काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च रहेको बताएका छन्। सोमबार प्राधिकरणमा आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन्। नेपालमा यस वर्षको मनसुन औसतभन्दा फरक ढाँचामा सक्रिय भइरहेकाले बाँकी अवधिमा पनि भारी वर्षा र विपद्को जोखिम कायमै रहेको उनले […]

  कैलाली । सुदूरपश्चिम प्रदेशमा ‘वल्के’ र ‘गुरही’ पर्वको चहलपहल सुरु भएको छ । भदौ सङ्क्रान्ति अर्थात भदौ १ गतेका दिन मनाइने वल्के पर्व भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ । सङ्क्रान्तिका दिन मनाइने यो पर्वको तयारी आइतबार नै पूरा भइसकेको थियो । सामग्री किनमेल, विभिन्न थरीका पकवान पकाउने काम आइतबारदेखि नै सुरु भएको छ […]

काठमाडौं । जाजरकोटमा लगातार पहिरो गईरहेको र सर्वसाधारणहरुले ज्यान गुमाउने घटना दोहोरिएको भन्दै सरकारले पहिरो प्रभावित क्षेत्रमा प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने भएको छ । सरकारले पहिरो विपद्को सम्भावना पहिचान गर्न अध्ययन गर्ने जनाएको छ । मनसुन प्रतिकार्य कमान्ड पोस्टको आइतबार बसेको बैठकले रोल्पाको थवाङ गाउँपालिका र सुनछहरी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका, जाजरकोटको भेरी नगरपालिका र […]

  काठमाडौं । नेपाल सरकारसँग भएको ७ बुँदे सहमति सकारात्मक भएको लघुवित्त तथा वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन नेपालले जनाएको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले सहमति कार्यान्वयन नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएको छ । संयुक्त जनअधिकार मोर्चाका केन्द्रीय अध्यक्ष निर्ग नविनले सहमति सकारात्मक भए पनि सरकारले […]

  सुर्खेत/ईकान्तिपुर — जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोका कारण विभिन्न बस्तीमा करिब १५० जना फसेका छन्। प्रदेश प्रहरी कार्यालयका एसएसपी सन्तोषसिंह राठौरका अनुसार पालडाँडा, च्याउमुडा, चिसापानी, राउत एरिया, नेटा र झ्यालखेतलगायत क्षेत्रमा रहेका करिब १५० जना पहिरोका कारण फसेका हुन्। उनीहरूसँग सुरक्षाकर्मीले फोनमार्फत सम्पर्क गरिरहेको उनले बताए। ‘उनीहरू अहिले जहाँ छन्, त्यहीँ सुरक्षित अवस्थामा […]

  जाजरकोट । जाजरकोटको भेरी नगरपालिका(२ फारुल्लामा शनिबार खसेको पहिरोमा परी बेपत्ता भएका रती खत्री र उनका छोरा ५४ वर्षीया ओमसिंह खत्री मृत फेला परेका छन् ।   पहिरोमा पुरिएको अवस्थामा उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले आइतबार बिहान उनीहरूको शव फेला पारेको हो । पहिरोमा परी ७० वर्षीय भीमबहादुर कार्की बेपत्ता छिन् । ५२ वर्षीया केदार […]

  म्याग्दी । जिल्लामा सम्बन्ध विच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ । पारिवारिक बेमेलभन्दा पनि ‘डिपेन्डेन भिसा’मा विदेश जाने उद्देश्यले सम्बन्ध विच्छेद गर्ने चलन बढेको हो । अदालतमा गत आर्थिक वर्ष २०८२/०८३ मा दर्ता भएका ५९१ मध्य ३४५ अथवा ५८ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका छन् । जिल्ला अदालतका श्रेष्तेदार जगतबहादुर भण्डारीले गत आर्थिक वर्षमा […]

काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले उपभोग गर्दै आएको जग्गाको नापजाँच गर्ने भएका छन् । दुई देशबिच एकअर्काले भोगचलन गर्दै आएको जग्गाको छानबिन गर्ने सहमति भएको हो । यसअघि, प्रधानमन्त्री बालेन्द्र शाहले भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी […]

  काठमाडौँ — मनसुन लागेसँगै बाढी, पहिरो र डुबानको चर्चा धेरै हुन्छ । तर नेपालमा यस वर्ष मनसुनी विपद्‌मध्ये सबैभन्दा धेरै ज्यान भने सर्पदंशले लिएको छ । खेतबारीमा काम गर्ने किसान, घाँस–दाउरा संकलन गर्न जाने महिला, घरभित्र सुतेका बालबालिका वा राति शौचका लागि बाहिर निस्किएका सर्वसाधारण यसको जोखिमबाट सुरक्षित छैनन् । वर्षायामसँगै तराई–मधेशका बस्तीमा सर्पदंशको […]

    रोल्पा। रोल्पाको पूर्वी क्षेत्रमा पहिरोले ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ । थबाङ गाउँपालिका र सुनछहरी गाउँपालिका शोकमा छन् । गत २७ गते बुधबार थबाङ गाउँपालिका -५ कोटलबारामा पहिरोले एउटा बस्ती नै बगायो । पहिरोमा परेर ११ जनाको मृत्यु भएको छ । दुई जना अझै बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ […]