काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने भन्दै बोलाइएको विशेष अधिवेशन औपचारिकतामा सीमित हुने भएको छ । संसदबाट आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने छैनन् । प्रदेश सभाको विशेष अधिवेशन आज दिउँसो ३ बजेदेखि सुरु हुनेछ । मुख्यमन्त्री अधिकारीले तत्काल संसदबाट विश्वास पाइहाल्ने स्थिति नरहेकाले बैठकमा विधेयकमाथि […]
धनगढी / सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई नेकपा (एमाले) ले पनि समर्थन गरेको छ। एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले दीर्घ सोडारीलाई समर्थन गरेको पत्र पठाएको सेतोपाटीलाई बताए। सुरूमा सोडारीबाहेक एकीकृत समाजवादीका सांसदलाई मुख्यमन्त्री बनाए सघाउने एमालेको अडान थियो। तर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैकल्पिक गठबन्धनकै कसरत गरेपछि एमाले पनि समर्थन गर्न […]
बिहीबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम नेपाल सरकारको सिफारिसमा डा. अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका छन् । यसैगरी, बिहीबारै राष्ट्रपतिले तोयम रायालाई महालेखापरीक्षक पदमा नियुक्त गरेका छन् । राष्ट्रपतिले रायालाई नेपालको संविधानको धारा २४० को उपधारा २ बमोजिम महालेखापरीक्षक पदमा नियुक्त गरिएको हो ।
देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज सरकार विस्तारको तयारी गर्नुभएको छ । संसद्को विषयगत समितिको सभापति टुङ्गिएलगत्तै मुख्यमन्त्री महराले सरकार विस्तारको तयारी गर्नुभएको हो । यसैबिच लुम्बिनी प्रदेश सरकार विस्तारका लागि मन्त्रालय बाँडफाँटमा सहमति जुटेको छ । आज बिहान मुख्यमन्त्री कार्यालयमा बसेको दलको बैठकले मन्त्रालय बाँडफाँट टुङ्ग्याएको मुख्यमन्त्री कार्यालयका प्रतिनिधिहरुको भनाइ छ । […]
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन हो। प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समय बिहीबार साँझ ५ बजे सकिँदैछ। सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले दाबी पेश गर्ने तयारी गरेका छन्। त्यसका लागि एकीकृत समाजवादी बिहीबार बिहानैदेखि छलफलमा जुटेको […]
धनगढी —आफ्नो दलले मुख्यमन्त्री नपाएपछि कांग्रेससँग समीकरण गरेर एकीकृत समाजवादीले सुदूरपश्चिममा केन्द्रीय सत्ता गठबन्धनविरुद्ध विद्रोह गरेपछि उत्पन्न हलचल मंगलबार थामथुम भए पनि बुधबार बिहानैदेखि पुनः खटपट देखिएको छ । ईकान्तिपुरकक अनुसार शीर्ष नेताहरुबीच मंगलबार बिहान सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने समझदारी भएपनि एमालेले मुख्यमन्त्रीमा दाबी पेस गर्ने व्यक्तिका विषयमा चासो राखेपछि अन्यौलता उत्पन्न भएको स्रोतले […]
मकवानपुर । बागमती प्रदेशको विना विभागीय मन्त्रीको व्यवस्थापनको विषयलाई लिएर सरकारले एकीकृत समाजवादीलाई २ प्रस्ताव अघि सारेको छ । सरकारको तर्फबाट एकीकृत समाजवादीलाई २ वटा विकल्प सहितका प्रस्ताव अघि सारेको हो । सरकारको नेतृत्व गरिरहेको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विना विभागीय मन्त्रीको व्यवस्थापनका लागि रोजेको २ मन्त्रालय वा मन्त्रालय विभाजन गरी ३ मन्त्रीको प्रस्ताव अघि सारेका […]
धनगढी । सुदूरपश्चिमको मुख्यमन्त्री चयनमा नयाँ मोड आएको छ। एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको सेतोपाटीले आफ्नो समाचारमा उल्लेख गरेको छ । मंगलबार एकीकृत समाजवादीका सुदूरपश्चिमका संसदीय दलका नेता दीर्घ सोडारीले आफैँ मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेको एक नेताले बताए। सत्ता गठबन्धनभित्र एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री […]
काठमाडौ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सभापतिसहित सांसदहरू नै उपस्थित नभएपछि स्थगित गरिएको छ। मंगलबार बिहान साढे १० बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बोलाइएको थियो। उक्त बैठकमा उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समयमै पुगे। तर सभापति, अन्य सांसदहरू भने उपस्थित थिएनन्। सांसदहरू तोकिएको समय भन्दा १५ मिनेट पछिसम्म पनि पुगेनन्। बैठक सञ्चालनका लागि […]
धनगढी, वैशाख ४ गते । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को आन्तरिक विवादले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्तिमा सकस भएको छ । एउटै पार्टीबाट दुई जनाले दाबेदारी प्रस्तुत गरेसँगै दुई दिन बित्दा पनि प्रदेश प्रमुख नाजिर मियाँले मुख्यमन्त्री नियुक्त गर्न सक्नुभएको छैन । नाउपाको संसदीय दलका प्रदेश सभा सदस्यहरू दुई धारमा विभाजित भएका कारण एउटै पार्टीबाट दुई […]











