८ जेठ, काठमाडौं । सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्ष विहीन भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा सत्ता पक्ष र प्रतिपक्ष दलका सदस्यहरु यथावत अडान भएकाले बैठक निष्कर्षविहीन भएको हो । कार्यदलका सदस्यहरुले भने बैठक सकारात्मक […]

काठमाडौँ, जेठ ७ गते । सर्वोच्च अदालतमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले दायर गर्नुभएको रिटमा सुनुवाइ हुँदैछ । सोमबार सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एक इजलासमा उक्त रिटमा सुनुवाइ हुन लागेको हो । जसपा नेपालबाट अलग भएर नयाँ दल गठन गरेका अशोक राईसहित सात सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन मिल्दैन भनी […]

नेपालगन्ज, जेठ ७ गते । नेकपा (एमाले) बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित हुनुभएको छ । सोमबार घोषणा गरिएको मतगणना अनुसार गुरुङले दुई सय ९१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी डिल्ली विसीले १५४ मत पाउनुभयो । गुरुङले एक सय ३७ मतको अन्तरले विसीलाई पराजीत गर्नुभएको हो । यसैगरी, उपाध्यक्षमा रत्न खत्री विजयी हुनुभएको […]

  नेपालगन्ज, जेठ ६ गते । नेकपा (एमाले) बाँके अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ । एमाले बाँकेका वर्तमान अध्यक्ष किस्मतकुमार कक्षपतिसहित डिल्ली बिसी र निरक गुरुङले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । नेतृत्व छनौटका लागि ४ सय ६८ जना प्रतिनिधि रहेका छन् । आइतबार हुने निर्वाचनमा उपाध्यक्ष पदको लागि इन्द्रबहादुर थापा, लुम्बिनी प्रदेशका […]

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुको बैठक बोलाएका छन् । आजको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल गर्न देउवाले विपक्षी दलका नेताहरुको संयुक्त बैठक बोलाएका हुन् । बैठक बिहान १० बजे संसद भवन नयाँबानेश्वरमा बोलाइएको छ । आज ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक अघि सभामुख देवराज […]

काठमाडौँ, जेठ ५ गते । संसदमा उत्पन्न अवरोध अन्त्य गर्न शीर्ष राजनीतिक तहमा शनिबार पनि छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेतासँग आज बिहान छलफल गर्नुभएको छ भने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज दिउँसो प्रधानमन्त्री प्रचण्ड, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायत […]

नयाँदिल्ली, जेठ ४ गते । भारतले तीन सातामा दोस्रो पटक तातो लहर (लू)को सामना गरिरहेको मुलुकको मौसम ब्युरोले चेतावनी दिएको छ । यसमा छ साताको निर्वाचनमा लाखौँ मानिसले मतदान गर्ने क्षेत्र पनि समावेश छन् । सन् २०१९ को पछिल्लो राष्ट्रिय निर्वाचनको तुलनामा जारी मतदानमा भएको गिरावटका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले सजिलै तेस्रो कार्यकाल जित्नुहुने व्यापक […]

  काठमाडौं । राष्ट्रिय सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ । अध्यक्ष नारायण दाहालले बैठक सुरु गरे लगत्तै कांग्रेसका सांसदहरूले उठेर अवरोध गरेका हुन् । कांग्रेसको अवरोधपछि अध्यक्ष दाहालले बैठक स्थगित गरिदिए । पाँच मिनेट पनि बैठक बस्न सकेन । अर्को बैठक जेठ ६ गते दिउँसो सवा १ बजेका लागि बोलाइएको छ […]

  काठमाडौँ, जेठ ४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्री दाहालले यही जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न सङ्घीय संसद् सचिवालयलाई पत्र पठाउनुभएको सभामुखकाे सचिवालयले जनाएकाे छ । सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते संविधानको धारा ७६ […]

काठमाडौँ — संसद्को गतिरोध अन्त्य गर्नेबारे सत्तारुढ र प्रमुख विपक्षी दल कांग्रेस सहमतिनजिक पुगेका छन् । बिहीबार संसद् भवनमा चलिरहेका अनौपचारिक छलफलहरूमा दलहरू उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्बाेधनगरेपछि सदनको बैठक सुचारू गर्ने र सहकारीका समग्र समस्या समाधान गर्नका लागि संसदीय समिति गठन गर्नेमा करिब सहमतिमा पुगेका छन् । दलहरू गृहमन्त्रीलाई बोल्न दिने र सहकारीका […]