विराटनगर । साइकलमा यात्रा गरिरहेका बेला सिर्जना सामुदायिक वन क्षेत्रमा हात्तीको आक्रमणमा परेर मोरङको बेलबारीमा लेटाङ ३ घर भएका ५३ वर्षीय कमल माझीको मृत्यु भएको छ । उनको आज बिहान मृत्यु भएको हो । प्रहरीका अनुसार घटनास्थल वरपर हात्तीको आवतजावत नियमित भइरहेको पाइएको छ । माझीको शव पोस्मार्टमका लागि उर्लाबारीस्थित मदन भण्डारी अस्पताल एवम् […]

    १५ मंसिर, जकपुरधाम । सिरहाबाट लागूऔषध ब्राउनसुगरसहित लहान नगरपालिका ११ बस्ने ३२ वर्षीय सञ्जय चौधरी र २० वर्षीय अभिशेष चौधरी पक्राउ परेका छ्न । बुधबार राति करिब ९ बजे ४ ग्राम ब्राउनसुगर र डिजिटल तराजुसहित लहान नगरपालिका १ लोकतन्त्र चोकबाट नियन्त्रणमा लिइएको हो ।  

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका-२ स्थित शन्त रामपाल महराजले स्थापना गरेको आश्रममा ५१०औं तीन दिवसीय दिव्य धर्म यज्ञको अवसरमा सोमबार १३ जोडीको सामूहिक विवाह गराइएको छ । असुर निकन्द रमेणी मन्त्रको उच्चारण गरी १७ मिनेटमा १३ जोडीको सामूहिक विवाह सम्पन्न गराइएको छ ।   यो विवाह पूर्णतः आदर्श एवं दाइजोमुक्त हुन्छन् । जातीय वा अन्तरजातीय […]

  महोत्तरी । मोबाइल चार्ज गर्ने क्रममा महोत्तरीमा करेन्ट लागेर जनकपुर उपमहानगरपालिका-७ बस्ने १५ वर्षीय रोहित महतोको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  जनकपुरधाम, मंसिर ९/  महोत्तरीमा प्रहरी चौकी इन्चार्जको पेस्तोल पड्केर गोली लाग्दा एक प्रहरी जवान घाइते भएका छन्।  सेतोपाटिका अनुसार एकडारा गाउँपालिका–४ स्थित हलखोरी प्रहरी चौकीका इन्चार्ज असई रामईश्वर प्रसाद यादवको पेस्तोल पड्केर प्रहरी जवान राजेशकुमार साह घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार डाँकालाई पक्रेर ल्याएको खुसीयालीमा असई यादवले पेस्तोल पड्काएका […]

८ मंसिर, जनकपुरधाम । महोत्तरीबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको आठ लाखभन्दा बढी रकमसहित महोत्तरीकै सम्सी गाउँपालिका-३ बस्ने २८ वर्षीय रमेशकुमार साह र रामगोपालपुर नगरपालिका सहसौलाका ३२ वषर्ीय अनिल चौधरी पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर ओउट पोष्ट पोखरभिण्डाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०२-००६प-१६२१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा […]

  ७ मंसिर, विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा २६ कात्तिकमा भएको आगलागीमा परी घाइते भएका उर्लाबारी–७ का ४९ वर्षीय हेमकुमार दाहालको पनि मृत्यु भएपछि यो घटनामा मृत्यु हुनेको संख्या २ पुगेको हो । गत मंगलबार उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको मृत्यु भएको थियो ।   मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार आगलागीमा […]

काठमाडौं, ६ मंसिर/ सर्लाही, हरिपर नगरपालिका-८ जुटपानीस्थित सडकमा ना.२ क ११० नम्बरको बसको ठक्करबाट बसमा सवार सोही ठाउँ बस्ने बीरेन्द्र पासवानको छोरा ९ वर्षीय आदित्य पासवानको मंगलबार साँझ मृत्यु भएको छ । बस ब्याक गर्ने क्रममा ठक्कर दिँदा गम्भीर घाइते भएका उनको शुभ स्वस्तिक अस्पताल बर्दीवासमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले […]

  रासस। सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा आज बिहान गाडीले ठक्कर दिँदा एक छठ ब्रतालु महिलाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवनको नोचामा गाडीले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सविण कार्कीले जानकारी दिए। नोचास्थित छठ घाटमा छठ पूजा गरेर घर फर्किंदै गरेको पोखरेललाई मधेस प्रदेश–०३–००१ ज ०३४२ […]

  जनकपुरधाम । गत मंगलबारदेखि सम्पर्कबिहिन भएका महोत्तरीका पाँच किशोरीहरु बिहिबार बिहान फेला परेका छन् । अहिले उनीहरूलाई इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको छ । महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा गत मंगलबारदेखि परिवारका सदस्यहरुको सम्पर्कमा […]