काठमाडौँ । सङ्घीय संसद्को हिउँदे अधिवेशन सोमबारदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडलले अधिवेशन आह्वान गर्नुभएको पत्रबारे दुवै सदनमा जानकारी दिँदै औपचारिक रूपमा अधिवेशनको सुरुवात गरिएको हो । कात्तिक तेस्रो साता अन्त्य भएको अधिवेशन ठिक तीन महिनामा सुरु भएको हो । सोमबार दुवै सदन प्रक्रियाको नियमित प्रारम्भभन्दा अन्य कार्यसूचीमा प्रवेश गरेनन् । […]
काठमाडौँ । सङ्घीय संसद्को हिउँदे अधिवेशन सोमबारदेखि प्रारम्भ हुँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा हिउँदे अधिवेशन प्रारम्भ हुन लागेको हो । दुवै सदनको बैठक सोमबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको हो । वर्षे अधिवेशन अन्त्यको तीन महिनापछि नयाँ अधिवेशन प्रारम्भ हुन लागेको हो । हिउँदे अधिवेशनमा यस पटक विधायिकी कार्यसँगै बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल हुने […]
काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी फागुन २९ गते हुने प्रस्ताव गरिएको छ । राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले शुक्रबार स्वीकृत गरेको राष्ट्रियसभाको सम्भावित कार्यतालिका अनुसार २९ गते अध्यक्षको निर्वाचन गर्ने प्रस्ताव गरिएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको पदावधि फागुन २० गते सकिँदैछ । त्यसपछि निर्वाचनबाट अध्यक्ष चुनिन लागेको हो । प्रस्तावित कार्यतालिका अनुसार […]
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबैको सहमतिबाट पास गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी कामहरू टुङ्ग्याउने सन्दर्भमा छलफल […]
काठमाडौँ। स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा रिक्त रहेका पदको उपनिर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोगले सरकारसँग परामर्श गर्ने तयारी गरेको छ । आयोगले आगामी वैशाखमा उपनिर्वाचन गर्ने गरी सरकारसँग निर्वाचनको मिति घोषणाबारे परामर्श गर्न लागेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी साता उपनिर्वाचनको मितिबारे नेपाल सरकारसँग परामर्श गरिने जानकारी दिनुभयो । उहाँले आयोग […]
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आम सञ्चार क्षेत्रको पुनःसंरचना गर्न खोजिरहेको बताउनुभएको छ । बुधबार नेपाल टेलिभिजनको ३९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । आम सञ्चार क्षेत्रको पुनःसंरचनालाई ध्यानमा राखेर नीतिगत तथा कानुनी व्यवस्थाका बारेमा सुझाव दिन आमसञ्चार क्षेत्र सुधार सुझाव समिति गठन गरी सो समितिको प्रतिवेदनलाई […]
धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साँउदले ज्यान मार्ने धम्की दिएको भन्दै बझाङको बुंगल नगरपालिका–१ का धनबहादुर बोहराले मबार जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएकाछन् । साउदलाई विभिन्न मितिमा पैसा दिएको तर फिर्ता माग्दा उल्टै ज्यान मार्ने धम्की दिएको उल्लेख गरेका छन् । मन्त्री साउँदले भने आफूविरूद्व बोहराले उजुरी दिएको विषयमा […]
काठमाडौं । भारतको कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ गतेलाई आधार मानेर कांग्रेसले स्थापना दिवस मनाउँदै आएको छ । यस वर्ष स्थापना दिवसको सन्दर्भमा पार्टी केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने नेपाली कांग्रेसले जनाएको छ । आज दिउँसो २ बजे कांग्रेस केन्द्रीय […]
गोरखापत्र/ घोराही । लुम्बिनी प्रदेशमा ९७ प्रतिशत मतदान भएको छ । लुम्बिनी प्रदेशअन्तर्गत दुई सिटका लागि भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा बिहीबार दिउँसो १ बजेसम्म ९७ प्रतिशत मत खसेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । घोराही उपमहानगरपालिका–१५ कर्मचारी मिलन केन्द्रमा भएको मतदान केन्द्रमा ८५ जना प्रदेशसभा सदस्य र दुई सय १० जना स्थानीय तहका […]










