बर्दिया । बर्दियामा गत वर्षभन्दा यस वर्ष सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८०/८१ मा बर्दियामा कुल ८० वटा दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको थियो भने ९९ जना सवारी दुर्घटनामा परी घाइते भएका थिए । यस आवको फागुन मसान्तसम्मको तथ्याङ्कलाई हेर्ने हो भने […]
बबई (बर्दिया), चैत १३ गते । नेपालमा विभिन्न बहानामा निर्माण व्यवसायीहरुले काममा ढिला सुस्ती गर्ने र समयमा काम सम्पन्न नगर्दा त्यसको सास्ती स्थानीयले बेहोर्नु पर्दछ, तर बर्दियाको एउटा यस्तो आयोजना जसले देशभरका निर्माण व्यवसायीलाई पाठ सिकाउन सफल भएकोे छ । बर्दियाको बहुप्रतिष्ठित आयोजनाका रुपमा हेरिएको गुलरिया नेपालगन्ज सडक आयोजना समयभन्दा अगावै निर्माण सम्पन्न हुने […]
काठमाडौं, १३ चैत । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू- भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ । कोशी […]
नेपालगन्ज। बाँकेको नरैनापुर गाउँपालिकामा मंगलबार दिउँसो भएको आगलागीमा १७ घरगोठ जलेर नष्ट भएका छन्। नरैनापुर गाउँपालिका–४ जयरामपुर्वामा मंगलबार दिउँसो ३ बजेबाट सुरु भएको आगलागीबाट १७ वटा घरगोठ जलेर नष्ट भएको सशस्त्र प्रहरी नायब उपरीक्षक गजेन्द्र चन्दले जानकारी दिनुभयो। दिउँसो जुमाई खाँको घरबाट लागेको आगो नेपालगन्ज उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले […]
काठमाडौं । नेपाल बिधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङ हटाएकोमा असन्तुष्टी जनाउँदै काठमाडौंमा बिहानै देखी सुरू भएको प्रदर्शन जारी रहेको छ । नेकपा एस निकट अनेरास्ववियूले बिहान प्रदर्शन गरेका थिए भने अहिले स्वतन्त्र नागरिकहरूले माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन । र, नेकपा माओवादी केन्द्रका जनबर्गीय संगठनहरूले पनि घिसिङलाइ हटाएकोमा बिरोध गरिरहेका छन् । साे क्रममा […]
बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका–११, बेलभारकी देवमैया थारू यतिबेला उमेरले २५ वर्ष पुग्नुभयो । सानै उमेरमा बुवाको अनुहारसमेत राम्ररी नचिनेकी देवमैया थारूका बुवा सुरेशबहादुर चौधरी तत्कालीन द्वन्द्वमा मारिनुभएको जानकारी आमाले दिएको उहाँ बताउनुहुन्छ । देशमा परिवर्तन भए पनि द्वन्द्वपीडितले भने न्याय नपाएको उहाँको गुनासो छ । त्यस्तै गेरुवा गाउँपालिकाकी अस्मिता थारू अहिले पनि बुवा फर्केर आउने आशामा हुनुहुन्छ । […]
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीले एकता गर्ने निर्णय गरेका छन् । नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ, पार्टी संरक्षक रेशम चौधरी, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतलगायत नेताले शुक्रबार र शनिबार नियमित संवाद गरेपछि पार्टी एकतालाई अन्तिम रूप दिएको हो । अध्यक्ष श्रेष्ठले नाउपा र जनमत पार्टीबिच एकता गर्ने निर्णय भएपछि कार्यदल […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरका कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने धम्की दिएका छन्। सोमबार राति सामाजिक सञ्जालमार्फत शाहले काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत तीन महिनादेखि सरकारको दम्भले तलब नपाएको भन्दै एक हप्ताभित्र नदिए राम्रो नहुने चेतावनी दिएका हुन्। ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत तीन महिनादेखि तलब पाको छैन, सरकारको […]
दाङ। गएराति २ बजेदेखि साङ्ग्रिला प्लाई उद्योगमा सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको सो उद्योगमा लागेको आगो हालसम्म पनि नियन्त्रणमा आउन नसकेको हो । अझैसम्म पनि उद्योगमा लागेको आगलागी पूर्ण नियन्त्रणमा आउन नसकेको दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताउनुभयो । उहाँका अनुसार हाल सात वटा दमकलले […]
पर्वत – १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जलजला गाउँपालिका-९ बनौ घर भई कुश्मा नगरपालिका-६ राम मन्दिर चोक डेरा गरी बस्ने १९ वर्षीय विजय फगामी मगर रहेका छन्। उनलाई आइतबार दिउँसो पक्राउ गरिएको पर्वतका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रविन विष्टले बताए। मगरले ती बालिकालाई […]












