दाङ/ ईकान्तिपुर—लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका पाँच मन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री जोखबहादुर महरालाई दिएको समर्थन फिर्ता लिने संसदीय दलको निर्णयसँगै मन्त्रीहरुले राजीनामा पत्र बुझाएका हुन् । एमालेका संसदीय दलका नेता लीला गिरीका अनुसार मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ताको जानकारी प्रदेशसभाका सभामुख तुलाराम घर्तीलाई बुझाइएको र मन्त्रीको राजीनामा मुख्यमन्त्री जोखबहादुर महराको सरकारी निवासमै पुगेर […]
देउखुरी (दाङ) ईकान्तिपुर — केन्द्रमा कांग्रेस-एमाले सत्ता गठबन्धन भएपछि लुम्बिनी प्रदेश सरकारबाट एमाले बाहिरिने तयारी गरेको छ । २०८० चैत २३ गते माओवादी संसदीय दलका नेता जोखबहादुर महरा एमालेसहित पाँच दल र एक स्वतन्त्र गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । महरा नेतृत्वको सरकारमा एमालेबाट पाँच जना मन्त्री छन् । `हामी आन्तरिक छलफलमा […]
काठमाडौँ — अभद्र व्यवहार गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपाले० महामन्त्री तथा प्रवक्ता डा। मुकुल ढकाललाई कारबाही गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई अनुशासनात्मक कारबाही गर्दै केही दिनलाई पदीय जिम्मेवारीबाट समेत निलम्बन गरेको छ ।
काठमाडौँ, असार १९ गते । , पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले अबलम्बन गर्ने रणनीति तय गर्न नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बिहान ९ बजे बैठक बस्न लागेको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको विकासक्रमबारे छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका […]
काठमाडौं, असार १८ गते । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिने र संसदमा विश्वासको मत लिने निर्णय गरेको छ । बालुवाटारमा मङ्गलबार बिहान बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सम्माननीय प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मतको रुपमा तयार रहने […]
काठमाडौँ /ईकान्तिपुर । — नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । कांग्रेस र एमालेले मिलेर सरकार बनाउने सहमति गरेपछि माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ९ बजेका लागि बोलाइएको उपमहासचिव गिरिराजमणि पोखरेलले इकान्तिपुरलाई जानकारी दिए । सोमबार मध्यरातमा कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका हुन् । […]
काठमाडौँ/ईकान्तिपुर— प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच फेरि भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भेटवार्ता भएको हो । सरकार फेरबदलको चर्चा : प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच फेरि भेटवार्ता दुई नेताबीच आइतबार मात्र प्रधानमन्त्री कार्यालय सिंहदरबारमा कुराकानी भएको थियो । प्रधानमन्त्री दाहालकी […]
काठमाडौं /रासस। आज संसद् दिवस अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन । मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक बसेको दिन २०१६ असार १६ गतेलाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो । दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सभामुख देवराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई […]
काठमाडौँ, असार १४ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत अध्यक्ष चयन गर्न शीर्ष नेताहरूबीच छलफल प्रारम्भ भएको छ । नेतृत्वपङ्क्ति सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने प्रयासमा छ । राजनीतिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम, विधान संशोधन र साङ्गठनिक प्रतिवेदनलाई एउटै साझा दस्तावेज बनाएर महाधिवेशनमा लैजाने समझदारी भएपछि पार्टी केन्द्रीय […]
काठमाडौँ, असार १३ गते । “आकस्मिक समय, शून्य समय र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र सभामा दिनुपर्ने छ,” राष्ट्रिय सभा दोस्रो संशोधन नियमावली, २०८० को नियम १५ (२) ले स्पष्ट व्यवस्था गरेको छ तर नियमावलीको सो व्यवस्था कार्यान्वयन गराउन सङ्घीय संसद् सचिवालयलाई चुनौतीपूर्ण बनेको छ । सङ्घीय संसद् सचिवालयले नियमावली कार्यान्वयनका लागि […]











