जारी मिति: २०८१ वैशाख १३ गते बिहान ६:०० बजे मौसम विश्लेषण (Meteorological Analysis): हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था (Present Weather Status): देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। २०८१ वैशाख १३ गते (बिहीबार) दिउँसो: देशका पहाडी भू-भागमा आंशिक बदली रही […]

  खजुरा, वैशाख १२ गते । चर्को गर्मी र तातो हावाका कारण बाँके जिल्लाको नेपालगन्ज बजारको जनजीवन कष्टकर बन्दै गएको छ । दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा चल्ने गरेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय इन्चार्ज मीना शिवाकोटीका अनुसार सोमबार दिउँसो २:३० बजेको नेपालगन्जको अधिकतम तापक्रम ३८.४ डिग्री […]

रासस/ महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका अनुसार सन् २०१८ मा १६, २०२१ मा १९ वटा बाघ थिएभने २०२२ मा त्यो बढेर ३६ पुगेको थियो। निकुञ्जमा क्यामेरा ट्रयापिङ विधिबाट गरिएको गणनाअनुसार २४ वटा भाले र १७ वटा पोथी तथा विश्लेषणका आधारमा […]

नेपालगन्ज । गर्मि बढेसंगै बर्दिया जिल्लामा रहेको निकुन्ज, सामुदायिक बन र सरकारि बनको ८० स्थानमा डढेलो लागेको छ । आगलागीमा करोडौंको क्षति भएको छ । मानबिय लापरबाहीका कारण आगलागिका घटना बढेको हो । आइतबार साँझसम्म लुम्बिनी प्रदेशको ११ हजार ४ सय ४८ हेक्टर वनमा डढेलो लागेको वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालयले जनाएको छ । […]

कपिलवस्तु/ ईकान्तिपुर—बर्दिया निकुञ्जमा कुक्कु कोइली श्वेतवक्ष जुरेलीको गुँड पछ्याइरहेको छ । ग्रीष्म आगन्तुक चरा कुक्कुले आफू ओथारो नबसेर अरूको गुँडमा अन्डा पारेर बचेरा हुर्काउँछ । कुक्कुजस्तै काफल पाक्यो चराले पनि निकुञ्जकै बघौरामा चिबेको गुँड पछ्याइरहेको छ । यो चरा पनि आफू ओथारो नबसेर अरू चराकै गुँडमा अन्डा पारेर बचेरा हुर्काउँछ । दुवै चराका भालेले जुरेली र चिबेलाई जिस्काउँदै परपर […]

रासस /काठमाडौँ — हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत राष्ट्रका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने बताएको छ । महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली […]

काठमाडौँ । उद्धार केन्द्र र संरक्षित क्षेत्रको सुरक्षा घेरामा दुर्लभ पाटेबाघ धमाधम मर्न थालेका छन् । देशका विभिन्न राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रस्थित उद्धार केन्द्रमा राखिएका पाटेबाघ मर्ने क्रम जारी रहेपछि संरक्षणकारी निकायमा चिन्ता बढेको छ । उद्धार केन्द्रमा राखिएका बाघको रेखदेख राम्रो नहुँदा मर्न थालेको संरक्षणकर्मीले आरोप लगाएका छन् । पर्सा राष्ट्रिय निकुञ्जमा विगत छ महिनायता उद्धार […]

२०८१ वैशाख ०१ गते (शनिबार) दिउँसो: सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरू साथै बाँकी […]

  काठमाडौँ गते । आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ । आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । […]

खजुरा । नेपालगन्जस्थित रानीतलाउमा पालिएका माछा आन्तरिक पर्यटकको आकर्षण बन्न थालेको छ । नेपालगन्जको केन्द्रबिन्दु त्रिभुवन चोकको पूर्वपट्टी नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ स्थित रानीतलाउमा पालिएका माछा आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्न थालेको हो । रानीतलाउमा घुम्न आएका आन्तरिक पर्यटकहरु तलाउमा पालिएका माछालाई चारो हालिदिने तथा माछा हेरेर रमाउने गरेका छन् । रानीतलाउमा घुम्न आउने […]