रासस/हुम्ला —हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ । शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो । शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ । हुम्लामा तेस्रो पटक हिमपात हुँदा […]

काठमाडौँ । कालिकोट जिल्लाको लाली क्षेत्रमा गए राति २३ः३१ बजे ३.७ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्र (एनईएमआरसी) का अनुसार यो भूकम्प पुस १२ गते मापन गरिएको हो। भूकम्पबाट भएको सम्भावित क्षति र प्रभावको विवरण अझै आउन बाँकी छ। केन्द्रले जनताको सुरक्षाका लागि सचेत रहन आग्रह गरेको छ।  

  बर्दिया  । मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न जनावरका आनीबानी तथा उनीहरुको रहनसहनबारे सचेतना मुलक कार्यक्रमको आवश्यकता रहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । विद्यालय तहबाटै जनावरका आनीबानी तथा उनीहरुको रहनसहनबारे नयाँ पुस्तालाई सिकाउन सके मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न सहज हुने उनीहरुले बताएका हुन । बर्दियाको मधुवन नगरपालिका वडा नं. […]

मिति २०८१ पुस १३ गते (शनिबार)  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरू र लुम्बिनी प्रदेशका केही स्थानहरुमा […]

  नेपालगञ्ज (बाँके)- बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला गरिएको छ। निकुञ्जभित्रको वनपथ वरिपरिका झाडी सफा गरेर बाघ देखिने ठाउँ पहिचान गरी सफारी खुला गरिएको निकुञ्जका सूचना अधिकारी मन्दीप पंगेनीले जानकारी दिए। निकुञ्जभित्र निजी सवारीलाई भने प्रवेश नदिइने उनले बताए। उक्त सवारीमा बढीमा १० जनाले जंगल सफारी गर्न मिल्छ भने सवारीधनीले एक पटकका लागि दुई […]

२०८१ पुष ११ गते (बिहीबार) प्रदेश समय/अवधि मौसम पूर्वानुमान काेशी प्रदेश दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेकाे छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेकाे छ । राती हिमाली क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेकाे छ । […]

  काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पश्चिम नेपालका पहाडी र हिमाली भेगमा वर्षा हुने अनुमान गरिएको छ । काठमाडौं र पोखरामा पनि छिटपुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसपछि वर्षा गराउने अर्को प्रणाली शुक्रबार आउनेछ । तर, त्यो पनि पश्चिम नेपालमा मात्र रहने […]

  काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदलीको अवस्था रहेको छ र बाँकी भु-भाग सामान्यतया सफा रहेको छ। दिउसो कोशी, बाग्मती, कर्णाली र सुदुरपश्चिमका हिमाली […]

  कञ्चनपुर । कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा आगन्तुक लक्ष्मण सारस आइपुगेका छन् । कैलालीको टीकापुर नगरपालिकाको श्रीलङ्का टापुस्थित नदीको तटीय क्षेत्रमा लक्ष्मण सारस शनिबार देखापरेका हुन् । चार वर्षदेखि निरन्तर रुपमा यो प्रजातिको सारस कर्णाली नदीको तटीय क्षेत्रमा देखापर्दै आएको नेपाल पंछी संरक्षण सङ्घ (विसिएन) का चरा विज्ञ हिरुलाल डगौराले बताउनुभयो । नेपालमा पाइने […]

  बाजुरा । बिहान गएको भूकम्पबाट भएको क्षतिको विरण सङ्कलन गर्न सुरु गरिएको छ । जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर शनिबार बिहान आएको ५ दशमलव २ रेक्टरको भूकम्पका कारण मानवीय क्षति नभए पनि सामान्यरूपमा स्थानीयहरूको घर चर्किएको निमित्त प्रमुख जिल्ला अधिकारी रूपक मण्डलले जानकारी दिनुभयो । विकट हिमाली जिल्लामा रूपमा रहेको यहाँका स्थानीय पालिकामा आवतजावतमा […]