१९ असार २०८१, बुधबार/ बर्दिया पदनाका करण परियारको दैनिकी बदलिएको छ । सानैदेखि सङ्गीतमा रुचि राख्ने करणले काठमाडौँमा कार्पेट बोक्दाबोक्दै नेपाल आइडल सिजन–५ मा अडिसन दिन पुग्नुभएको थियो । कार्पेट बोक्ने दैनिकसँग जुध्दै नेपाल आइडलको शीर्ष विजेता बनेपछि भेटघाट, रेकर्डिङ, सेल्फीमा दिन बदलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट गिटार उपहार पाउनुलाई जीवनकै अविस्मरणीय क्षण मान्ने करणले […]
काठमाडौँ, असार १९ गते । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको आज (बुधबार) देखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो । समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको रु २३ बाट बढेर रु २६ पुगेको छ । न्यू शक्ति नून एक किलोको […]
बाँके/ कोहलपुर नगरपालिका-१३ भरैया बस्ने ४५ वर्षीया प्रेमा थारूको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा रहेको विद्युतीय मोटरबाट करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२०८१ असार १८ गते (मंगलबार) दिउँसोː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशैभरका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी […]
काठमाडौँ, असार १८ गते । सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सत्ता समीकरणका लागि सहमति गरेका छन् । गए राति दुई दलबीच संविधान संशोधनलगायत कार्यसूची (एजेण्डा)सहित सहमतिको नयाँ सरकार बनाउन सहमति भएको कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो । ती दुई दलबीचमा सहमति भएको भनिएको सहमतिको खाका सार्वजनिक […]
काठमाडौं । रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीले पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी जम्मा सात जनाको मृत्यु भएको पुष्टि भएको जानकारी दिए । लिवाङ जिल्ला अस्पतालमै रहेका प्रमुख जिल्ला अधिकारी रायमाझीले अनलाइनखबरसँग भने, ‘कुल १५ जना यात्रुहरुमध्ये सात जनाको मृत्यु भएको छ । […]
नेपालगन्ज, १७ असार २०८१ बाँकेको खजुरा गाउँपालिकाले २ सय जना युवालाई बिभिन्न सिपमुलक तालिम प्रदान गरी प्रमाणपत्र बितरण गरेको छ । सोमबार समाजिक बिकास शाखा प्रमुख कृष्ण कुमारी पोखरेलको अध्यक्षतामा कार्यक्रम गरी गाउँपालिकाले प्लाम्बर, कुक तथा खाजा नस्ता, टायल र मार्बल फिक्चर र मोटर साईकल मर्मत गर्ने तालिम प्रदान गरि प्रमाणपत्र बितरण गरिएको छ । […]
बर्दिया/ बढैयाताल गाउँपालिका-१ ठुलो डांफे बस्ने शेर बहादुर सुनारकी छोरी १८ महिनाकी गोमा सुनारको आफ्नै घर नजिक रहेको नालाको पानीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । पेट्रोल, डिजेल र मटितेलको मूल्य बढेको छ । नेपाल आयल निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटरमा दुई रुपियाँ र डिजेल/मटितेल लिटरमा पाँच रुपियाँ मूल्य बढाएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १६७ र डिजेल/मटितेल १५७ रुपियाँ पुगेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले आइतबार पठाएको नयाँ मूल्य अनुसार पेट्रोल लिटरमा दुई […]
कैलाली । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ मन्त्री बन्ने तयारीमा रहेका बेला पार्टीको संसदीय दलको नेता हेरफेर भएको छ । केन्द्रीय अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले गङ्गा चौधरीलाई दलको नेता चयन गरेपछि पार्टीमा फेरि तरंग पैदा भएको छ। चौधरी यसअघि प्रमुख सचेतक थिए । प्रमुख सचेतक रहेका चौधरीलाई दलको […]












