नेपालगन्ज । साउन १ गते दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू(भागका केही स्थानमा मेघगर्जन, चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशको पहाडी भूभागका धेरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र […]

  चितवन । हालसम्म २५ जनाको ज्यान लिइसकेको कुख्यात जंगली हात्ती ‘धुर्वे’लाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले डार्ट (बेहोस बनाउने औषधि प्रयोग) गरी स्याटेलाइट प्रविधिमा आधारित अत्याधुनिक रेडियो कलर जडान गरेको छ । १० दिनको निरन्तर खोजीपछि धुर्वे फेला परेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनका अनुसार बुधबार राति करिब १० बजे सुकीभार […]

०८३ असार ३२ गते बिहीबार दिउँसोः देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशको पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रेदशको तराई भूभागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको […]

बर्दिया — मंगलबार बबई नदीमा जलस्तर बढेपछि गुलरिया नगरपालिका–१० का पाँच गाउँ उच्च जोखिममा परेका छन् । जलस्तर घट्नासाथ नदीको कटानले यस भेगका रत्नापुर, झगरुपुर, रंगीपुर, नयाँपुर र महजदिया गाउँ उच्च जोखिममा परेका छन् । साबिक बबई, भादा, ओराही नदी व्यवस्थापन कार्यालय, बर्दियाले दशगजा नजिक तटबन्ध गर्ने क्रममा भारतको अवरोधले काम रोकिएको ठाउँमा बबई नदीको […]

  काठमाडौं । वर्षा र पहिरोले जोखिम बढेको भन्दै नागढुंगा, साँगा, फर्पिङ हुँदै यात्रा गर्ने लामो दुरीका सवारी साधन बन्द गरिएको छ। वर्षाका कारण हिजो रातभर रात्रिकालीन सवारी साधनलाई यात्रा गर्न रोक लगाइएको छ । आज बिहान पनि गाडीहरु छाडिएको छैन । काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाकाहरु बन्द गरिएको छ । सवारी साधनहरु बसपार्क लगायतका […]

  २०८३ असार ३० गते (मङ्गलबार) दिउँसोः कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका […]

  काठमाडौँ । सर्पदंश, बाढी र पहिरोका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार देशका विभिन्न स्थानमा भएका ५५ वटा विपद्का घटनामा परी मानवीय क्षति भएको हो । यस अवधिमा करिब २५ लाख २५ हजार रुपैयाँ बराबरको अनुमानित आर्थिक नोक्सानी भएको […]

  काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि अहिले सतर्कता तहभन्दा तल नै रेकर्ड गरिएको छ। तर, जिल्लाका ससाना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार आज बिहानको मापन अनुसार देशका प्रमुख नदीहरू कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र […]

काठमाडौं । देशभर बादी पहिरोको कहर देखिएको छ । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार महिने शिशुको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ कर्रा खोलाको बाढीले एउटा ट्रक बगाएको छ । चालकले पौडिएर ज्यान जोगाएका छन् । राजमार्गहरु अवरुद्ध बनेका छन् । दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते दोलखाको […]

  काठमाडौँ — अविरल वर्षाका कारण कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुमवासीहरू बिचल्लीमा परेका छन् । लगातारको वर्षाले होल्डिङ सेन्टरभित्रका कोठाहरूमा पानी भरिँदा उनीहरूका सबै बन्दोबस्तीका सामान डुबेका छन् । सेन्टरमा आश्रित गिर्वाणिका थापाका अनुसार पानी घुँडाभन्दा माथिसम्म आइसकेकाले सामानहरू सुरक्षित स्थानमा सार्नसमेत पाइएको छैन ।   विपद्को यति […]