ईकान्तिपुर/ देउखुरी, दाङ — राप्ती उपत्यकालाई लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा गरेपछि स्थानीय नारायण केसीले अर्घाखाँची सातमारामा सुविधासम्पन्न होटल सञ्चालन गरेका छन् । राजधानीले अवसरका ढोका खुलेको भन्दै उनले एक करोड रुपैयाँ लगानीमा आरामदायी १६ कोठा भएको सूर्य होटल सञ्चालन गरेको बताए ।   प्रदेश संसद् चलेका बेला सांसद होटल बुकिङ गरेरै बस्छन् । देउखुरीदेखि भालुवाङ नजिकैको […]

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० राँझास्थित सडकमा रोकी राखेको भे १ त ३२३० नम्बरको ट्याक्टरमा जडित धानको थ्रेसरमा भे ९ प ६०१ नम्बरको मोटरसाइकल ठोक्किँदा चालक नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ त्रिभुवन चोकका ४० वर्षीय विनोदकुमार वाल्मिकीको मृत्यु भएको छ । बिहीबार राति दुर्घटनामा परेर घाइते भएका वाल्मिकीलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज […]

रासस/ इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवं प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते भएका छन्। कोहलपुर–२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका डिएसपी तिवारीमाथि थापाले चक्कुको झटारो हानेका थिए। चक्कु लागेपछि डिएसपी तिवारी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी […]

  १० कात्तिक, काठमाडौं । थारु आयोगले सरकारलाई ५ बुँदे सिफारिस गरेको छ । कम्लहरी प्रथा उन्मूलनको १० वर्ष बितिसक्दा पनि अधिकांशले परिचयपत्र पाउन नसकेको, अभिभावक विहीन कम्लहरी अलपत्र परेको, हिंसा पीडितहरुले न्याय पाउन नसकेको भन्दै थारु आयोगले सरकारलाई ५ बुँदे सिफारिस गरेको हो ।   ‘थारू समुदायमा रहेको गरिबी, अशिक्षा, बेरोजगारी हटाई मर्यादित जीवन […]

  काठमाडौ । त्रिदेशीय टी-२० सिरिजमा नेपाल र युएईबीच आज फाइनल खेल हुने भएको छ। शुक्रबार बिहान ११ बजेदेखि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र युएईबीच फाइनल हुन लागेको हो। नेपाल, युएई र हङकङबीच नेपालमा जारी सिरिजबाट हङकङ बाहिरिसकेको छ। नेपालले यस सिरिजमा लगातार चार वटा खेल जितिसकेको छ। युएईमाथि दुई र हङकङमाथि दुई जित […]

२०८० कार्तिक १० गते (शुक्रबार) दिउँसो ː देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती : देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा […]

  २०८०रासस/काठमाडौँ — आश्विन शुक्ल पूर्णिमामा कार्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए । राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका […]

नेपालगन्ज — बाँके र बर्दियामा दुर्गाको मूर्ती शान्तिपूर्वक विसर्जन गरिएको छ । मुर्ति बिसर्जन गर्ने क्रममा ब्यापक सुरक्षा तैनाथ गरिएको थियो ।   मूर्ति बिसर्जन गर्नुपहिले नगर परिक्रमा गरी बाँकेको राप्ती नदी तथा मानखोलामा र बर्दियाको भादा नदिमा विसर्जन गरिएको छ । बाँकेको कम्दीघाटमा रहेको राप्ती नदीमा दसैंमा स्थापना गरिएका करिब ४ सय भन्दा बढी […]

नेपालगन्ज । जिल्ला प्रशासन कार्यलय बाँकेले आज बुधबार मध्यरातसम्म मदिराजन्य पदार्थ किनबेच र प्रयोगमा रोक लगाइएको छ। आज देवीको मूर्ति बिसर्जन गरिने हुँदा धार्मिक सद्भाव नखल्बलियोस् भन्दै मदिरा किनबेच र प्रयोगमा रोक लगाइएको हो। ‘यही मिति २०८० कात्तिक ८ गते बुधवारका दिन यस जिल्लाका विभिन्न स्थानबाट दुर्गा भवानीको मूर्ति पवित्र जलकुण्ड/नदी घाटहरूमा विसर्जन र्‍याली सञ्चालन […]

कात्तिक, काठमाडौं । आज एकादशीका दिन पनि दशैंको टीका र जमरा लगाउने क्रम जारी छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैं पर्व भव्यरूपमा मनाउँछन् । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैं घर […]