विराटनगर, वैशाख २७ गते । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । संविधानको धारा १६८ को उपधार ५ बमोजिम बहुमत प्राप्त गर्ने आधारसहित दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको सूचनाको अवधिभित्रै कार्कीले दाबी पेस गरेपछि […]
२७ वैशाख, विराटनगर । कोशी प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आव्हान गरेपछि स्वतः कामचलाउ बनेका मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् । बुधबार राति प्रदेश प्रमुखले संविधानको धारा १६८ को ५ अनुसार नयाँ सरकार गठन आह्वान गरेका थिए । आह्वानका विरुद्ध रिट दायरका लागि कार्की काठमाडौं पुगिसकेका छन् । एउटा […]
फिदिम, वैशाख २७ गते । फिदिम नगरपालिका २ की विष्णुमाया तामाङको घरमा गत बुधवार राती चोर पस्यो । दराज खोलेर नगद र सुन चोरिरहेको थाहा पाएपछि तामाङले हार गुहार गर्नुभयो । तत्काल आएका छिमेकीले चोरलाई बाहिर निस्कन नदिई बाहिरबाट ढोकाको चुकुल लगाएर प्रहरीलाई खबर गरे । २० मिनेट नपुग्दै प्रहरी घट्ना स्थल पुग्यो । […]
बिर्तामोड, वैशाख २६ गते । झापा बिर्तामोड नगरपालिका ४ स्थित शिवनगर टोलमा लुटपाट गर्ने समूहले एक एकल महिलाको बीभत्स हत्यापछि लुटपाट गरेको छ । मङ्गलवार राती १२ बजेतिर समूहमा आएको लुटपाटमा आएको टोलीले स्थानीय करिब ६८ वर्षीया एकल महिला विष्णुमाया विष्टलाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरी घरमा भएको धनमाल लुटपाट गरेर लगेको स्थानीयवासीले […]
दमक । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ७ का सुनिल राजवंशीको १८ महिनाको छोराको सोमबार पानी तान्ने मोटर चलिरहेको अवस्थामा करेन्ट गेर मृत्यु भएको छ । गम्भीर घाइते बालकको उपचारका क्रममा बिर्ता सिटी हस्पिटल मृत्यु भएको हो ।
इनरुवा, बैशाख २३ गते । भारत विहार राज्यको सुपौल जिल्लास्थित हुने तेस्रो चरणको लोकसभा निर्वाचनका लागि नेपाल र भारतको सीमानाका ७२ घण्टाका लागि बन्द गरिएको छ । नेपाली अधिकारीलाई यसअघि भएको बैठकमा भारतीय पक्षको आग्रहमा नेपाली सीमानाका बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सूचना जारीगरी आइतबार साँझ ६ बजेदेखि ७२ घण्टाका […]
झापा/ईकान्तिपुर — झापाको दमकमा गोली प्रहारबाट एक विद्यार्थी घाइते भएकी छिन्। शुक्रबार दिउँसो साढे १२ बजेतिर सिरहा घर भएका ३० वर्षीय अमितकुमार साहले एक छात्रामाथि गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । उदयपुर घर भई दमकमा डेरा बसेर पढ्दै गरेकी १८ वर्षीया एनिका अधिकारीलाई गोली प्रहार भएको हो ।अधिकारी हिमालय माध्यमिक विद्यालयमा […]
बिर्तामोड, वैशाख १८ गते । नेपाल भारत सिमानाकामा प्रहरी र लागूऔषध कारोबारीबिच दोहोरो झडप हुँदा एक जना घाइते भएका छन् । झापा गाउँपालिका–३ स्थित कामाटोली सीमानाकामा लागूऔषध कारोबारीलाई पक्राउ गर्न खोज्ने क्रममा दोहोरो झडप हुँदा प्रहरीको गोली लागेर एक कारोबारी घाइते भएका हुन् । प्रहरीका अनुसार अन्दाजी ३२ वर्षका अबदुल रसिद मियाँको दाहिने खुट्टामा […]
इलाम, वैशाख १७ गते । प्रतिनिधिसभा सदस्य लागि इलाम निर्वाचन–२ पछिल्लो मतगणनाअनुसार नेकपा (एमाले)का उम्मेदवार सुहान नेम्वाङले आठ हजार ८९८ मत प्राप्त गर्नुभएको छ । उहाँले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई दुई हजार ६१८ मतले पछि पार्नुभएको हो । कांग्रेसका खड्काले ६ हजार २८० मत प्राप्त गर्नुभएको छ । यो इलाम क्षेत्र २ […]
इलाम —इलाम-२ को उपनिर्वाचनको मतगणना सुरु गर्न सर्वदलीय/सर्वपक्षीय बैठक सुरु भएको छ। निर्वाचनमा सहभागी १२ दल र सात स्वतन्त्र उम्मेदवारका प्रतिनिधि र दलका नेताहरू बैठकमा सहभागी छन् । सुरु गरिने र सोमबार साँझसम्म अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जनाए। शनिबार सम्पन्न निर्वाचनमा जम्मा ६९ हजार २ ८७ मत खसेको […]












