रसुवा । रसुवा जिल्लामा बुधबार बिहान करिब ९ बजे आएको आकस्मिक बाढीले टिमुरे बजारमा ठुलो क्षति पुर्याएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी दीपक रेग्मीका अनुसार टिमुरे बजारमा धेरै वटा घरहरू बगाएको छ । ‘क्षतिको यकिन विवरण आएको छैन । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालयमा १५ जना प्रहरी कार्यरत रहेकोमा हालसम्म ८ जना मात्र […]
दांग । लुम्बिनी प्रदेशमा पछिल्लो साढे दुई महिनाको अवधिमा मनसुनजन्य विपद्का कारण ८५ जनाको मृत्यु भएको छ। जेठ १८ देखि भदौ ३ गतेसम्म घटेका ९१ वटा विपद्का घटनामा १३ जना घाइते भएका छन् भने दुई जना बेपत्ता छन्। प्रदेशमा पानीमा डुबेर मात्रै ५८ जनाको ज्यान गएको छ भने पहिरोबाट २०, बाढीबाट ४ र चट्याङ लागेर […]
बर्दिया/ईकान्तिपुर— बर्दिया राष्ट्रिय निकुञ्जस्थित गोही प्रजनन् केन्द्रमा घडीयाल गोही हुर्किरहेका छन् । माउ गोहीसँग बच्चाको लुटुपुटुले पोखरीको आकर्षण बढाएको छ । यहाँ संसारकै दुर्लभ र अतिसंकटापन्न घडीयाल गोहीका डेढ महिनाका ९६ वटा बच्चा हुर्किरहेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेको दुईवटा पोखरीमा घडियाल गोहीका बच्चा खेलिरहेका देखिन्छन् । केही माछा खान सिक्दैछन्, केही बच्चा घाम […]
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बबई, पूर्वी राप्ती र पश्चिम राप्ती लगायतका प्रमुख ठुला नदीहरूमा पानीको बहाव बढ्ने जनाएको छ । आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा जलसतह सामान्य अवस्थामै छ। प्रमुख […]
बबई (बर्दिया) । जङ्गली हात्तीले बस्ती र खेतीबालीमा क्षति पु-याउन थालेपछि बर्दियाको मधुवन नगरपालिका–३, थनौरागाउँमा विद्युतीय तारबार जडान गर्न थालिएको छ । नेपाल–भारत सीमाक्षेत्रमा पर्ने थनौरागाउँमा हात्तीको प्रवेश रोक्न उज्यालो नेपालको आर्थिक सहयोग, बर्दिया राष्ट्रिय निकुञ्जको समन्वय तथा स्थानीयवासीको श्रमदानमा तारबार निर्माण भइरहेको हो । पहिलो चरणमा करिब एक हजार पाँच सय मिटर विद्युतीय तार जडान […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मनसुनी मौसम सम्बन्धी पूर्वानुमानमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मुख्य बुँदाहरू भारी वर्षाको जोखिम: बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। हालको मौसम अवस्था: देशभर मनसुनी वायुको प्रभाव छ। […]
बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र (गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वन) बाट गाउँबस्तीमा पसेर चौपाया खाने एउटा समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिइएको छ। नियन्त्रण प्रक्रिया: १९ दिनको खोजतलासपछि क्यामेरा ट्रयापिङ र डार्ट (बेहोस पार्ने प्रविधि) मार्फत बाघलाई नियन्त्रणमा लिइएको हो। संलग्न टोली: बर्दिया निकुञ्जका प्राविधिक, राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC) का प्राविधिक र […]
मौसमको हालको अवस्था मनसुनी प्रभाव: देशभर मनसुनी वायुको प्रभाव कायम छ। न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा उत्तर (नेपाल नजिक) र पूर्वमा सरदर स्थान आसपास रहेको छ। वर्षा: लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा कोशी, बागमती र गण्डकीका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसोको पूर्वानुमान भारी वर्षाको जोखिम: कोशी, बागमती, गण्डकी, […]
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च रहेको बताएका छन्। सोमबार प्राधिकरणमा आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन्। नेपालमा यस वर्षको मनसुन औसतभन्दा फरक ढाँचामा सक्रिय भइरहेकाले बाँकी अवधिमा पनि भारी वर्षा र विपद्को जोखिम कायमै रहेको उनले […]
काठमाडौं । जाजरकोटमा लगातार पहिरो गईरहेको र सर्वसाधारणहरुले ज्यान गुमाउने घटना दोहोरिएको भन्दै सरकारले पहिरो प्रभावित क्षेत्रमा प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने भएको छ । सरकारले पहिरो विपद्को सम्भावना पहिचान गर्न अध्ययन गर्ने जनाएको छ । मनसुन प्रतिकार्य कमान्ड पोस्टको आइतबार बसेको बैठकले रोल्पाको थवाङ गाउँपालिका र सुनछहरी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका, जाजरकोटको भेरी नगरपालिका र […]











