बाँके/रासस । बाँके जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दी तथा थुनुवाले पनि स्वअध्ययन गरिरहेका छन् । कारागारमा रहेका एक सय पाँच कैदीबन्दीले स्वअध्ययन गरिरहेका कारागार प्रशासन नेपालगञ्जले जनाएको छ । सङ्घीय सरकारले तोकको मापदण्ड र पाठ्यक्रमअनुसार कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि स्नातकोत्तर तहसम्म सम्बन्धित विश्वविद्यालयबाट परीक्षा दिने गरी कैदीबन्दी तथा थुनुवाले […]
नेपालगञ्ज (बाँके) रासस — बाँकेको नरैनापुर गाउँपालिकामा १ जनालाई जापनिज इन्सेफ्लाइटिस भएको छ । नरैनापुर–१ मतहनियाका नौ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. प्रतिमा खड्काले जानकारी दिइन् । बिरामीको एक सातासम्म अस्पतालको ‘आइसीयू’मा उपचार भएको र अहिले ती बालिकाकाको अवस्था सामान्य भएको डा. खड्काले बताइन् । ‘प्रयोगशाला परीक्षणमा बालिकालाई जापनिज […]
काठमाडौँ । किर्ते मुद्दामा दोषी ठहर भई कारागार चलान भएका लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी रिहा भएका छन् । सोमबार केसी कानुन अनुसार कैदको सट्टामा रकम तिरेर रिहा भएको हुन् । उनले फौजदारी अपराध कार्यबिधि संहिता २०७४ को दफा १५५ को सुविधा अनुसार १ वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु […]
बर्दिया- बर्दिया जिल्लाको नेतृत्व सम्हालिरहेकी छन्, रुद्रादेवी शर्माले । ०७६ बाट नै उनको प्रजिअको यात्रा रोकिएको छैन । रामेछाप, गुल्मी, भक्तपुर, काभ्रेपलाञ्चोक हुँदै उनको ५ औं जिल्लाका रूपमा कार्यभार सम्हाल्न बर्दिया पुगेकी हुन् । प्रजिअका रूपमा ३ महिना पुग्नै लाग्दा अन्य जिल्लामा भन्दा बर्दिया चुनौती धेरै रहेको उनले महसुस गरेकी छन् । राष्ट्रिय निकुञ्ज भएकाले मानव र जनावारबीचको द्वन्द्व, […]
काठमाडौं/रासस- काठमाडौंबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘डाइभर्ट’ गराइएको छ। विमानस्थलबाट उडेको केही मिनेटमा विमानको ‘इण्डिकेटर’मा समस्या देखिएपछि विमानलाई ‘डाइभर्ट’ गरिएको हो। विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण नभई ‘डाइभर्ट’ भएको हो। ‘काठमाडौंबाट सुर्खेतका लागि आज बिहान उडेको उक्त विमान ३० नटिकल माइल […]
बाँके/रासस । बाँकेको ग्रामीण क्षेत्रमा रहेका धार्मिक पर्यटकीयस्थल पूर्वाधारविहीन छन् । ती स्थलहरूमा सडक, विद्युत् र खानेपानीको व्यवस्था हुन सकेको छैन । बाँकेका ग्रामीण क्षेत्रमा रहेका सन्तानेश्वर, बावा बर्फानी, भुवर भवानी लगायतका पर्यटकीय क्षेत्रमा दैनिक सर्वसाधारणको भीड लाग्ने गरेको छ । नेपालगञ्जको बागेश्वरी मन्दिरमा प्रत्येक सोमबार हुने महाआरतीमा पनि भीड लाग्ने गर्छ । नरैनापुर गाउँपालिकास्थित […]
बुटवल । लुम्बिनी प्रदेश सभाका सांसद धनबहादुर केसी कारागार चलान भएका छन् । यसअघि फरार सूचीमा रहेका उनी आफैं अदालतमा उपस्थित भएपछि जेल चलन भएका हुन् । अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार पठाएको छ । सरकारी कागज किर्ते अभियोगमा उनलाई अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । […]
काठमाडौँ । नेपाल प्रहरीले बाँके र चितवनबाट अवैध लागूऔषध सहित तीन जना पक्राउ गरेको छ । जसमा बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ३० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ९ ट्याब्लेट सहित सुर्खेत गुर्भाकोट नगरपालिका-१२ बस्ने २५ वर्षीय सन्तोष सुनारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका […]
रासस/काँक्रेविहार (सुर्खेत) । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पुरिएका छन् । वडाध्यक्ष डम्बरबहादुर महताराका अनुसार उनीहरूको उद्धारक प्रयास भइरहेको छ । तर, सफल नभएको उनले बताए । चलाउनेकी छोरी ११ वर्षीया छोरी सम्झनाको भने घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्याइएको वडाध्यक्ष महताराले […]
कैलाली। पश्चिम तराईका थारू समुदायमा आज अटवारी पर्व मनाइँदैछ । यो पर्व आइतबार मनाइने हुनाले ‘अटवारी’ भनिएको हो । महाभारतकालमा पञ्चपाण्डवमध्येका भीमले वनवासका बेला प्रदर्शन गरेको बहादुरीको स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन सुरु भएको घोडाघोडी नगरपालिकाका प्रमुख भलमन्सा बुधराम चौधरीले जानकारी दिनुभयो । अटवारी पर्व भाद्र कृष्ण अष्टमीपछिको दोस्रो आइतबारका दिन मनाइन्छ […]












