काठमाडौं/सेतोपाटी – एकीकृत समाजवादीले केन्द्रीय कमिटी र आयोगका सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरेको छ। बुधबार बसेको सचिवालय बैठकले यसअघि गरेको व्यवस्था उल्ट्याउँदै केन्द्रीय कमिटी र आयोगका सदस्य आ–आफ्ना क्षेत्रबाट चुनिएर आउनुनपर्ने व्यवस्था गरेको हो। यसअघि विधान अधिवेशनमा केन्द्रीय अध्यक्षदेखि सदस्यसम्म तलैबाट चुनिएर महाधिवेशन प्रतिनिधि आउने निर्णय भएको थियो। ‘त्यसो गर्दा व्यवस्थापन हुन […]

काठमाडौँ, जेठ ३१ गते । परिचयात्मक परामर्श भ्रमणमा रहनुभएका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव गुलाम सरवारले श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेसँग बुधबार कोलम्बोमा शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा महासचिव सरवारले स्थापनाकालदेखि नै सार्क प्रक्रियालाई श्रीलङ्काबाट निरन्तर सहयोग भएकामा त्यसको सराहना गर्दै सङ्गठनलाई थप सुदृढ बनाउन श्रीलङ्काबाट सहयोग र मार्गदर्शन प्राप्त हुने […]

काठमाडौं महानगरपालिकाले बुधबार विश्व बालश्रम विरुद्धको दिवसका अवसरमा आकस्मिक अनुगमन गर्‍यो । अनुगमनका एक सदस्यका अनुसार महानगरका केही कर्मचारीहरुले सिंहदरबारकै क्यान्टिनमा बच्चाहरुलाई काम लगाइरहेको भन्ने गुनासो टोलीसामु राखेका थिए । सोही गुनासोसहित संघीय प्रशासनिक सचिवालय रहेको स्थान सिंहदरबारभित्रका क्यान्टिनहरुको अनुगमन गरेको महानगरपालिकाको टोलीले ४ जना बालश्रमिकहरुलाई उद्धार गरेको छ । यसरी उद्धार गरिएकाहरुमा १८ वर्ष […]

    जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव फेरि निर्विरोध निर्वाचित भएका छन् । अन्य पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन । जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान ८.३० बजेदेखि उम्मेदवारी दर्ता कार्य भइरहेको निर्वाचन समितिले जनाएको छ ।

  ३० जेठ, दोहा । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्ड र जर्मनी भ्रमणका क्रममा कतारको राजधानी दोहा आइपुगेका छन् । उनलाई दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा नेपाली राजदूत नरेशविक्रम ढकाल तथा दूतावासका कर्मचारी र कतारको विदेश मन्त्रासयका कर्मचारीले स्वागत गरे । राष्ट्रपति पौडेल भोलि जेनेभा प्रस्थान गर्ने तालिका रहेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । […]

लेखनाथ, जेठ २९ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मङ्गलबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री पाण्डेको सिफारिसमा सांसद राजीव गुरुङ भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था र सांसद फणीन्द्र देवकोटा ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री बन्नुभएको छ । उहाँहरू दुवैलाई मङ्गलबार प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । गुरुङ […]

  जनकपुर, जेठ २९ गते । मधेस प्रदेश सरकारले आज मङ्गलवार प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै छ । सरकारको तर्फबाट मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरिने मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिनुभयो । नीति तथा कार्यक्रम प्रस्तुतिका लागि आजै दिउँसो […]

  काठमाडौँ, जेठ २८ गते । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा उहाँहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उहाँहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको विषयमा विचारविमर्श भएको थियो ।   […]

काठमाडौँ, जेठ २७ गते । प्रतिनिधि सभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ । सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो । आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । अब २९ गतेदेखि नियमित छलफल हुनेछ । विनियोजन […]

जनकपुर, जेठ २५ गते । मधेस प्रदेश सरकारको मुख्यमन्त्रीमा शुक्रवार बिहान जनमत पार्टीले सतिसकुमार सिंहको दाबी पेस गरिएको छ । मदेसमा जनमतको नेतृत्वमा सरकार बनाउन नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, र नेपाल सङ्घीय समाजवादीको समर्थनमा दाबी पेस गरिएको हो । प्रदेश सभामा १०७ सदस्य सङ्ख्यामा सामान्य बहुमतको लागि ५४ […]