खोटाङ/ रासस- बोल्न नसक्ने र कानसमेत नसुन्ने जनाउँदै सहयोग मागेर हिँडिरहेका अवस्थामा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले दुई युवालाई पक्राउ गरेको छ। शहीद लखन गाउँपालिका गाउँकार्यपालिका गोरखाले दीपेन्द्रकुमार शर्मा र सन्तोषकुमार शर्मालाई आर्थिक सहयोग गरी दिन भनी उपलब्ध गराएको नक्कली पत्रका आधारमा ऐसेलुखर्क गाउँपालिकाका स्थानीयवासीसँग चन्दा माग्दै हिँड्ने दुई युवालाई प्रहरीले सोमबार पक्राउ गरेको हो। पक्राउ […]
सोलुखुम्बु/रासस- जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–३ मा अवस्थित प्रसिद्ध पर्यटकीय गन्तव्य पिकेडाँडा र धार्मिक आस्थाको केन्द्र ज्वालामाई मन्दिरमा कमजोर सञ्चार सेवाका कारण स्थानीय बासिन्दा र पर्यटकले सास्ती भोग्नुपरेको छ। नेपाल टेलिकमको नेटवर्क कमजोर हुनु र अन्य सेवा प्रदायकको उपस्थिति नहुनुले यहाँ सञ्चार समस्या छ, जसका कारण यहाँ पुग्ने धार्मिक तथा अन्य पर्यटक सञ्चार सेवाबाट विमुख हुने गरेका […]
रसुवा . रसुवा कालिका गाउँपालिका १ ग्राङबाट करिब २ किलो सुनसहित बिहीबार बेलुकी गोसाइकुण्ड गाउँपालिका ३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट ग्राङबाट खटिएको प्रहरीले कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार लामाले लगाएको दुवै जुत्ताभित्र […]
झापा- बाह्रदशी गाउँपालिका-५ फुलबारी बस्ने ४५ वर्षीय गंगालाल माझीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २६ वर्षीय मान कुमार राजवंशीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । राजवंशीले वादविवादको क्रममा फलामको रड प्रहार गर्दा गम्भीर घाइते भएका माझीको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फुलबारीबाट खटिएको प्रहरीले उनलाई […]
काठमाडौं — मानव तस्करीको आरोप लागेका कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी विराटनगरबाट आइतबार पक्राउ परेका छन् । अधिकारीलाई अदालतबाट पक्राउ गर्ने अनुमति लिएपछि पक्राउ परेका हुन् । उनलाई जहाजबाट काठमाडौं लग्ने तयारी भईरहेको छ। मानव तस्कर गिरोहसँग मिलेमतो खुलिसक्दा पनि कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सांसद लीलाबल्लभ […]
झापा- झापाको शिवसताक्षीबाट नगदसहित १८ जना जुवाडे पक्राउ परेका छन्। वडा नम्बर ११ ब्याङडाँडास्थित चन्द्रमणि रिमालको घरको तल्लो तलामा जुवा खेलिरहेका १८ जनालाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार जुवा अखडाबाट चार लाख ५४ हजार ५०० पनि बरामद भएको छ। पक्राउ पर्नेमा सताक्षीधाम मन्दिरका अध्यक्ष तुलाराम बोखिम भनिने तुला […]
खोटाङ/रातोपाटी । सिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ । फेदीको हात्तीढुङ्गे जङ्गलमा सिकार खेल्न सँगै गएका स्थानीय २५ वर्षीय चेतन राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर बुधबार राति जगतप्रसादको घटनास्थलमै मृत्यु भएको हो । मृग भनेर आफूले […]
काठमाडौँ/रातोपाटि। कोशी प्रदेशका मन्त्री जोडिएको मानव तस्करीको घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ । कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीको हैसियतमा जापान जाने क्रममा असम्बन्धित व्यक्तिलाई सँगै लगेर मानव तस्करी गरेको आरोप सांसद लिलाबल्लभ अधिकारीमाथि लागेको छ । सो आरोप लागेपछि बुधबारमात्रै उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् । अधिकारीले नक्कली कागजात बाहकलाई सँगै […]
झापा/रासस- मेचीनगर नगरपालिका–११ का फरार अभियुक्त ३८ वर्षीय गजेन्द्र वान्तवा राई कतारमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले नेपाल प्रहरीको इन्टरपोल शाखाले जारी गरेको रेड कर्नर नोटिसका आधारमा अभियुक्त राईलाई कतारमा पक्राउ गरेर मंंगलबार नेपाल ल्याइएको बताए। अभियुक्त राई विसं २०७८ मङ्सिर ३ गते पत्नी शर्मिला तामाङ राईको हत्या गरेर […]
खोटाङ/रासस- दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित भंगेटारका स्थानीयले चन्दा संकलन तथा श्रमदान गरी निर्माण गरेको कृत्रिम तालमा डुंगा सयरसँगै व्यावसायिक माछापालन गरिएको छ। कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिन नदिन गरिएको बन्दाबन्दीमा भंगेटारका २४ घरले चन्दा संकलन तथा श्रमदान गरी साढे छ रोपनी जग्गामा निर्माण गरेको कृत्रिम तालमा डुंगा सयरसँगै व्यावसायिक माछापालन गरिएको हो। रिचार्ज […]











