बीबीसी । नेपालको पूर्वी भागका केही खोलानालामा फेला परेको एउटा नयाँ प्रजातिको माछा ‘मिचाहा’ प्रकृतिको भएकाले त्यसले नेपाली जलक्षेत्रको जैविक विविधता र पारिस्थितिक प्रणालीमा नकारात्मक प्रभाव पार्ने वैज्ञानिकहरूले बताएका छन्। विशेष गरी दक्षिण तथा मध्यअमेरिकामा पाइने उक्त माछा नेपालमा नयाँ हो। तर शोधकर्ताहरूका अनुसार उक्त माछा मोरङ र झापाका केही खोला फैलिन थालेको पाइएको छ। […]
काठमाडौँ /रासस— जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाउँदै ती भेगका सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ । विभागले बिहीबार साँझ विशेष बुलेटिन निकालेर कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङमा तातो हावा र तातो लहरको सम्भावना रहेको जनाउँदै […]
ताप्लेजुङ/ईकान्तिपुर —बिहीबार राति गएको पहिरोमा परी फक्ताङलुङ गाउापालिका–२ खेजेनिममा एकै घरका ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार फक्ताङलुङ गाउापालिकाका उपाध्यक्ष रविन साम्राका बुबा, कान्छी आमा र उनीहरूका दुई सन्तानको मृत्यु भएको हो । रातको समयमा गएको पहिरोले एउटा घर बगाएको र निद्रामा भएकाले उनीहरूले भाग्न […]
खजुरा, जेठ ३१ गते । बाँकेस्थित राप्ती नदीको आसपासका स्थानीयहरूले हरेक वर्षको वर्षायाममा नदीमा आउने बाढीका कारण जग्गा कटान हुने र डुबानको समस्या भोग्ने नियति जस्तै बनेको छ । हरेक वर्षको बाढीले स्थानीयको जग्गा कटान गरी बगरमा परिणत गर्ने र डुबाउने उनीहरूका लागि नियति जस्तो नै बन्ने गरेको छ । सम्बन्धित सरोकारवाला निकायबाट […]
काठमाडौँ, जेठ ३० गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीरकुमार अधिकारीले तातो हावा अर्थात् ‘लु’ को लक्षण देखिएमा बेवास्ता नगर्न आग्रह गर्नुभएको छ । पछिल्लो केही दिनदेखि देशभर तातो हावाका कारण जनजीवन प्रभावित हुँदै गएकाले उहाँले यस्तो आग्रह गर्नुभएको हो । डा.अधिकारीका अनुसार तातो हावा वा ‘लु’ का कारण मुटुको […]
नेपालगन्ज । मानिस जस्तै हात्तीले पनि अरू हात्तीलाई बोलाउन नाम राख्ने गर्छन् भन्ने खुलेको छ। अहिलेसम्म मानिसबाहेक अर्को कुनै जनावरले बोलाउन नाम राखेको थाहा भएको थिएन। हात्ती मानिसपछिको सबभन्दा बुद्धिमान प्राणीमध्ये पर्छ भन्ने मान्यतालाई यसले थप बल पुर्याएको छ। सोमबार माइकल पार्दो र अरू खोजकर्ताहरूले ‘नेचर इकोलोजी एन्ड इभोल्युसन’ जर्नलमा लेख्दै अफ्रिकाका हात्तीहरूले बोलाउन […]
बाँके/रासस। बाँकेमा चालु आर्थिक वर्षमा सबैभन्दा धेरै वन्यजन्तु उद्धार गरिएको छ । चालु आवको जेठ ११ गतेसम्म ७६ वटा वन्यजन्तु उद्धार गरिएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । सहायक वन अधिकृत नवराज शाहीका अनुसार यस वर्ष सबैभन्दा धेरै घस्रने प्रजाति अन्तर्गत पर्ने सर्पको उद्धार गरिएको छ । फेटारा, दुई मुखे, गोमन, करेत, धामन, अजिङ्गर, […]
नेपालगन्ज । देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार (माथि चित्र) आगामी केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भू-भागहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएकोले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ। तसर्थ, ती भू-भागहरूमा आगामी ३ दिन (२०८१ जेठ २९ गते देखि २०८१ जेठ ३१ गते) सम्म तातो हावा तथा तातो लहर को सम्भावना रहेको […]
नेपालगन्ज । जारकोटको बारेकोटमा बिहीबार बिहान ७ बजेर ३८ मिनेटमा ३.८ म्याग्नेच्युडको भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गत कात्तिक १७ गते जाजरकोकोटको रामीडाँडा केन्द्र गरी ५.७ म्याग्नेच्युडको भूकम्प गएको थियो। जसमा परी १५७ जनाको मृत्यु भएको थियो। ३७५ जना घाइते भएका थिए।
नेपालगन्ज, जेठ २२ गते । अत्यधिक गर्मीका कारण सुख्खा परेपछि बाँकेका किसानले धानको बिउ राख्न नपाएपछि उनीहरु चिन्तित भएका छन् । जेठ महिना सकिन लाग्दा पनि पानी नपरेपछि धानको बिउ राख्न नपाएको जनाउँदै किसानहरुले सोही कारणले यस वर्ष धान उत्पादनमा पनि कमी आउने आशङ्का व्यक्त गरेका छन् । डुडुवा गाउँपालिका ३ का किसान बिकाउ […]












