काठमाडौं — मानव तस्करीको आरोप लागेका कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी विराटनगरबाट आइतबार पक्राउ परेका छन् । अधिकारीलाई अदालतबाट पक्राउ गर्ने अनुमति लिएपछि पक्राउ परेका हुन् ।   उनलाई जहाजबाट काठमाडौं लग्ने तयारी भईरहेको छ। मानव तस्कर गिरोहसँग मिलेमतो खुलिसक्दा पनि कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सांसद लीलाबल्लभ […]

काठमाडौँ — कक्षा ११ र १२ मा २५ वर्षअघि र त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा २३ वर्षअघि भर्ना भएर फेल भएका विद्यार्थी मौका परीक्षामा सहभागी हुन पाउने भएका छन् । कक्षा ११ र १२ मा फेल भएका २०५६ सालदेखि र स्नातक तहमा फेल भएका २०५८ सालदेखिका विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका हुन् ।   राष्ट्रिय परीक्षा बोर्डले […]

  बिबिसी- पश्चिमी पाकिस्तानको एक रेल प्रतिक्षालयमा भएको बम विस्फोटमा कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै दर्जनौँ व्यक्तिहरू घाइते भएको अधिकारीहरूले बताएका छन्। बलोचिस्तानको राजधानी क्वेटामा शनिवार बिहानमानिसहरू रेल चढ्न प्रतीक्षा गरिरहेको बेला विस्फोट भएको थियो। क्वेटाबाट पेशावर छुट्ने रेल त्यहाँ निकै लोकप्रिय छ। बलोचिस्तान लिबरेसन आर्मी नामको लडाकु समूहले विस्फोटको जिम्मा लिएको छ। प्रहरीले […]

बीबीसी न्यूज । अमेरिकी राष्ट्रपतीय चुनावअघि एक इरानी षड्यन्त्रमा गराइएको भनिएको डोनल्ड ट्रम्पको हत्या प्रयाससँग सम्बन्ध रहेको भन्दै अमेरिकी सरकारले एक अफगान नागरिकविरुद्ध अभियोग अघि बढाएको छ। अमेरिकी न्याय मन्त्रालयले ५१ वर्षीय फर्हाद शकेरीविरुद्ध शुक्रवार ट्रम्पको हत्या गर्ने “योजना उपलब्ध गराएको” आरोपमा अभियोग अघि बढाएको हो। अमेरिकी सरकारका अनुसार शकेरी पक्राउ परेका छैनन्। उनी इरानमा […]

काठमाडौँ । आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स [युएई]विरुद्व खेल्ने भएको छ । नेपालले युएईविरुद्ध उसकै भूमिमा आजको खेल खेल्न लागेको हो । उक्त खेल आज बिहान ११ः१५ बजे सुरु हुने छ । बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो । उक्त खेलमा […]

बर्दिया – देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।   कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही कोशी प्रदेशका एक दुइ स्थानमा हल्का बर्षा भइरहेको छ। शनिबार दिउँसोː कोशी प्रदेश, गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिंम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम […]

  नारायणगढ। नारायणगढ मुग्लिङ सडकको सत्रकिलोमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका थप एक घाइतेको शुक्रवार बिहान मृत्यु भएपछि सो दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको हो । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका विद्युतीय गाडीका चालक चितवन खैरहनी नगरपालिका वडा नम्बर ४ का ४० वर्षीय अनोज अधिकारीको […]

file  Photo बर्दिया । दसैं तिहार सकिएलगत्तै यहाँका हजारौ युवाहरु काम खोज्दै भारत पलायन हुन थालेका छन् । चाडपर्वमा भरिएको गाउँ फेरि सुनसान हुन थालेको छ । धान भित्रियाई सकेर दैनिक हजार बढी युवाहरु भारत गइरहेका हुन । महिला, बालवालिका र ज्येष्ट नागरिकहरुलाई घरमै छोडेर उनीहरु हरेक वर्ष यसैगरी गाउँ छोड्ने गरेका हुन । चाडपर्व […]

धनुषा/रासस — उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठपर्व सम्पन्न भएको हो ।   पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा […]

काठमाडौँ/रासस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको […]