काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता रबिन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा थप १५ दिन हिरासतमा बस्नु पर्ने भएको छ ।   काठमाडौं जिल्ला अदालतले राप्रपाका नेताहरू मिश्र र राणलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । आज सो म्याद थप भएको हो । यही चैत १५ […]

  गुलरिया— बर्दियाको गुलरिया नगरपालिका–४ बेलौली गाउँमा चर्को आवाजमा डिजे बजाएर नाचगान गर्र्ने एक युवाको समूहले प्रहरीमाथि आक्रमण गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । स्थानीयको गुनासोपछि बेलौली पुगेको प्रहरी टोलीले युवाहरुलाई सम्झाउन खोज्दा उनीहरु आक्रमण उत्रिएको बर्दिया प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी सेनामुखी प्रहरी चौकीबाट खटिएका एक हवल्दार र प्रहरी जवानले उनीहरुलाई […]

कोहलपुर (बाँके), चैत २६ गते । बाँकेका कतिपय स्थानीय तहमा आगलागी भयो भने तत्काल आगो निभाउन सकिने अवस्था छैन । बाँकेका आठ स्थानीय तहमध्ये पाँच वटा स्थानीय तह दमकलविहीन छन् । बाँकेमा तीन वटा स्थानीय तहसंग मात्रै दमकल छ । जस अनुसार नेपालगन्ज उपमहानगरपालिकामा तीन, कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा एक/एक वटा दमकल छ । यस्तै नेपालगन्ज विमानस्थालमा दुई […]

  मर्चवार/रासस — रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढिया मोडमा सोमबार साँझ लु१च २७६३ नम्बरको भ्यान पल्टिँदा गैँडहवा गाउँपालिका–१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको […]

काठमाडौँ —नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ ।   विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको थियो । विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य विसं २०४६ चैत २६ गते भएको थियो । […]

  लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले सिँचाइ पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । प्रदेश सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ४०३ वटा सिँचाइ बाँध तथा मुहान निर्माण सम्पन्न भइसकेका छन् । ती सिँचाइ आयोजनामा पक्की नहर तथा कुलो निर्माणतर्फ पनि उल्लेखनीय प्रगति देखिएको छ । हालसम्म ८३२ किलोमिटर पक्की […]

  काठमाडौं । जनमत र नागरिक उन्मुक्ति (नाउपा) एकताका लागि दुवै दलले विधान प्रतिस्थापन समिति गठन गरेका छन् । जनमत र नाउपाबाट ३/३ जना हुने गरी प्रतिस्थापन समिति बनाइएको छ । जनमतबाट संयोजक कमल चुडाल हुने गरी शैलेन्द्र अम्बेडकर र अरविन्दकुमार सिंह सदस्य तोकिएको छ । नाउपाबाट संयोजक दामोदर पण्डित, सरोज बुढाथोकी र गीता चौधरी […]

  भैरहवा, २५ चैत । रबि लामिछाने अन्ततः कारागार चलान भएका छन् ।   जिल्ला प्रहरी कार्यालयले अदालति प्रकिया पुरा गरे पछि उनी पुर्पक्षका लागि जेल चलान भएका हुन ।   अब कम्तिमा मुद्दा नटुंगिएसम्म उनी भैरहवास्थित जेलको ब्लक नम्बर ४ मा रहनेछन्, जहाँ उनी एक्लै जस्तै हुनेछन् ।   जिल्ला कारागारका प्रशासक सुरेश भण्डारीका […]

  काठमाडौँ । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनअन्तर्गत उपत्यका बाहिरका सबै मतपेटिका काठमाडौँ आइपुगेको छ । निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाका अनुसार आइतबार मध्यरातिसम्म सबै मतपेटिका काठमाडौँ आइपुगेको हो । मतगणनाका लागि अहिले सबै पक्षसँग बैठक बसिरहेको जानकारी उनले दिए । बैठक सम्पन्न भएसँगै दिउँसो १२ बजेदेखि मतगणनाको तयारी […]

भैरहवा/ईकान्तिपुर — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई अहिले केही बेरमा रुपन्देही जिल्ला अदालतमा पेस गरिँदैछ । उनलाई अदालत लैजानुअघि सदरमुकाम भैरहवाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्ला प्रहरीबाट अदालत जाने बाटो र अदालत परिसर आसपास नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ छन् । जिल्ला प्रहरी प्रवक्ता […]