खजुरा (बाँके), असार १६ गते । नेपालगन्ज उपमहानगरपालिकाले ‘हाम्रो नेपालगन्ज’ स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । स्थानीय आवश्यकता र प्राथमिकताका विषयवस्तु समावेश गरी बनाइएको पाठ्यक्रम चालु शैक्षिकसत्रदेखि कार्यान्वयनमा ल्याइएको हो । नेपालगन्जको स्थानीय भाषा, कला, संस्कृति, उद्योग, व्यवसाय, पर्यटन, वातावरण, धार्मिकस्थल, गौरवमय स्तम्भलगायत विषयवस्तु पाठ्यक्रममा समेटिएको उपमहानगरका शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा […]
नेपालगन्ज/रासस । नेपालगन्ज उपमहानगरपालिकाले आवासीय घर बीमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको छ । विपद् जोखिमसम्बन्धी कार्यविधि २०८० बनाएको उपमहानगरपालिकाले विपद्पछिको पीडा कम गर्न आवासीय घर बीमाले काम गर्ने जनाएको छ । नगर प्रमुख प्रशान्त विष्टले विपदको शक्तिशाली औजार बीमा भएको उल्लेख गर्दै केही सातामा नै बीमाको काम सक्ने गरी काम भइरहेको बताउनुभयो । उपमहानगरपालिकाका विपद् व्यवस्थापन […]
२०८१ असार १६ गते (आइतबार) दिउँसोː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा अनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना […]
नेपालगन्ज, असार १६ गते । उद्योगमा रहेका ढुङ्गा, गिट्टी र बालुवाको मौज्दात प्रमाणित गराउन अटेरी गर्ने राप्तीसोनारी गाउँपालिका क्षेत्रभित्र सञ्चालित क्रसर उद्योगलाई मौज्दात प्रमाणित गर्न तेस्रो पटक पत्र काटेर ताकिता गरिएको छ । यसअघि दुई पटक पत्र काटेर उद्योगमा रहेका ढुङ्गा, गिट्टी र बालुवाको मौज्दात प्रमाणित गराउन जानकारी गराउँदा उद्योगहरूले मौज्दात प्रमाणित नगराई अटेरी गरेकाले […]
२०८१ असार १५ गते (शनिबार) दिउँसोː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि […]
तम्घास,असार १५ गते । गुल्मीमा पहिरोले एकै घरका पाँच जना पुरिएका छन् । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ अर्जै ठाँटीमा दुई तले घरमा पाँच जना पुरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पाँच जना मध्ये एक जना वृद्धको शव निकालिएको र जिल्लाबाट प्रहरी निरीक्षकको कमान्डमा ११ जनाको टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी […]
नेपालगन्ज, असार १४ गते । बाँकेको सबैभन्दा दुर्गम र पिछडिएको मानिने नरैनापुर गाउँपालिकाको आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । गाउँपालिकाको सोमबार बसेको १५औँ गाउँसभामा विपक्षी दल नेपाली काँग्रेसले विरोध सुरु गरेपछि आर्थिक विधियेक, नीति तथा कार्यक्रम प्रस्तुत नभएर स्थगित भएको सभा बिहिबार पुन सञ्चालन गरेर नीति तथा कार्यक्रम […]
हाल मौसमको अवस्था कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारण देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।साथै मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ। […]
नेपालगन्ज, असार १४ गते । बाँकेको नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा वन क्षेत्र अतिक्रमण गरी बनाइएका २७ वटा घरटहरा हटाइएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । सो कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षमा नरैनापुर र राप्तीसोनारीमा चार हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमण गरी बनाइएका २७ घरटहरा हटाइएको छ । डिभिजन वन कार्यालयका अधिकृत अजितकुमार कर्णले […]
नेपालगन्ज । बाँके प्रहरीले बुद्धको मुर्तिसहित तीन जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो ३ बजेको समयमा बाँके राप्तिसोनारी गाउँपालिका वडा न. ८ ढकेरी शम्सेरगंज स्थित सडकखण्डमा शंकास्पद रुपमा रहेका व्यक्तिलाई चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन । पक्राउ पर्नेमा जिल्ला रुपन्देही तिलोतमा वडा नं। ११ बस्ने बर्ष ५० को खिम बहादुर कुवर, बर्ष […]










