बीबीसी न्यूज-   अमेरिकाको विस्कन्सिन राज्यस्थित एउटा निजी क्रिश्चन विद्यालयमा एक जना विद्यार्थीले गोली चलाउँदा एक शिक्षक र एक विद्यार्थी मारिएका छन् भने ६ जना घाइते भएका छन् म्याडिसनका प्रहरी प्रमुख सन बार्न्सले हमलाकारी १५ वर्षीया किशोरी रहेको बताए। अधिकारीहरूले ती आक्रमणकारी गोली चलाउनुअघि अबन्डेन्ट लाइफ क्रिश्चन स्कुलमा उपस्थित रहेको र उनको शव घटनास्थलमा नै फेला […]

कमल शर्मा दैलेख । दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ड्रिलिङ अन्तिम चरणमा रहेको छ । खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलले चार हजार मिटर गहिराइसम्म ड्रिलिङ गर्नुपर्नेमा हालसम्म तीन हजार ६६० मिटर ड्रिलिङ भइसकेको जानकारी दिनुभयो । उहाँले जेठ महिनाबाट सुरु गरिएको ड्रिलिङ मङ्सिर मसान्तसम्म सक्ने भए पनि कडा चट्टानका कारण […]

  बिबिसी ।  “मैले धेरै घृणाका सन्देशहरू पाउँछु।” सामाजिक सञ्जालमा पोस्टहरू राखेर गत वर्ष मात्रै डेढ लाख डलर कमाएकी कन्टेन्ट क्रिएटर विन्टा जिसुले भनिन्। अन्य इन्फ्लुअन्सरहरूभन्दा विन्टा कसरी फरक छिन्? उनका पोस्टहरूमा कमेन्ट गर्ने र उनका भिडिओमा धेरै ट्राफिक ल्याउनेहरू धेरैजसो आक्रोशका कारण त्यसो गर्छन्। “घृणास्पद टिप्पणीका कारण मेरा प्रत्येक भिडिओमा १० औँ लाख ‘भ्यू’ […]

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान थालेको ८४ दिनपछि मंगलबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइएको छ । गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा गोर्खा मिडियाकै पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन बुझाइएको हो । सूर्यदर्शनकै बचत ठगी प्रकरणमा गत असोज ६ गते पूर्वडिआइजीसमेत […]

  घोराही/रासस। कपिलवस्तुको चद्रौटाबाट बर्दियातर्फ जाँदै गरेको गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउखोला बक्सकटिङ नजिकै आज बिहान लु १ ज ४२९८ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृत्यु हुनुेमा सिवराज नगरपालिका–३ का […]

  दाङ । १४ वर्षीय बालिका बलात्कारको आरोपमा सुर्खेतको सिम्ता गाउँपालिका ४ का १९ वर्षीय चन्द्रबहादुर परियार पक्राउ परेकाछन्। सल्यानकी १४ वर्षीया बालिकालाई कुपिन्डे नगरपालिका(१ सल्लिबजारमाथि गुइएखोलाको झाडीमा उनले बलात्कार गरेको आरोप पीडितल् लगाएकी छन् । परियार माथि थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौं- बर्दिया, गुलरिया नगरपालिका-६ स्थित सडकमा रोकी राखेको म.१ त १०६२ नम्बरको ट्याक्टरमा बा.६८ प ७०३६ नम्बरको स्कुटर ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा स्कुटर चालक सप्तरी रूपनी गाउँपालिका-१ घर भई गुलरिया नगरपालिका-६ बस्ने ३७ वर्षीय रामकुमार साह र सोही स्कुटरमा सवार उनकी छोरी ६ […]

बीबीसी – नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको भनिएको दुई महिनामै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट वायुसेवा कम्पनीहरूले उडान रोक्ने तयारी गरेसँगै विज्ञहरूले यो विमानस्थल निर्माणका क्रममा भएको त्रुटि औँल्याएका छन्। नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणअघि यसको दिगो सञ्चालनको पक्षबारे रणनीति बनाउन नसकेका कारण उडान प्रभावित हुने अवस्था आएको कैयौँ देशका वायुसेवामा काम गरिसकेका सेवानिवृत्त क्याप्टेन […]

नेपालगन्ज, ३० मंसिर २०८१ नेपालगन्जमा भर्मीकम्पोष्टमा आधारित प्राङ्गारिक तथा जैबिक मल उत्पादन प्रशिक्षक प्रशिक्षण तालिम आईतबार सम्पन्न भएको छ । ८ दिनसम्म सञ्चालन भएको तालिमको, नेपालगन्ज उपमहानगरपालिकाका वडा नंं ४ का अध्यक्ष तथा आर्थिक बिकास समितिका संयोजक गोपाल पुनको अध्यक्षता तथा नगर उपप्रमुख कमरुद्दीन राईको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर उप […]

  काठमाडौं —तारा एयरको टुइनअटर विमानले आज (आइतबार) देखि नेपालगन्ज–टीकापुर–नेपालगन्ज उडान सुरु गरेको छ । नेपालगन्ज विमानस्थल प्रमुख सुम्मतप्रसाद चौधरीका अनुसार, ताराको टुइनअटरले दिउसो १:२७ बजे नेपालगन्जबाट ११ जना यात्रु र ३ जना एयरलायन्सकै कर्मचारी लिएर टीकापुर पुगेको थियो । टीकापुरबाट उक्त विमानमा १६ जना यात्रु र तीन जना कर्मचारीलाई नेपालगन्ज ल्याएर आएको थियो । […]