काठमाडाैँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बिआरआई सम्झौताबारे भइरहेको आलोचनालाई बचपना टिप्पणीको संज्ञा दिनुभएको छ । इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसिजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा भाग लिन हेग प्रस्थान गर्ने क्रममा परराष्ट्रमन्त्री राणाले यस्तो टिप्पणी गर्नुभएको हो। उहाँले सम्झौतामा ऋण लिने वा दिनेबारे कुनै निर्णय नभएको जिकिर गर्दै सम्झौताबारे बुझ्दै नबुझी टिप्पणी गरेको […]
काठमाडौं। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नयाँ संविधान लागू भएर देशको संघीय ढाँचामा पुनःसंरचाना पश्चात नेपाल आधुनिक विकास प्रयासमा अगाडि लम्किरहेको बताएका छन । नेपाली वास्तुविद् समाज (सोना) र ग्लोबल बिजनेश रिकनेक्टको संयुक्त आयोजनामा बिहिबारबाट काठमाडौमा शुरु भएको आर्कबिल्ड एक्स्पो २०२४को विशेष समारोहमा बोल्दै उनले यस्तो बताएका हुन । ‘नेपालको नयाँ संविधान लागु […]
काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक रानी तेत्सुन पेमा वाङचुकसहित आज काठमाडौं आउँदैछन् । उनी निजी भ्रमणको सिलसिलामा आज बिहान काठमाडौं आउन लागेको बताईएको छ। भुटानका राजा वाङचुक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर सिधै स्वयम्भु जाने कार्यक्रम छ । त्यहाँ पूजापाठ गरिसकेपछि उनी बौद्ध जाने छन् । बौद्धको पूजापाठ पछि उनी फेरि त्रिभुवन अन्तर्राष्ट्रिय […]
बेइजिङ (चीन), मङ्सिर १९ गते । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) बाट नेपालले लाभ लिने बताउनुभएको छ । यहाँस्थित पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको दुरदर्शी नेतृत्वमा सुरु भएको बिआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै […]
बर्दिया। बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ वडाअध्यक्ष पदमा नेपाली काँग्रेसका अमिन थारुले १ हजार ४३ मत प्राप्त गरेर बिजयी भएका छन् । नेकपा माओवादी केन्द्रका शेरबहादुर थारुले ६७८, नेकपा एमालेका बिष्णु देवकोटाले ३३७ मत मात्र प्राप्त गरे । ३ हजार ५१० मतदाता रहेको सो वडामा २ हजार २३९ मत खसेको थियो।
काठमाडौँ । निर्वाचन आयोगका अनुसार आइतबार स्थानीय तह उपनिर्वाचन भइरहँदा यसअघि नै तीन स्थानका उम्मेदवार भने निर्विरोध निर्वाचित भइसकेका छन् । ओखलढुङ्गा र कैलाली जिल्ला जिल्ला समन्वय समितिको प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका छन् । साथै रुकुम पूर्वी भागको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर […]
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता परिवर्तनका लागि नेपाली कांग्रेससँग पहल गरेको कुरा झुटो भएको दाबी गरेका छन् । शनिवार निजी निवास खुमलटारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । केही दिनअघि कीर्तिपुर उपनिर्वाचनको चुनावी सभामा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अध्यक्ष दाहालले हप्ताको दुई/तीन पटक […]
काठमाडौं । निर्बाचन आयोगले यही मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि निषेधित (मौन) अवधि सुरु हुने जनाएको छ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने भएको हो । मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक […]
बागमती/रासस- हेटौँडा उपमहानगरपालिका–१२ मा यही मंसिर १६ गते हुने वडाध्यक्षको उपनिर्वाचनमा भोट माग्न उम्मेदवारहरू घरदैलोमा जुटेका छन्। चुनावी मैदानमा उत्रिएका सबै उम्मेदवार र दलका नेता मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन्। सबै उम्मेदवारले वडामाका समस्या समाधान गरी विकास–निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै आएका छन्। गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट सो वडाको वडाध्यक्षमा निर्वाचित […]
बुटवल । नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङबाट पार्टीले जग्गा दान लिनु गलत भनेकै आधारमा आफूलाई पार्टीले निलम्बनको प्रचार गरेको बताएका छन् । निलम्बनको प्रक्रिया समेत पूरा नगरिएको उनको भनाइ छ । पार्टी अनुशासन विपरीत काम गरेको भन्दै उनलाई नेकपा एमाले बाँके जिल्ला कमिटीले निलम्बनको […]











