काठमाडौँ । नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा सुरु भएको छ ।  

धनगढी । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दोहोरो भूमिकाका कारण सुदूरपश्चिममा एमाले सरकारमा सहभागी हुन नसकेको बताएका छन् । धनगढीमा आज पत्रकारसँग कुरा गर्दै भण्डारीले माधव नेपालले सत्तामा रहेर कांग्रेलगायतका प्रतिपक्षीसँग पनि छलफल चलाइरहेको बताउँदै उनको यस्तो भूमिकाले स्वयंलाई क्षति हुने बताए । ‘त्यो प्रवृत्ति लामो समयसम्म रहँदैन । […]

बर्दिया, गुलरिया नागरिक उन्मुक्ति पार्टी बर्दिया र बाँकेले गणतन्त्र दिवसको अवसरमा अन्र्तक्रिया कार्यक्रम गरि मनाएको छ । पार्टीका संरक्षक रेशम लाल चौधरीको गणतन्त्र दिवसको अबसरमा रिहाई भएको खुशियाली बर्दियाको गुलारियामा पार्टीका नेता कार्यकर्ता भेला भएर कार्यक्रम गरिएको पार्टीका बर्दिया जिल्ला अध्यक्ष सोमाई थारुले बताए । कार्यक्रममा बोल्दै पार्टीका संरक्षक रेशम लाल चौधरीले नारिकका लागि जिउदो […]

  काठमाडौं/ अनलाइन खबर  । सदनको गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग आज गरेको छलफल निष्कर्ष विहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले अलग अलग र संयुक्त छलफल गरेका थिए । तर सहमति नजुटेपछि आजै साँझ फेरि छलफल गर्ने भन्दै नेताहरु उठेका छन् । प्रधानमन्त्रीसँगको छलफलमा सहभागी […]

काठमाडौं/अनलाईन खबर । नेपाली कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा पुरानो अडान कायमै राख्ने निर्णय गरेको छ । आज बिहान कांग्रेस नेताहरुको आन्तरिक छलफलले सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम उल्लेख गरी छानबिन समिति गठन हुनुपर्ने अडानमा कायम रहने निर्णय गरेको हो । बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले भने, ‘गोर्खा मिडिया नेटवर्कको नाम मात्र लिएर त […]

 काठमाडौं । सहकारीको रकम अपचलन मुद्दामा संसदीय छानबिन समितिको कार्यदेश बनाउन गठित कार्यदलको बैठक आज पनि बस्दैछ । शुक्रबार बिहान बसेको बैठक सहमतिमा पुग्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । बैठक दिउँसो तीन बजे कानुन मन्त्रालयमा बस्नेछ । गोर्खा मिडियामा गृहमन्त्री रवि लामिछाने प्रवन्ध निर्देशक हुँदा सहकारीको रकम अपचलनमा उनी संलग्न रहेको कांग्रेसको […]

काठमाडौँ/रातोपाटी । विपक्षी दलको विरोधकाबिच शुक्रवार बस्ने संसद् बैठकबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गर्ने तयारी भएको छ । नीति तथा कार्यक्रममाथि शुक्रवारको संसद् बैठकमा छलफल गर्ने र त्यसपछि पारित गर्ने सम्भावित कार्यसूची तय भएको छ । शुक्रवारको संसद् बैठक बस्नुअघि संसदीय छानबिन समितिको कार्यादेशमा सहमति जुटाउन दलहरू छलफलमा जुटेका छन् । कानुन मन्त्रालयमा […]

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट गर्नुभएको छ । उक्त भेटमा राष्ट्रपति पौडेलले जारी संसद्को गतिरोधबारे चासो र चिन्ता राख्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। भेटका क्रममा प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताउनुभएको थियो ।

१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेका दुई पासपोर्ट भएकाले कानुनी उन्मुक्ति पाउन नहुने बताएका छन् । विराटनगरमा बिहीकार प्रेस युनियनले गरेको कार्यक्रममा बोल्ने क्रममा नेता शेखरले गृहमन्त्री भएको आधारमा कानुनी छुट नहुने बताए । ‘देशको कानुन गृहमन्त्रीलाई लाग्दैन? गृहमन्त्री भएको नाताले उन्मुक्ति दिने? यो हुन सक्दैन । त्यसबाट उन्मुक्ति […]

  ९ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको निर्वाचन जेठ ३० गते हुने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन तदर्थ समितिले राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिको निर्वाचन कार्यतालिका तयार गरेको हो । कार्यतालिकाअनुसार जेठ २८ गते दिनको १ बजे मतदाताको नामावली प्रकाशित, जेठ २९ गते बिहान १० बजेदेखि १२ बजेसम्म […]