सतपटियाको गौतरिया कुलो बिवाद समाधानका लागि प्रक्रिया प्रस्ताव पारित

बर्दिया, ११ असोज २०८२
बर्दियाको बढैयाताल गाउँपालिका ३ सतपटियाको गौटरिया कुलो बिवाद समाधानका लागि ११ बुदें प्रक्रिया प्रस्ताव पारित संयुक्त बैठकबाट पारित गरिएको छ । शनिवार सतपटिया गाउँका एक सय १४ जनाको संयुक्त उपस्थितिमा उक्त प्रस्ताव पारित गरिएको माकुरा समुहका अध्यक्ष लक्ष्मी थारुले बताइन् । स्थानीयले खेतमा सिचाईका पानी लगाउने बषौं पुरानो सटपतिया गाउँको गौतरिया कुलोलाई सिचाईसंगै बाटो पनि बनाउने माग गरेपछि दुई पक्षबिच बिवाद हुदै आएको छ । उक्त बिवाद समाधानका लागि माकुरा समुहको आयोजना, बढैयाताल गाउँपालिका वडा नं. ३ को वडा कार्यालयको समन्वय र प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र बर्दियाको सहजिकरणमा उक्त बिवाद समाधान प्रक्रिया अन्र्तगत शनिवार प्रक्रिया प्रस्ताव पारित गरिएको छ । सतपटियाको गौतरिया कुलो वडा नंं. ३ को गोब्रपुरको नहरदेखि २ नं. वडाको जमुनी गाउँको सिमानासम्म करिब २ किलोमिटर कुलोको दुबै साईडमा पानी जाने नाली र बिचमा सडक बनाउनको लागि उक्त प्रक्रिया अगाडी बढाइएको छ । दुबै साईडमा नाली निर्माण गरी सिचाईका लागि दुबै साईडका किसानको खेतमा सहज रुपमा पानी लाग्ने र खेती किसानी गर्न स्थानीय किसानहरुलाई सहज हुने स्थानीय नरेश यादवको भनाई छ । कुलोसंगै बाटो बनेपछि दुई किलोमिटर घुमेर गोब्रेपुरको गाउँको बिद्यालयमा पढ्न जाने बिद्यार्थीहरुलाई पनि उक्त बाटो प्रयोग गरेर जान छोटो र सजिलो हुने स्थानीय यादवको भनाई छ ।

Advertisement

 

 

अहिले एलानी टोल, प्रगति टोलका बिद्यार्थीहरु करिब २ किलोमिटर घुमाउरो बाटो प्रयोग गरेर बिद्यालय जाने गरेकाछन् । कृषिमा आधुनिकिकरण भएसंगै अहिले टेक्टर, थ्रेसर, रोटावेटरबाट खेती हुने गरेको छ । तर सबैको खेत खेतमा जाने बाटो नहुदां स्थानीयहरु खेतीकिसानी गर्दा धेरै समस्या भोग्दै आएकाछन् । बाटोसंगै सडक बनेमा करिब एक हजार स्थानीय किसानलाई खेतीकिसानी गर्न सहज हुने अर्को स्थानीय तेजराम थारुले बताए । नक्सा अनुसार कुलो ६ मिटर देखि १२ मिटरसम्म चौडाई रहेको छ । तर अहिले स्थानीयहरुबाट अतिक्रमण भै २ देखि ४ मिटर चौडाई मात्रै रहेको छ । कुलोबाट बढैयाताल र बबई सिचाई आयोजनाको पानी आपुर्ति गरी किसानहरु खेती सिचाईका लागि प्रयोग गरिरहेकाछन् । उक्त कुलोको क्षेत्रमा बिचमा बाटो सहित दुबै साईडमा कुलो बनाउनका लागि स्थानीयहरु लामो समयदेखि माग गर्दै आएकाछन् । तर कुलो अतिक्रमण गरेका किसानहरुको अवरोधका कारण कुलो सहितको बाटो निर्माण हुन नसकेको सटपतिया गाउँका बरघर शिवनाथ थारुले बताए । उक्त बिवाद समाधानका लागि २०७४ सालमा २ पटक बिवाद समाधान गर्न र बाटो सहितको कुलो निकाल्नका लागि समिति समेत गठन गरिएको थियो । तर समितिले समस्या समाधान गर्न सकेन । कुलोको क्षेत्रमा करिब ३ सय मिटर क्षेत्रफल दुरीसम्म केही स्थानीयहरुहरु आँप, सागवान, र क्लाप्टिसको बिरुवा लगाएका छन् । उक्त कुलोको बिवाद समाधानका लागि प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्रले सहजीकरण गरिरहेको छ । बिवाद समाधानका लागि प्रक्रिया प्रस्ताव पारित भैसकेकाले अब माकुरा समुहले बिवादित पक्षसंग छलफल गरेर साझा सवाल धारणा संकलन गर्ने प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र बर्दिया जिल्ला संयोजक मजिउल्ला खाँले बताए । केन्द्रले बिगतमा सतपटिया गाउँको मानखोला किनार बगरमा रहेको सुमेरी महिला समुदायिक बनको बिवाद पनि समाधान गरी बन दर्ता समेत भैसकेको छ ।

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु