file photo बर्दिया —बर्दिया राजापुर नगरपालिका–६ बदालपुरस्थित राजापुर सुगर मिलको गोदाममा रहेको लिक्युड राख्ने २० लिटरको टिनमा वेल्डिङ गर्ने क्रममा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय,बर्दियाका अनुसार स्थानीय,प्रहरी,सशस्त्र प्रहरी र दमकलको सहयोगमा आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको छ ।
लुम्बिनी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रूपन्देहीको हाटीबनगाई (दुर्गौलिया) प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर खड्कालाई ३० हजार घुस रकमसहित पक्राउ गरेको छ । बिहीबार दिउँसो भन्सार छली र चोरी तस्करी गर्न सहजीकरण गरीदिने भन्दै घुस रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको अख्तियारको बुटवल कार्यालय प्रमुख बिनिता भट्टराईले जानकारी दिए […]
नेपालगञ्ज /रासस। बाँकेको नरैनापुरका अग्निपीडित १७ परिवारलाई रु १० हजार बराबरका राहत सामग्री वितरण गरिएको छ । नरैनापुरस्थित नेपाल रेडक्रस सोसाइटीको उपशाखाले अग्निपीडितलाई त्रिपाल, ब्ल्याङ्केटका साथ भान्सामा प्रयोग हुने भाँडावर्तन, साबुन, सर्ट पाइन्ट, महिला तथा पुरुषले लगाउने धोतीलगायत लत्ताकपडा प्रदान गरेको हो । उपशाखाका कोषाध्यक्ष सोहनलाल यादवका अनुसार नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमत शाहको […]
बर्दिया । बर्दियामा गत वर्षभन्दा यस वर्ष सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८०/८१ मा बर्दियामा कुल ८० वटा दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको थियो भने ९९ जना सवारी दुर्घटनामा परी घाइते भएका थिए । यस आवको फागुन मसान्तसम्मको तथ्याङ्कलाई हेर्ने हो भने […]
बबई (बर्दिया), चैत १३ गते । नेपालमा विभिन्न बहानामा निर्माण व्यवसायीहरुले काममा ढिला सुस्ती गर्ने र समयमा काम सम्पन्न नगर्दा त्यसको सास्ती स्थानीयले बेहोर्नु पर्दछ, तर बर्दियाको एउटा यस्तो आयोजना जसले देशभरका निर्माण व्यवसायीलाई पाठ सिकाउन सफल भएकोे छ । बर्दियाको बहुप्रतिष्ठित आयोजनाका रुपमा हेरिएको गुलरिया नेपालगन्ज सडक आयोजना समयभन्दा अगावै निर्माण सम्पन्न हुने […]
नेपालगन्ज। बाँकेको नरैनापुर गाउँपालिकामा मंगलबार दिउँसो भएको आगलागीमा १७ घरगोठ जलेर नष्ट भएका छन्। नरैनापुर गाउँपालिका–४ जयरामपुर्वामा मंगलबार दिउँसो ३ बजेबाट सुरु भएको आगलागीबाट १७ वटा घरगोठ जलेर नष्ट भएको सशस्त्र प्रहरी नायब उपरीक्षक गजेन्द्र चन्दले जानकारी दिनुभयो। दिउँसो जुमाई खाँको घरबाट लागेको आगो नेपालगन्ज उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले […]
बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका–११, बेलभारकी देवमैया थारू यतिबेला उमेरले २५ वर्ष पुग्नुभयो । सानै उमेरमा बुवाको अनुहारसमेत राम्ररी नचिनेकी देवमैया थारूका बुवा सुरेशबहादुर चौधरी तत्कालीन द्वन्द्वमा मारिनुभएको जानकारी आमाले दिएको उहाँ बताउनुहुन्छ । देशमा परिवर्तन भए पनि द्वन्द्वपीडितले भने न्याय नपाएको उहाँको गुनासो छ । त्यस्तै गेरुवा गाउँपालिकाकी अस्मिता थारू अहिले पनि बुवा फर्केर आउने आशामा हुनुहुन्छ । […]
मोहम्मद हबिब भैरहवा, ११ चैत । पैदलयात्रु निर्वाध आवगमनको सहजताका लागि फुटपाथ प्रयोग गरिएपनि रुपन्देहीको भैरहवामा यस्को विपरित फुटपाथलाई पार्किङको रुपमा प्रयोग गरिएको छ । सडकमा सवारी साधनको चाप दिन प्रतिदिन बढ्दै गए पनि पार्किङ स्थलको व्यवस्थापन हुन नसक्दा भैरहवा अस्तव्यस्त हुदै गएको छ । भैरहवाको बुद्धचोक देखि बर्मेली टोलको पश्चिम तर्फको सर्भिस रोड […]
बर्दिया, चैत ११ गते । बर्दिया जिल्लाको विभिन्न सिमानाकाबाट आर्थिक वर्ष २०८१/०८२ को फागुन अन्तिमसम्ममा दुई सय तीन जनाको उद्धार गरिएको छ । नेपाल–भारत सिमा क्षेत्रबाट जोखिमपूर्ण यात्रामा रहेका समयमा उनिहरुको उद्धार गरएको हो । मानव बेचबिखन नियन्त्रणका लागि काम गर्दै आएको माइती नेपालले बर्दियाको नेपाल–भारत सिमा क्षेत्रमा पर्ने बढैयाताल गाउँपालिका, गुलरिया नगरपालिका र […]
दाङ/रासस : घोराही उपमहानगरपालिका-९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गए राति करिब २ बजेदेखि शुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आगो निभाउन जिल्लाका सबै ठाउँकाट दमकल, टयाङ्कर, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल परिचालन गरेको बताए। आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका […]











