आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश,बागमती प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भाग र लुम्बिनी प्रदेशका तराइका भू-भागका एक-दुई स्थानम भारी वर्षाको सम्भावना रहेको छ। आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश […]

  नेपालगन्ज- बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका ३ सिनाबास फर्किने क्रममा ४५ वर्षीया लक्ष्मी थारुको शव बाघले खाएको अवस्थामा फेला परेको छ । स्थानीयका अनुसार माथेबास मदुईस्थित आफन्तको घरमा गएकी लक्ष्मी थारु आइतबारबाट बेपत्ता भएकी थिईन । उनको खोजि गर्दालसोमवार जनमुखी सामुदायिक वनको ५० मिटर पर बाघले खाएको अवस्थामा शव भेटिएको हो । दुवै खुट्टा […]

गुलरिया(बर्दिया) भदौ ३१ गते । बर्दियामा देशका विभिन्न कारागारबाट फरार भएका सात जना कैदीलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । जेनजीको आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीहरूलाई विशेष सूचनाको आधारमा बर्दिया प्रहरीले पक्राउ गरेको हो । कारागारबाट भागेपछि कोही बर्दिया घरमा आएका, आफन्तीकोमा लुक्न आएका र भारततर्फ भाग्दै गरेका कैदीहरूलाई बर्दिया प्रहरीले पक्राउ गरेको हो । […]

३१ भदौ, काठमाडौं । भारतको हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका-४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन् । दुर्घटनामा नवराज […]

    काठमाडौँ/रासस — हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी ‘बुलेटिन’का अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनुका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थान र […]

बाँके, ३० भदौ- कोहलपुर नगरपालिका-२ सालको बुटा नजिकैबाट स्रोत नखुलेको नगद ७ लाख ६६ हजार रूपैयाँ सहित ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदो बस्ने २६ वर्षीय ऋषिकेश मिश्रा रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट […]

  भैरहवा (रूपन्देही), भदौ ३० गते । भैरहवा र यसका आसपासका क्षेत्रमा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । लगातारको झरीले सहरका विभिन्न भाग डुबानमा परेपछि स्थानीय बासिन्दालाई आवतजावतमा कठिनाइ भएको छ । विशेषगरी भैरहवाका वडा नम्बर ३ को खजहना, वडा नम्बर ६ को भैया टोल र बैँकरोड क्षेत्रमा पानी जमेको छ […]

नेपालगन्ज, भदौ ३० गते । यहाँस्थित नेपाल भारत सीमा नाका पूर्ण रुपमा सञ्चालनमा आएको छ । केही दिन बन्द रहेको नाका सोमबारदेखि पूर्ण रुपमा खुलेको हो । जेनजी प्रदर्शनका कारण केही दिन बन्द गरिएको र पछि आंशिक रुपमा सञ्चालन गरिएको नेपाल भारत जमुनाहा सीमानाका आजबाट पूर्ण रुपमा खुलेको दुबै देशका सुरक्षा अधिकारीहरुले जनाएका छन् । […]

  गनी अन्सारी/बीबीसी –  ‘जेन जी’ आन्दोलनसँगै देशभरिका विभिन्न कारागारबाट भागेका सबै कैदीबन्दीहरू नफर्केमा विशेष सुरक्षा कारबाहीमार्फत् उनीहरूलाई फर्काइने एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताएका छन्। कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार आइतवार रातिसम्म अझै ११ हजार कैदीबन्दी फरार अवस्थामा रहेका पाइएको छ। विभागले फर्कन अथवा सम्पर्कमा आउन शुक्रवार आग्रह गरेयता कतिपय कैदीबन्दी फर्कन थालेका […]

काठमाडौँ । २०८२ भाद्र ३० गते (सोमबार) आज दिउँसो  देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै तथा तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा कोशी प्रदेश र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। गण्डकी […]