काठमाडौंको । चन्द्रागिरि नगरपालिका–३, थानकोटस्थित खरिबोटमा चक्कु प्रहार गरी एक जनाको हत्या भएको छ । महोत्तरीका अन्दाजी ३८ वर्षीय समी अहमदले घरायसी विवादमा आफ्नो सालो नाता पर्ने महोत्तरीकै अन्दाजी २५ वर्षीय जाकिर मन्सुरीलाई तरकारी काट्ने चक्कु प्रहार गरेका हुन् । घाइते मन्सुरीलाई उपचारका लागि सतुङ्गलस्थित स्थानीय अस्पतालमा लगिएकोमा उपचारको क्रममा गएराति निधन भएको जिल्ला प्रहरी […]
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास गरेकी छन् । प्रहरीले उद्धार गरेर उनलाई पाटन अस्पतालमा उपचारका लागि पठाएको छ। को प्रहरीले स्रोतका अनुसार कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत प्रमोद मैनाली प्रतिवादी भएको मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनले आत्महत्याको प्रयास गरेकी हुन […]
बागमती। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका सिकारीको भरुवा बन्दुक पड्किँदा सहकर्मीको मृत्यु भएको छ । जङ्गलमा मकवानपुरको राक्सिराङ गाउँपालिका–८ राजराङ्गका ४५ वर्षीय गोपाल ब्लोनले बोकेको भरुवा बन्दुक पड्किएर उहाँसँगै सिकार गर्न हिँड्नुभएका मनहरी गाउँपालिका–६ बालुभञ्जाङ निवासी ५० वर्षीय सेते थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका […]
काठमाडौं । चोरी र अभद्र व्यवहारको कसुरमा मुद्दा चलेका मकवानपुरको मनहरी गाउँपालिका–५ घर भइ काठमाडौं सोल्टीमोड बस्दै आएका ३० वर्षीय सन्तोष गुरुङ रिभल्वरसहित पक्राउ परेका छन् । उनलाई प्रहरी वृत्त कालिमाटीको टोलीले सोल्टिमोडबाट पक्राउ गरेको हो । सोल्टिमोड रेडक्रस मार्गमा रहेको खाली जग्गाको झाडीमा प्लास्टिकले प्याक गरेर उनले लुकाएर हतियार रोखको पाइएको जिल्ला प्रहरी परिसर […]
चितवन । चितवनकाे कालिका नागरपालिका–११ मा सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार कालिका नागरपालिका–११ सिद्धि कल्याण चौरस्थित भित्री सडकमा सिद्धिबाट कल्याणचौरतर्फ गइरहेको बा१८च८९७३ नम्बरको बलेरो गए राति १०ः३० बजे अनियन्त्रित भई दुर्घटना हुँदा चालक खैरहनी नगरपालिका–४ का राममणि न्यौपानेको मृत्यु भएकाे हाे । दुर्घटनामा […]
काठमाडौं- काठमाडौं, शंखरापुर नगरपालिका-१ छापभञ्ज्याङ ढकालगाउँस्थित सडकमा प्रदेश.३ ०२-१० प ७४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-८ घर भएका ३५ वर्षीय एक बहादुर तामाङको बिहीबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार […]
काठमाडौं- नेपाल प्रहरीको ट्र्याकसुट लगाएर हिँडेका व्यक्ति लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। भदौ २४ गते प्रहरी प्रभाग कपनमा लुटपाट गरेको ट्र्याकसुट लगाएर हिँडेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको हो। प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले आइतबार बिहान ७ बजे २२ वर्षीय अमृत साउँदलाई फेला पारेका थिए। अछाम मल्लेक गाउँपालिका-७ घर भएका उनी काठमाडौंको […]
तनहुँ / रासस—बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको मृत्यु भएको हो । मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो । कुटपिट गर्ने […]
काठमाडौँ । बिहीबार बिहानदेखि देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै भिन्नभिन्न स्थानमा पहिरो खस्दा देशका विविध भेगका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार कोशी राजमार्गअन्तर्गत पहिरोले सङ्खुवासभा खण्ड, पाँचथरमा तमोर करिडोर, ओखलढुङ्गामा सिद्धिचरण राजमार्ग, काभ्रेपलाञ्चोकको नमोबुद्धमा बिपी राजमार्ग, रसुवामा पासाङल्हामु राजमार्ग र नेपाल चीन जोड्ने पुल, सिन्धुलीमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएका […]
काभ्रेपलाञ्चोक /अनलाइनखबर । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा उपस्थित भएका खगेन्द्र सुनारको जिल्ला अदालत काभ्रेमा बयान र थुनछेकको बहस सकिएको छ । तर, आदेश आउन बाँकी छ । अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेर पक्राउ गर्न पुर्जी जारी भएका सुनार बिहीबार बिहान काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित भएका थिए । सुनारको न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको […]











