काठमाडौं । मन्त्रिपरिषद् बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ। बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको हो ।

  काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित गरेका छन् । बैठक साउन २२ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो । मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेका थिए। त्यो प्रस्तावमाथि प्रतिनिधि सभामा छलफल समेत भएको थियो।  

  काठमाडौं । जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद नथपी रिहा गर्न आदेश दिएको छ । आइतबार राति पक्राउ परेका प्रसाईंविरुद्ध साइबर अपराधको कसुर, राज्यविरुद्धको कसुर अन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन कसुरमा म्याद थप गर्न प्रहरीे सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराएको थियो । जहाँ ७ […]

बुटवल । लुम्बिनी प्रदेशमा नयाँ सत्ता समीकरण बनेसँगै मन्त्रालय बाँडफाँट र सरकारमा सहभागी दलहरूको जिम्मेवारी टुंग्याउने विषयमा छलफल तीव्र बनेको छ। पटकपटक भएका छलफलमा सरकारले पहिले विश्वासको मत लिने र त्यसपछि मन्त्रालय बाँडफाँट टुंग्याएर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ। लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्यलाई नै निरन्तरता दिइन‍े भएको छ। सोहीअनुसार मुख्यमन्त्री आचार्यले नयाँ सत्ता […]

दर्ता मिति: साउन १४ गते (सचिवालयमा बिहीबार/शुक्रबार दर्ता प्रक्रिया पूरा भएको) विधेयकको सङ्ख्या: कुल ९ वटा (प्रतिनिधिसभामा ७ वटा र राष्ट्रियसभामा २ वटा) सरकारको लक्ष्य: यसै आर्थिक वर्षभित्र संसद्‌मा १६६ वटा विधेयक पुर्‍याउने दर्ता भएका विधेयकहरूको विवरण १. प्रतिनिधिसभामा दर्ता भएका विधेयकहरू (७ वटा) राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो […]

  मकवानपुर । बागमती प्रदेशका नेकपा एमालेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइएको छ । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट राजीनामा दिएर बाहिरिन मन्त्रीहरूलाई निर्देशन दिएका हुन् । कांग्रेस एमाले सत्ता गठबन्धनमा दरार पैदा भएपछि आफूले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन गरेको उनले बताए । मन्त्रीहरूले समय अनुकूल मिलाएर मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई […]

धनगढी/रातोपाटी  । सङ्घीयता कार्यान्वयनपछि २०७९ को निर्वाचनबाट गठन भएको दोस्रो प्रदेश सभाको कार्यकालमै सुदूरपश्चिम प्रदेश सरकार दोस्रो पटक बजेट शून्यताको अवस्थामा पुगेको छ। मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार बजेट पारित हुनुअघि नै अल्पमतमा परेपछि आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रदेश सभाबाट पारित हुने सम्भावना समाप्त भएको छ। सरकारले अब अध्यादेशमार्फत पेस्की बजेट ल्याएर प्रदेशको […]

काठमाडौँ — सभामुख डीपी अर्यालले सांसदहरूले जनताहरूसँग विमर्श गर्नुपर्ने भन्दै आगामी साउन १४ गते बिहान ११ बजेसम्म १५ दिनका लागि स्थगित प्रतिनिधिसभाको बैठक स्थागित गरेका छन् ।   प्रतिनिधिसभाको बुधबारको बैठकको अन्तिममा सभामुख अर्यालले संक्षिप्त सम्बोधन गर्दै उनले संसद् र जनताबीचको सम्बन्ध जति सुदृढ हुन्छ लोकतन्त्र त्यति नै उत्तरदायी, सहभागितामूलक र विश्वासयोग्य बन्ने आफूलाई विश्वास […]

  काठमाडौँ — मंगलबारको मन्त्रिपरिषद्‌को बैठकले मिटरब्याजपीडितहरु आन्दोलनका लागि काठमाडौं यात्रा गर्न थालेपछि सरकारले यसअघि गठन भएका सबै आयोगहरुका प्रतिवेदन तत्काल गृह मन्त्रालयमार्फत कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । । मिटरब्याज पीडितहरुसँग निजगढ पुगेर गृहमन्त्री सुधन गुरुङ वार्ता गर्न थालेपछि बसेको मन्त्रिपरिषद्‌को बैठकले यस्तो निर्णय गरेको हो । मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले […]

काठमाडौं- जेन्जी अभियानी माजिद अन्सारीले त्रिवि शिक्षण अस्पतालमा आफ्नो उपचार भइरहेको बताएका छन्। शनिबार सुकुम्बासी राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टर पुगेका उनलाई प्रहरीले लछारपछार गरेर नियन्त्रणमा लिएको थियो। त्यसक्रममा घाइते भएका उनले सोमबार बिहान सामाजिक सञ्जालमार्फत आफू उपचारमै भएको जानकारी गराएका हुन्। माजिदले आफूलाई अहिलेसम्म पक्राउ पर्नुको कारण प्रहरीले जानकारी नदिएको पनि बताएका छन्। ‘मलाई अहिलेसम्म […]