सिन्धुली । सिन्धुलीमा छोराको बन्चरो प्रहारबाट बुबाको ज्यान गएको छ। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-७ पञ्चचौरीस्थित लामपाते बस्ने अन्दाजी ५८ वर्षीय लाल बहादुर घिमिरे विकको उनका माइला छोरा २१ वर्षीय अमृत घिमिरे विकले बन्चरोले हिर्काएर हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार अमृतले बुबा लालबहादुर सुतेको अवस्थामा बन्चरोले टाउकोमा प्रहार गरेका थिए। उनको घटना स्थलमै ज्यान […]

झापा- प्रहरीले दमकबाट इटालियन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक नगरपालिका-८ का ३६ वर्षीय सञ्जीव गजमेर रहेका छन्। दमक नगरपालिका-५ बानेश्वर हाइट मार्ग जाने भित्री सडकखण्डबाट उनलाई पक्राउ गरिएको झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले सोमबार बिहान ३:५५ बजे गजमेर सवार को३८प ५६४९ […]

काठमाडौं, २५ साउन । कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी रामेछाप दोरम्बा शैलुङ गाउँपालिका- ३ बस्ने १९ वर्षीय रूजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । रामेछाप दोरम्बा शैलुङ गाउँपालिका-३ घर भएका ४१ वर्षीय गणेश पाठक सोही गाउँपालिका-३ स्थित सल्यानी भीरमा २०८० असार २० गते मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा वारदात पश्‍चात फरार रहेका उनलाई […]

धनकुटा । गएराती वर्षा सँगै परेको चट्याङ लागेर धनकुटामा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको पाख्रीवास नगरपालिका वडा नं ६ छरछरे टोलका वर्ष ६५ का गणेश बहादुर कार्कीको अन्दाजी राती ९ बजेको समयमा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । मृतकको पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङको, फुङलिङ नगरपालिकाका इन्जिनियर मो.अख्तर हुसैनविरुद्ध मुद्धा दायर गरेको छ । अख्तियारले हुसैनले सेवाग्राहीसँग एक लाख घुस लिएको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको जनाएको हो । हुसैनले खेल मैदान निर्माण कार्य सम्पन्न पश्चात भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग सो रकम घुस वापत लिएको पुष्टि भएको भन्दै सोहि रकम बराबरको […]

  सोलुखुम्बु । भिनाजुको हत्या गरेको आरोपमा सोलुखुम्बु थुलुङ दूधकोशी गाउँपालिका २ देविस्थानका ४५ वर्षीय पूर्णबहादुर बस्नेत शनिबार पक्राउ परेका छन् । सोही गाउँपालिका १ नेले बस्ने आफ्नै भिनाजु ६० वर्षीय सुरेश बस्नेतको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् । पूर्णबहादुरले आफ्नै घरमा पाहुना आएका सुरेशलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ […]

ओखलढुङ्गा, साउन ५ गते । ओखलढुङ्गामा विष खुवाएर दुई महिने बालकको हत्या गरेको आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ । बालकको हत्या आरोपमा सिद्धिचरण नगरपालिका–४ चार्खुकी २६ वर्षीया दीप कुमारी राईलाई प्रहरीले पक्राउ गरेको हो । गोरखापत्र अनलाइनका अनुसार प्रहरीसमक्षको बयानमा आरोपित राईले बच्चालाई विष खुवाई हत्या गरी जङ्गलमा फालेको बयान दिएको जिल्ला प्रहरी कार्यालय […]

  उर्लाबारी, असार २८ गते । मोरङको लेटाङ –४ का ५१ वर्षीय शङ्कर चौधरीको शव साढे ७ महिनापछि नेपाल आएको छ । बैदेशिक रोजगारको शिलशिलामा बिगत २० वर्षअघि साउदीअरव जानु भएका चौधरीको गत पुस १९ गते मृत्यु भएको थियो । तत्काल शव नआउने भएपछि परिवारले पुसमै काजकिरिया गरिसकेका थिए । साउदीअरवबाट केही दिनअघि शव नेपाल […]

  बिर्तामोड, असार २६ गते । झापाका कचनकवल गाउँपालिका ५ का वडाध्यक्ष नुर आलम स्थानीयको झगडा मिलाउने क्रममा घाइते हुनुभएको छ । गाउँमा विवाद मिलाउनेक्रममा कचनकवल गाउँपालिका ५ का वडाध्यक्ष आलम र छिमेकी रैमु मियाको परिवारबिच झगडा परेको थियो । दुई परिवारबिचको कुटाकुटमा वडाध्यक्ष आलम र उहाँका श्रीमतीसहित पाँचजना घाइते भएका छन् । वडाध्यक्ष नुर […]

फिदिम, असार २१ गते । पाँचथरको फिदिम नगरपालिका १४ मा सामूहिक रूपमा कुटपिट गर्दा घाइते हुनु भएका एक जना युवकको ज्यान गएको छ । स्थानीय धनकुमार राईको घरमा बिहीबार आयोजित चिन्ता बस्ने (धामी झाँकी) नचाउने कार्यक्रम हेर्न आएका युवाहरू बिच कुटाकुट हुँदा घाइते हुनु भएका फिदिम १४ निवासी ३७ वर्षीय दिनेशकुमार राईको उपचारका क्रममा पाँचथर […]