सेतोपाटि । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आफैंले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन नचाहिरहेको आरोप लगाएका छन्। दाङको तुलसीपुरमा शनिबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले शान्ति प्रक्रियालाई गिजोलेर प्रचण्ड त्यसैमा खेल्दै आफूले राजनीति गर्न खोजिरहेको बताएका हुन्। ‘प्रचण्ड आफैंले शान्ति प्रक्रिया […]

नेपाली कांग्रेसले आज चियापान कार्यक्रम गर्दैछ। दसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा कांग्रेसले चियापान गर्न लागेको हो। कांग्रेस केन्द्रीय कार्यालयमा चियापान कार्यक्रम दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म चल्नेछ। चियापान समारोहमा कांग्रेसले विभिन्न राजनीतिक दलका नेताहरू, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, सांसदहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रमुखहरू लगायतलाई आमन्त्रण गरेको छ। कोरोनाका […]

काठमाडौं / संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणका कारण प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पूर्वनिर्धारित चियापान सारेको छ। यसअघि कात्तिक १४ गते चियापान गर्ने भनिएकामा भोलिपल्ट अर्थात् कात्तिक १५ गते गर्ने एमालेले जानकारी दिएको छ। ‘नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट दसैं, तिहार, छठ लगायत पर्वहरूको अवसरमा यही कात्तिक १४ गतेका लागि […]

काठमाडौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य व्यक्ति पार्टी अध्यक्ष केपी शर्मा ओली नै भएको बताएका छन्। बुधबार सामाजिक सञ्जाल, फेसबुकमा स्ट्याटस लेख्दै उनले अध्यक्ष ओलीमाथि भइरहेको प्रहार राष्ट्र र जनताको भविष्यमाथिकै प्रहार भएको टिप्पणी गरेका छन्। उनले अध्यक्ष ओलीलाई विभिन्न हिसाबले लाञ्छित गर्ने काम भइरहेको बताएका छन्। ‘पहिले […]

  रासस काठमाडौँ, कात्तिक ७ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८० का अवसरमा देश–विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडडेलले सत्यको विजय र असुरी चरित्रको पराजय, दुराचारमाथि सदाचारको जीत, आपसी सद्भाव, भ्रातृत्व र पुनर्मिलनको प्रतीक पनि भएकाले यस पर्वले विकृति, विसङ्गति अन्त्य गर्दै सामाजिक […]

  काठमाडौँ । मधेस केन्द्रित दलहरूले दसैँ, तिहार र छठ पर्वको मौका पारेर संगठन विस्तारमा जोड दिएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनमत पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीलगायतका दलले चाडपर्वको समयलाई सदुपयोग गर्दै तराई मधेसमा आफ्नो संगठन विस्तारको कामलाई तीव्रता दिएका छन् । पहाडी क्षेत्रमा चाडपर्वका अवसरमा मानिसहरू […]

  काठमाडौ । प्रधानमन्त्री प्रचाण्डको परराष्ट्र सल्लाहकारमा पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटाका छोरा रूपक सापकोटा नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सापकोटालाई सल्लाहकार नियुक्त गरेको हो। सापकोटाले प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारका रूपमा पत्र बुझिसकेको जानकारी दिए। अहिले उनी त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा प्राध्यापन गराउँदै आएका छन्। यसअघि सापकोटाले नेपाल […]

विराटनगर । नेकपा एमालेसँग मिलेर कांग्रेसभित्र विद्रोह गरेका मुख्यमन्त्री केदार कार्कीले बुधबार प्रदेशसभाको दुई तिहाई भन्दा बढी सदस्यको समर्थन पाए । बुधबार प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दा उनले ८६ मत प्राप्त गरे । नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकिकृत समाजवादी पार्टीका ४ र जसपाका एक जना सांसदले विश्वासको मत दिए […]

  काठमाडौं । नेकपा एमाले छाडेर आम जनता पार्टीतिर लागेकी मौलापुर नगरपालिका, रौतहटकी मेयर रिनाकुमारी साहको मेयर पद गुमेको छ । ३० वैशाखको स्थानीय तह चुनावमा साह एमालेबाट मेयर निर्वाचन भएकी थिइन् । आम निर्वाचनमा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका पति प्रभु साहले आम जनता पार्टी बनाएपछि मेयर साह पनि त्यही दलमा आवद्ध भइन् […]

  नेपालगन्ज । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बिश्वास्को मत लिन दसैंअघि कात्तिक १ मा प्रदेश सभा बैठक बस्ने भएको छ। प्रदेश सभा सचिवालयले आज एक सूचना जारी गर्दै कात्तिक १ गते बुधबार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको हो। मुख्यमन्त्री कार्कीले हिजो शपथ लिएपछि तत्कालै विश्वासको मत लिने तयारी गरेका हुन्। […]