काठमाडौं । काठमाडौंको बल्खु पुलमुनी एक जना पुरुषको शव फेला परेको छ । बुधबार बिहान बस्खुस्थित पुलमुनी बाढीले बगाएर ल्याएको अवस्थामा एक जनाको शव फेला परेको कालीमाटी प्रहरी वृत्तले जनाएको छ । बाँके घर भई मृतक सुकुम्वासीमा बस्ने ४५ वर्षीय राम सरुप महतोको शव फेला परेको हो । कालीमाटी प्रहरी वृत्तका अनुसार उक्त शव पोष्टमार्टमका […]

  तनहुँ- ब्यास नगरपालिका-१ हाउजिङ बस्ने ४० वर्षीय शिव अधिकारीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा विद्युतीय मोटर चलाई पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

चितवन । सिमलताल दुर्घटनामा बेपत्ता बसको खोजी गर्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक फेलापरेको छ । बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाइ ट्युब त्रिशूली नदीले बगाएर हराएको थियो। उक्त चुम्बक आज बिहान काभ्रेघाटस्थित नारायणी नदीमा फेलापरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । चुम्बकसँगै लाइफ ब्वाइ ट्युब पनि […]

    पोखरा । पोखरा २१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नं को स्कुल बस विद्यार्थीसहित दुर्घटनामा परेको छ । बस दुर्घटनामा एलaपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा […]

चितवन । चितवनको सिमलतालमा त्रिशुलीमा खसेको दुई वटा बस र यात्रुको अवस्था अझै अज्ञात रहेको छ । बस बेपत्ता भएको आज १७ दिन पुगेको छ । नेपाली र भारतीय टोलीले गरेका खोजीका सबै प्रयास असफल भएसँगै बस खोजीका लागि आएको भारतीय टोली आज फर्किदै छ । नेपाली टोलीले अब कसरी खोजीकार्य अगाडी बढाउने भन्ने विषयमा […]

काठमाडौँ । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ । गएराति उनको निधन भएको हो । मृर्गौलामा समस्या देखिएपछि उनको वीर अस्पतालमा राखेर उपचार भइरहेको थियो । उनको पार्थिव शरीरलाई आज बिहान ११ बजेसम्म नगरपालिकामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि अन्तिम संस्कार गरिने भएको छ । नकर्मी नेपाली काँग्रेसको तर्फबाट नगरप्रमुखमा विजयी भएका थिए […]

तनहुँ, साउन १० गते । स्रोत नखुलेको रु १२ लाख नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन् । तनहुँको व्यास नगरपालिका–३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो । उक्त कार्यालयका अनुसार रोल्पाको माडी गाउँपालिका–५ पासाबाङ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसीलाई पक्राउ […]

तनहुँ । ब्याँस नगरपालिका-३ दुर्गामन्दिरस्थित सडकबाट स्रोत नखुलेको नगद ११ लाख ६५ हजार रूपैयाँ सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रोल्पा माडी गाउँपालिका-५ पासाबाङ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुसान केसी रहेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले […]

आज साउन महिनाको पहिलो सोमबार, पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने गरिन्छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्री बताउँछन् । साउनको […]

चितवन, असार ३० गते । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीन जनाको परिचय खुलेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार […]