जनकपुर/ईकान्तिपुर — कांग्रेस र एमालेलाई बाहिर राख्दै मधेश प्रदेशमा नयाँ सत्ता समीकरण बनेको छ । लोसपाका प्रदेश सांसद जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन ५ दलबीच सहमति भएको छ । सोनलले प्रदेश प्रमुखलाई भेटेर सरकार बनाउने दाबी पेश गर्दैछन् । लोसपा ८, जसपा १९, जनमत १३, माओवादी(केन्द्र) ८, नेकपा(एस) ६ सहित ५४ सांसदको समर्थनमा लोसपाका नेता सोनल […]
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मधेश प्रदेश सभाको बैठकबाट राजिनामा दिएका छन् । मुख्यमन्त्री सिंहले गत शुक्रबार प्रदेश सभा सचिवालयलाई विश्वासको मतका लागि व्यवस्था मिलाइदिन पत्राचार गरेका थिए ।
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मधेश प्रदेश सभाको बैठकबाट राजिनामा दिएका छन् । मुख्यमन्त्री सिंहले गत शुक्रबार प्रदेश सभा सचिवालयलाई विश्वासको मतका लागि व्यवस्था मिलाइदिन पत्राचार गरेका थिए ।
काठमाडौँ । जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा चार वटा राजनीतिक दलले दर्ताका लागि निवेदन परेको छ। आयोगले कात्तिक ३० गतेसम्म नयाँ दल दर्ताको समयसीमा तोकेको छ । निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार जनस्वराज पार्टी, नेपाल नागरिक पार्टी, श्रम संस्कृति पार्टी र उज्यालो नेपाल पार्टीले दर्ताका लागि निवेदन दिएका छन् ।
गनी अन्सारी बीबीसी – विदेशमा रहेका नेपालीहरूको मताधिकारबारे विभिन्न तह र तप्काबाट खास गरी चुनावको सेरोफेरोमा चासो व्यक्त हुने गरेको छ। उदाहरणका लागि फागुन २१ गतेका लागि तोकिएको आमनिर्वाचनमा पनि त्यस्ता मतदातालाई समेट्नुपर्ने विषयमा आवाज उठिरहेको छ। तर कामको सिलसिलामा देशभित्रै आफ्नो जिल्ला एवं निर्वाचन क्षेत्रबाहिर रहने मतदाताबारे खासै चासो दिने गरेको पाइँदैन। विदेशमा रहेका […]
काठमाडौं । नेकपा एमालेको शनिबार स्थगित सचिवालय बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे बस्न लागेको हो । रुघाखोकीका कारण पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबार बैठक स्थगित भएको थियो । केन्द्रीय कमिटीको एजेन्डा तय गर्न ओलीको निवास गुन्डुमा शुक्रबारदेखि सचिवालय बैठक सुरु भएको हो । बैठकको पहिलो दिन […]
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । चुनावको कार्यतालिका समेत आइसकेको अवस्थामा राजनीतिक दलहरूसँग सरकारको संवाद नै नभइरहेको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीसहितका राजनीतिक दलहरूलाई आह्वान गर्दै दिउँसो ४ बजे सार्वदलीय बैठक बोलाएका हुन् । यसअघि हिजो राष्ट्रपति रामचन्द्र पौडैल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको थियो । भेटमा राष्ट्रपति […]
भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (बिहीबार) भक्तपुरमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले सूर्यविनायक नगरपालिका ७ गुण्डुमा आयोजना गरेको कार्यक्रमलाई ओलीले सम्बोधन गर्न लागेका हुन् । समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम नाम दिइएको उक्त कार्यक्रममा अध्यक्ष ओलीले पछिल्लो समय देशमा उत्पन्न असामान्य […]
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेको गएको बताएका छन् । उनका अनुसार राष्ट्रसामु नयाँ चुनौती थपिएको छ, तर त्यसको सामना गर्नुको विकल्प छैन । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको छ । राष्ट्रसामु नयाँ चुनौती अवश्य थपिएका छन् […]
काठमाडौँ /रातोपाटी । नेकपा एमालेले सरकार र निर्वाचन आयोगले दलहरूसँग छलफल नै नगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको भन्दै शाहीकालको निर्वाचनसँग तुलना गरेको छ । यद्यपि पार्टीले दलीय सिस्टममा चुनाव घोषणा र निर्वाचन कार्यतालिका सार्वजनिक हुुनु सामान्य प्रक्रिया भएको प्रतिक्रिया दिएको छ । ‘सरकार बनेको यतिका समयसम्म राजनीतिक पार्टीसँग कुनैपनि छलफल, बहस वा संवाद गरेको छैन’, एमाले […]










