्ष्मी ओम नमो जेभी कम्पनी दाङले रातारात कमसल खालको कालोपत्रे […]
काठमाडौं, २५ असार । म्याग्दीमा गएको पहिरोमा परी एकजनाको मृत्यु भएको छ । आज दिउँसो अचानक आएको पहिरोमा परी एकको मृत्यु हुनुका साथै थप एक बेपत्ता भएका छन् । म्याग्दीको मालिका गाउँपालिका–३ लुप्सीपारमा आज दिउँसो पहिरो गएको थियो । अचानक आएको पहिरोमा पुरिएर लुप्सीपारका ३५ वर्षीय जगेन्द्र विकको मृत्यु भएको हो । समाचार […]
काठमाडौं, २५ असार । गृहमन्त्री रमेश लेखकले रसुवागढी बाढीको क्षतिका बारेमा जानकारी दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले रसुवागढीमा भएको धनजनको क्षतिका बारेमा जानकारी गराएका हुन । ‘उक्त घटनामा हालसम्म २ जना नेपाल प्रहरी, ११ जना सर्वसाधारण नेपाली र ६ जना चिनियाँ नागरिकसहित १९ जना बेपत्ता भएको अवस्था छ । हालसम्म धादिङस्थित […]
तानसेन (पाल्पा), असार २५ गते । सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड गएराति परेको अविरल वर्षाका कारण आज बिहानैदेखि अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गतका विभिन्न ठाउँहरुमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको हो । यहाँका बर्तुङदेखि सिद्धबाबा क्षेत्रसम्म विभिन्न ठाउँहरुमा पहिरो खसकेका कारण बिहानैदेखि सडक अवरुद्ध रहेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रवीण आचार्यले बताउनुभयो । उहाँका […]
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म देशका अधिकांश प्रमुख नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरेको छ। आज बिहान जारी बाढी पूर्वानुमान बुलेटिनअनुसार कोशी, नारायणी, कर्णाली, महाकाली लगायतका प्रमुख नदी प्रणालीमा पानीको बहाव निरन्तर बढ्ने देखिएको हो। विभागका अनुसार आगामी तीन दिन कोशी प्रदेशका सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी र सुनकोशीमा […]
नेपालगन्ज, असार २५ गते । रोजगारीका लागि नेपालगन्जस्थित जमुनाह नाका भएर भारत छिर्ने नेपाली युवाको सङ्ख्या फेरि एक पटक बढ्दै गएको छ । कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका युवा अहिले फेरि ठुलो सङ्ख्यामा दैनिक रोजगारीका लागि जमुनाह नाका भएर भारततर्फ गइरहेको यहाँस्थित नेपाल–भारत नाकामा रहेको जमुनाह प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय, जमुनाहका प्रमुख […]












