बर्दिया — गर्मीयाम सुरु भएयता ठाकुरबाबा नगरपालिकामा स्क्रब टाइफसका बिरामी बढेका छन् । नगर अस्पतालमा उपचारका लागि आउनेमध्ये दैनिक ३ देखि ४ जना बिरामी स्क्रब टाइफसका हुने चिकित्सकहरूले बताएका छन् । स्क्रब टाइफसका बिरामी किसोरदेखि ६०–६५ वर्षसम्मका रहेको नगर अस्पतालले जनाएको छ । बैशाखयता करिब २ सय जनाले स्क्रब टाइफसको उपचार गराई सकेको अस्पतालका डा. […]
बाँके- बाँके जिल्लामा ग्यास व्यवसायीलाई प्रशासनबाट आतंकित गराउने काम भएको छ। जिल्ला प्रशासन कार्यालयको निर्देशनमा आएको भन्दै पसलमा गएर स्टक विवरण माग्ने, आफ्ना मान्छेलाई बोलाएर ग्यास देउ भन्ने कार्यहरू भइरहेका छन् । ग्याँस नदिएको खण्डमा व्यवसायीलाई लगेर थुन्ने जस्ता कार्यहरू भइरहेका छन्। ग्याँस अति आवश्यक वस्तु अन्तर्गत भएकाले कालोबजारी सम्बन्धी फौजदारी कारबाही र ऐनबमोजिम सजाय […]
कपिलवस्तु — कपिलवस्तु नगरपालिकाका पूर्वनगरप्रमुख किरण सिंह तीन दिनपछि जंगलमा मृत फेला परेका छन् । उनी शुक्रबार हराएका थिए । हराएको भनिएको स्थानदेखिकरिव ७ सय मिटर उत्तरतिर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयले खोजी गर्ने क्रममा आइतबार १२ बजेतिर शव फेला पारेका थिए । सिंह तौलिहवा(गोरुसिंगे सडकखण्डअन्तर्गत बुद्धभूमि नगरपालिकास्थित ढेकरी […]
काठमाडौँ । लुम्बिनी प्रदेशका ४४ गाउँपालिकामा गरिएको अध्ययनमा २० हजारभन्दा बढी बाँदर रहेको पाइएको छ । प्रस्तुत समाचारमा लुम्बिनी प्रदेशमा बाँदरको संख्या, प्रजाति र मानव–वन्यजन्तु द्वन्द्वसम्बन्धी अध्ययनको मुख्य निष्कर्षहरू प्रस्तुत गरिएको छ: मुख्य तथ्य तथा निष्कर्षहरू बाँदरको संख्या: त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा गरिएको अध्ययन अनुसार प्रदेशका ४४ वटा गाउँपालिकामा २० […]
बर्दिया। निर्माण सम्पन्न भएको दुई वर्षमै उप्किदै गएको भादा पुलको पुलको स्पान माथिको व्यारिङ कोर्स मर्मतसम्भार सुरु भएको छ । नेपालगन्ज गुलरिया, धनगढी जोड्ने भादा पुलको पुल निमार्ण भएको केही वर्षमै स्पान माथिको व्यारिङ कोर्स उप्किदै गएको थियो । तीन सय मिटर लम्बाइको भादा नदी पुल श्री लामा स्वच्छन्द सपना जेभी, ललितपुरले निर्माण गरेको […]
नेपालगन्ज । नेपालगन्जस्थित कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत ९सीईओ० नीरजविक्रम शाहसहित तीन जनालाई प्रहरीले पक्राउ गरी उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा उपस्थित गराएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी) अंगुर जीसीले शुक्रबार तत्कालीन सीईओ शाह, उनकी पत्नी शुभेच्छा श्रेष्ठ र बैंकको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक […]
काठमाडौं- दाङ, तुलसीपुर उपमहानगरपालिका-६नायकमार्ट नजिक सडकमारा.१ ग ३२ नम्बरको टिपरले रा.४ प ७९४५ नम्बरको स्कुटरलाई बिहीबार दिउँसोठक्कर दिँदा स्कुटर चालक सोही उपमहानगरपालिका-११ कटाह बस्ने २१ वर्षीया कल्पना केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पतालतुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त स्कुटर र क.प्र. ०२-००३ प २४४९ नम्बरको मोटरसाइकल […]
नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित रज्जब अली साईले सञ्चालित गरेको न्यु किसान इट्टाभट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उक्त इट्टाभट्टामा साउन १८ गते बिहान करिब ११ः२० बजे पर्खाल अचानक भत्किँदा त्यहाँ काम गरिरहेका दुई मजदुर नेपालगन्ज–१९ निवासी ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको हो । नेपालगन्ज […]
काठमाडौं । लुम्बिनी बचाउ महाअभियानले बुद्धको जन्मस्थलमा कोषका पदाधिकारीले गुरुयोजाना विपरित काम गर्दा अस्तव्यस्त भएको आरोप लगाएका छन् । सोमबार राजधानीको संवाद डबलीमा अभियानले पत्रकार सम्मेलनको आयोजना गरी लुम्बिनी विकास कोषलाई भ्रष्टाचार गर्ने थलो बनाएको दाबी गरेका छन् । अभियानका संयोजक अकरम खानले लुम्बिनीको धार्मिक, ऐतिहासिक तथा अन्तराष्ट्रिय महत्वलाई राजनीतिक भर्तिमार्फत भ्रष्टाचारको अखडा […]
बुटवल। नेपाली र भारतीय पक्षबिच सोमबार बिहान छलफल गर्ने सहमति भएपछि पश्चिम नवलपरासीको सुस्तामा आइतबार दिउँसो उत्पन्न तनाव अहिले साम्य भएको छ। भारतीय सशस्त्र सीमा बल (एसएसबीं नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको आरोप लागेपछि दिउँसो करिब ३ बजेतिर सुस्ता क्षेत्रमा तनाव उत्पन्न भएको थियो। स्थानीयवासीले वर्षायाममा आउने पानीको भेल रोक्न अस्थायी […]












