बर्दिया — बर्दिया जिल्ला अदालतले गत भदौ २४ को जेनजी आन्दोलनका प्रदर्शनका क्रममा अपराधिक प्रवेश तथा अपराधिक उपद्रता मुद्दामा गुलरिया–४ का रोनक पोरवार र गुलरिया–७ का अशरद पठानलाई पुर्पक्षका लागि कारागार पठाएको छ । घटनामा संलग्न पाँच जनालाई धरौटी लिई तारेखमा छाडिएको छ । एमाले,कांग्रेसको पार्टी कार्यालय, गुलरिया नगरपालिकाको कार्यालयमा तोडफोड, लुटपाट र आगजनीको […]

बर्दिया । बारबर्दिया नगरपालिका वडा नं ९ कतर्नियामा आईतबार एक दिने निशुल्क पशु स्वास्थ्य शिविर गरिएको छ । किसानलाई गाउँ घरमै सहयोग पुर्‍याउन उक्त शिविर आयोजना गरिएको हो। उक्त शिविरमा २०३ जना कृषकको सहभागिता रहेको आयोजक संस्थाका किशोर चौधरीले बताए । शिविरमा ५०३ भेडाबाख्रा, ६५ गाई भैँसी, ४० बङ्गुर र ८२७ कुखुराको उपचार गरिएको छ […]

काठमाडौँ । गृह मन्त्रायलले बर्दियाको बढैयाताल ४ भकारीकाा एक महिलाले नागरिकता नपाएर आत्महत्या रोज्न बाध्य भएको भनिएको घटनामा सत्यतथ्य छानविन गर्न एक समिति गठन गरेको छ । मन्त्रालयका अनुसार सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरेको हो। गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटनाको बारेमा गम्भीर ध्यानाकर्षण भएको […]

  काठमाडौँ —प्रधानमन्त्री सुशीला कार्कीले बर्दिया बढैयाताल–४, दक्षिण भकारी गाउँकी एक युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै मृत्युको बाटो रोजेको घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन दिएकी छन् । प्रधानमन्त्री कार्कीले शनिबार सामाजिक सञ्जाल (फेसबुक)मार्फत उनले घटनाको वास्तविकता छानबिन गर्न गृहमन्त्रीलाई निर्देशन दिएका जानकारी गराएकी हुन् । प्रधानमन्त्री कार्कीले बर्दियाको बढैयाताल–४, दक्षिण भकारी गाउँकी एक युवतीले नागरिकताका लागि […]

नेपालगन्ज । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावकारी कार्यान्वयनको अभाव भएको कानुन विज्ञहरुले बताएका छन । उनीहरुले महिला तथा बालबालिका सम्वन्धी राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरको प्रयाप्त कानुन भएपनि कार्यान्वयन प्रक्रिया फितलो भएकाले पिडितले न्यायोचित न्याय पाउन नसकेको अवस्था रहेको बताएका थिए । महिला कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले […]

बर्दिया/ईकान्तिपुर —बर्दियाको बढैयाताल गाउँपालिका–४ दक्षिण भकारी गाउँकी फुलानी थारू दोहोरो शोकमा छिन् । उनकी २२ वर्षीया छोरी अञ्जुले गत २२ कात्तिकमा घरमै आत्महत्या गरिन् । चौथो दिन श्रीमान् ६१ वर्षीय कान्छा थारूले पनि छोरीको मृत्युको शोकमा त्यही बाटो पछ्याए । अब अञ्जुकी ७ वर्षीया छोरीको सम्पूर्ण जिम्मेवारी कसरी सम्हाल्ने भन्ने चिन्तामा छिन् फुलानी । बाबु–छोरीको आत्महत्या कुनै आवेगप्रेरित घटना […]

बर्दिया – बर्दियाको बढैयाताल गाउँपालिका ६ मैनापोखरमा खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड राजापुरले डिपो राखेर धान खरिद गर्न शुरु गरेको छ । मंगलबार बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी र उपाध्यक्ष लक्ष्मी अधिकारीले उद्घाटन गरेपछि धान खरिद कार्य शुरु भएको गाउँपालिकाका कृषि शाखा प्रमुख दिपेन्द्र श्रीवस्तवले बताउनुभयो । मंगलबार एक र बुधबार ३ जना किसानको […]

भैरहवा। सरकारी अड्डा अदालत धाउँदाधाउँदै न्याय नपाएपछि रुपन्देहीको सिद्धार्थनगर–६ का सन्त मल्लाह र लालजित मल्लाह निराश बन्नुभएको छ । प्रमाण जुटाउँदै धाउँदै गर्दा पाँच वर्ष बितिसक्दा पनि सुनुवाइ नहुँदा उहाँहरूको भरोसा कमजोर हुँदै गएको छ । चप्पल च्यापेर, काँधमा झोला बोकेर कार्यालय धाउने उहाँहरूलाई न कर्मचारीले टेर्छन्, न गुनासो नै सुन्ने गर्छन् । दाजुभाइलाई पुख्र्यौली सम्पत्तिमा कानुनी अडचन […]

बर्दिया —बर्दियाका सामुदायिक बन र झाडि नजिकका गाउँमा चितुवाको आक्रमण हुन थालेपछि स्थानीय त्रसित छ्न । पछिल्लोपटक पराल लिन गएका एक किशोरी चितुवाको आक्रमणबाट घाइते भएकी छन् । बारबर्दिया नगरपालिका–४ की १८ वर्षीया अजिता थारु चितुवाको आक्रमणबाट मंगलबार साँझ घाइते भएकी हुन् । चितुवाले आक्रमण गर्दा युवतीको दुवै हातमा गहिरो चोट लागेको छ। घरनजिकै खेतमा […]

नेपालगन्ज-अभिभावकमा सचेतनाको अभावले ग्रामिण समुदायका महिलाहरु अझै पनि लैङ्गिक हिंसाबाट पिडित हुने गरेको महिलाहरु बताएका छन । महिला कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बाँकेको डुडुवा गाउँपालिका वार्ड नं. २ मा गरेको समुहगत छलफलका सहभागीहरुले परम्परागत सोचका कारण अझै पनि आफ्ना बालिकाहरुलाई उच्च शिक्षा नदिनु दुर्भाग्यपुर्ण अवस्था रहेको अगुवाहरु […]