काठमाडौं – त्रिशूली नदीमा मोटरसाइकल खस्दा चालक बेपत्ता भएका छन्। इच्छाकामना गाउँपालिका-५ स्थित ३ नम्बर पुलबाट शुक्रबार बिहान बागमती प्रदेश ०६-०२प ९२०४ नम्बरको मोटरसाइकल त्रिशूली नदीमा खसेको सशस्त्र प्रहरीले जनाएको छ। बिहान ११:४९ बजे मोटरसाइकल खसेपछि विपद् व्यवस्थापन तालिमा शिक्षालय करिनटारबाट ६ जनाको सशस्त्र प्रहरी गोताखोर टोली परिचालन गरिएको केन्द्रीय सह-प्रवक्ता शैलेन्द्र थापाले बताए। […]
काठमाडौं- ओखलढुंगामा बिहीबार बिहान टाटा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा खोटाङको कोपिलासगढी गाउँपालिका-३ की ५६ वर्षीय मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र खोटाङकै दिक्तेल-रुपाकोट-मझुवागढी नगरपालिका-१२ की ४५ वर्षीया तारा गुरुङ रहेका छन्। सिद्धिचरण लोकमार्गअन्तर्गत ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-७ भँडारे खोलामा सुमो दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै […]
तनहुँ,- व्यास नगरपालिका-३ देउरालीनगरस्थित ऋषिङ्ग गाउँपालिका-२ काँहुशिवपुर घर भएका ३६ वर्षीय श्रीराम थापाको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा थापा समेत ९ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ७ सय ३५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले […]
काठमाडौं- काठमाडौं, चन्द्रागिरी नगरपालिका-१४ नैकाप डेरा गरी बस्ने रौतहट घर भएका २७ वर्षीय अमित कुमार शाह आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । धादिङ, बेनीघाट रोराङ्ग गाउँपालिका-२ देउराली बस्ने २२ वर्षीय विरमान चेपाङ सोही ठाउँस्थित खानिखोलाको खोचमा आइतबार मृत अवस्थामा फेला परेका छन् । सप्तरी, शम्भुनाथ नगरपालिका-४ सखुवा बस्ने ८७ वर्षीया कान्ता देवी […]
काठमाडौं,- चितवन,भरतपुर महानगरपालिका-९ हाकिमचोक बस्ने बाबुराम कंडेलको घरमा विद्युत सर्ट भई गए राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । बाँके,नेपालगंज उपमहानगरपालिका-२ स्थितसोही उपमहानगरपालिका-४ गणेशुर बस्ने पवन गुप्ताको शाह फर्निसिङ फाईबर सिरक फ्याक्ट्रीमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा मेसिन, सिरक र डस्ना लगायतका सामानहरू जलेर नष्ट भएकोछ । […]
काठमाडौं,- मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१४ उत्तरपानी बस्ने ६४ वर्षीया कृष्णमाया थिङको घरमा बिहीबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । झापा, मेचीनगर नगरपालिका-१२ माइलाबारी टोलस्थित सोही नगरपालिका-१३ बस्ने प्रदिप लिम्बुको होटल लिटल सेफ फास्ट फुड क्याफेमा इनभर्टरको तार सर्ट भई गए राति आगलागी हुँदा नगद तथा फर्निचर […]
काठमाडौं-चितवन,भरतपुर महानगरपालिका-४ अध्यचोकस्थित सडकमा ना.५ च ९४८ नम्बरको बोलेरो र ना.४९ प२९३७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक गोरखा शहिद लखन गाउँपालिका-३ मनकामना बस्ने ५८ वर्षीय यमबहादुर आलेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले […]
काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई प्रहरीले बुधबार दिउँसो नियन्त्रणमा लिएको छ । अभद्र व्यवहारसम्बन्धी मुद्दामा उनलाई नियन्त्रणमा लिइएको काठमाडौंका एसपी नवराज अधिकारीले पुष्टि गरे ।
काठमाडौं । काठमाडौँ महानगरपालिका–९ गौशाला स्थित बागमती होटलमा एक युवती मृत फेला परेकी छिन । युवतीको हत्या भएको आशंका गर्दै प्रहरीले थप अनुसन्धान प्रकिया अगाडी बढाएको छ । कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का बुधवार ३०८ नम्बर कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी गत १६ पुसमा सो होटलमा बस्न […]
मकवानपुर । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा घाँस काट्न गएकी महिलाको ज्यान लिने नरभंक्षी बाघलाई नियन्त्रणमा लिइएको छ। मंगलबार साँझ चार वटा हात्ती र चितवन तथा पर्सा राष्ट्रिय निकुञ्चको टोलीले बाघलाई नियन्त्रणमा लिएको हो। मनहरी–५ वसन्तपुर गुम्बाटोलकी ७२ वर्षीया कान्छीमाया रुम्बालाई आइतबार बाघले आक्रमण गरी ज्यान लिएको थियो। बाघले सोमबार बिहान वसन्तपुरका सूर्यबहादुर मोक्तानको […]










